Posts

Showing posts from May, 2009

जन्म दिन को शुभकामना

Image
गत जुन १४ तारिक का दिन मण्डलीमा आयोजीत जन्म दिन को अवसरमा छोरी जेरुसा लाई केक खुवाउँदै मम्मी सुसिला ।

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो

काठमाडौं, (नेस) ललितपुरको झम्सीखेलस्थित क्याथोलिक एजम्सन चर्चमा एक साताअघि बम विस्फोट घटनाको नेपाल डिफेन्स आर्मीले औपचारिक जिम्मा लिएको छ। नेपाल डिफेन्स आर्मीका सर्वोच्च कमाण्डर आरपी मैनालीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा एक महिनाभित्र नेपालमा रहेका क्रिश्चियन समुदायलाई देश छाड्नसमेत चेतावनी दिएको छ। जेठ ११ गतेको मितिमा रहेको सो विज्ञप्ति शुक्रबार र्सार्वजनिक भएको हो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईले २०४६ सालमा ६२ जना क्रिश्चियनलाई धर्म निरपेक्षताको नाममा जेलमुक्त गरेपछि हिन्दू धर्मलाई बचाउन क्रिश्चियनहरूमाथि आक्रमण थालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। करोडौं डलरको प्रलोभनमा संसद्ले हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाएको र हिन्दूहरूको मौलिकतालाई पूर्ण रूपमा नष्ट पार्ने ‘ग्रायन्ड डिजाइन’ को पर्दाफास गर्दै हिन्दूविरोधी गतिविधि रोक्ने विज्ञप्तिमा उल्लेख छ। नेपालमा रहेका क्रिश्चियन धर्मावलम्बीहरूलाई एक महिनाभित्र देश छाड्न चेतावनी दिँदै मैनालीले नत्र नेपालमा १० लाख क्रिश्चियनको घरमा १० लाखवटै विस्फोट गराइने चेतावनी दिएको छ। जेठ ९ गते करिब ४ सय क्रिश्चियन प्रार्थन...

संयुक्त नेपाली मन्डली को तेश्रो वार्षिक उत्सब सम्पन्न

Image
मे १६ र १७ मा संयुक्त नेपाली मन्डली को तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको अवसरमा दुई दिने कार्यक्रम आयोजना गरिएको थियो । सुरुको प्रार्थना डिकन श्रीमती पिङ्गाइ लामाले गर्नु भएको थियो। ( म मेरो मन्डली यस चट्टान माथि स्थापित गर्नेछु र नरक का ढोकाहरु तेस माथि बिजय हुने छैनन। मती १६:१८) परम प्रभु का सबै सेवक हरु परम प्रभु को प्रसंसा गर । भजनसंग्रह १३४:१। उक्त कार्यक्रम मा एल्डर यमुना घिमिरेले भेट्टी उठाई प्रार्थना मा सहयोग गर्नु भएको थियो । तेस पछी मन्डली का पास्टर सुर्यराम सुनुवार, पास्टर दौलत थुलुङ, पास्टर बिनोद गौतम, पास्टर माया सुनुवार को आशान ग्रहण पछी डि॰ पिङ्गाइ लामा ले स्वागत गर्नु भएको थियो । यसै गरी कार्यक्रम लाई रमाईलो छण दिन नन्दा लिम्बू ले ख्रीष्ट मा समर्पित "लुकाई लुकिन्न" शिषॅक मा गीत गाउनु भएको थियो, डि॰ मेरी देवान ले "मन्डली तिमी" भन्ने शिषॅक मा कबिता बाचान गर्नु भएको थियो भने सबित्रा सुनुवार ले जीवन गवही दिनु भएको थियो । यसै गरी पास्टर माया सुनुवार ले मन्डली को ईतिहास पृषठ भुमी पढेर सुनाउनु भएको थियो । डि॰ कुमार सुनुवार ले मन्डली को वार्षिक...