चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो

काठमाडौं, (नेस) ललितपुरको झम्सीखेलस्थित क्याथोलिक एजम्सन चर्चमा एक साताअघि बम विस्फोट घटनाको नेपाल डिफेन्स आर्मीले औपचारिक जिम्मा लिएको छ। नेपाल डिफेन्स आर्मीका सर्वोच्च कमाण्डर आरपी मैनालीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा एक महिनाभित्र नेपालमा रहेका क्रिश्चियन समुदायलाई देश छाड्नसमेत चेतावनी दिएको छ। जेठ ११ गतेको मितिमा रहेको सो विज्ञप्ति शुक्रबार र्सार्वजनिक भएको हो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईले २०४६ सालमा ६२ जना क्रिश्चियनलाई धर्म निरपेक्षताको नाममा जेलमुक्त गरेपछि हिन्दू धर्मलाई बचाउन क्रिश्चियनहरूमाथि आक्रमण थालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। करोडौं डलरको प्रलोभनमा संसद्ले हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाएको र हिन्दूहरूको मौलिकतालाई पूर्ण रूपमा नष्ट पार्ने ‘ग्रायन्ड डिजाइन’ को पर्दाफास गर्दै हिन्दूविरोधी गतिविधि रोक्ने विज्ञप्तिमा उल्लेख छ। नेपालमा रहेका क्रिश्चियन धर्मावलम्बीहरूलाई एक महिनाभित्र देश छाड्न चेतावनी दिँदै मैनालीले नत्र नेपालमा १० लाख क्रिश्चियनको घरमा १० लाखवटै विस्फोट गराइने चेतावनी दिएको छ। जेठ ९ गते करिब ४ सय क्रिश्चियन प्रार्थना गरिरहेको बेला पुरानो पर्चासहित कुकर बम बोकेर आएकी एक महिलाले बिहान सवा नौ बजे विस्फोट गराएकी थिइन्। सो समूहले विगत ५ महिनाअघि सो चर्चका पादरी शैलेश बोगटीलाई टेलिफोन गरी बम विस्फोट गराउने धम्की दिएको थियो। बम विस्फोटमा परी २ जनाको मृत्यु भएको थियो भने हाल पाटन र अल्का अस्पतालमा नौ जनाको उपचार भइरहेको छ।

Popular posts from this blog

Nepal’s First Churches

Nepal’s Ongoing Challenges – Nepal Updates