अन्तिम लेख . . .Written by Loknath Manean
पृथ्वीको सबै सम्बन्ध, झैझमेला सामान र नाता, कागज पुस्तक पत्र, गितार, किबोर्ड, कम्प्यूटर, मोबाइल र जिम्मेवारीहरू थन्काएर अब जानुपर्छ भनी मलाई सूचना आयो भने म के गर्न चाहन्छु? अब तेरो मगजले काम गर्दैन, लेख्ने हातले पनि काम गर्दैन भनी मलाई केही बेर वा केही दिनको म्यादमात्र प्राप्त भयो र त्यस्तो अनुमानित स्थितिको सन्दर्भमा के गर्छौ भनेको खण्डमा म भन्छु, मेरा प्रिय मित्रहरू र पाठकहरूको लागि म नेपाल चर्च डट कममा एउटा अन्तिम आर्टिकल लेख्न चाहँन्छु। किनभने जानु ठूलो कुरो होइन। जानै पर्ने हो। तर मनमा लागेको कुरा भन्न पाएर जान पाउँदा केही सन्तुष्टि हुन्छ। एक दुई रहस्य बताउन चाहन्छु। तपाईहरू आफै पनि जान्नुहुन्छ तर दोहो-याउँदा पनि हानि त हुँदैन। मलाई यति भन्ने अनुमति दिनुहोस्। नयाँ करार पुस्तक परमेश्वरको अन्तिम प्रकाश हो। तर यो पुस्तक नै होइन। पुस्तक मात्र होइन। यो पुस्तकभन्दा धेरै माथि, धेरै चौडा अनि धेरै अप्ठेरो अनि सजिलो केही हो। हरेक ख्रीष्ट विश्वासीको निम्ति यो जान्नु अति नै जरूरी छ। नयाँ करार एउटा संसार हो। यसको आकाश छ, धरती छ, माटो छ धूलो, खोला, बालुवा अनि साँघुरो बा...