संयुक्त नेपाली मन्डली को तेश्रो वार्षिक उत्सब सम्पन्न
मे १६ र १७ मा संयुक्त नेपाली मन्डली को तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको अवसरमा दुई दिने कार्यक्रम आयोजना गरिएको थियो । सुरुको प्रार्थना डिकन श्रीमती पिङ्गाइ लामाले गर्नु भएको थियो। ( म मेरो मन्डली यस चट्टान माथि स्थापित गर्नेछु र नरक का ढोकाहरु तेस माथि बिजय हुने छैनन। मती १६:१८) परम प्रभु का सबै सेवक हरु परम प्रभु को प्रसंसा गर । भजनसंग्रह १३४:१। उक्त कार्यक्रम मा एल्डर यमुना घिमिरेले भेट्टी उठाई प्रार्थना मा सहयोग गर्नु भएको थियो । तेस पछी मन्डली का पास्टर सुर्यराम सुनुवार, पास्टर दौलत थुलुङ, पास्टर बिनोद गौतम, पास्टर माया सुनुवार को आशान ग्रहण पछी डि॰ पिङ्गाइ लामा ले स्वागत गर्नु भएको थियो । यसै गरी कार्यक्रम लाई रमाईलो छण दिन नन्दा लिम्बू ले ख्रीष्ट मा समर्पित "लुकाई लुकिन्न" शिषॅक मा गीत गाउनु भएको थियो, डि॰ मेरी देवान ले "मन्डली तिमी" भन्ने शिषॅक मा कबिता बाचान गर्नु भएको थियो भने सबित्रा सुनुवार ले जीवन गवही दिनु भएको थियो । यसै गरी पास्टर माया सुनुवार ले मन्डली को ईतिहास पृषठ भुमी पढेर सुनाउनु भएको थियो । डि॰ कुमार सुनुवार ले मन्डली को वार्षिक आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । तेसपछी गत November 30-11-2008 मा कार्य बेस्ताता को करण ले अनुपस्थित भाई अविशेक हुनु छुटनु भएको एल्डर मिना थेबे र डिकन सर्मिस्ठा थापा लाई यसै कार्यक्रम म अबिशेक गरियो। मन्डली का पास्टर दौलत थुलुङ ले १ समुएल १०-१ र १६:12-13 बोल्नु भएपछी डिकन सर्मिस्ठा थापा लाई अभिसेक गर्नु भयो । एल्डर मिना थेबे लाई अघिल्लो दिन शनिबार पास्टर बिनोद गौतम ले अभिसेक गर्नु भएको थियो । प्रभु को सेवा मा अभिसेक हुनु भएको एल्डर मिना थेबे, डिकन सर्मिस्ठा थापा साथै गत Novemmber 30-11-2008 मा अभिसेक हुनुभएका हरु को नाम फेरी अवगत गराउन् चाहन्छौ नाम यस् प्रकार छ : डिकन श्रीमती नन्दा लिम्बु, डिकन सुन्दर नेपाल, डिकन कुमार सुनुवार हुनु हुन्छ । यस्पछी पास्टर सुर्यराम सुनुवार ले प्रभु भोज दिनु भएपछी अभिसेक्त जनहरु लाई प्रमाण-पत्र बितरण गर्नु भएको थियो । यसै कार्यक्रम मा पास्टर सुर्य राम सुनुवार ले आफ्नो कार्य बेस्त्ताता ले गर्दा र नाहरिया मा स्थापित गरेको मन्डली लाई समेथ समय दिनु पर्ने भएको ले संयुक्त नेपाली मन्डली को सम्पूर्ण करोभार संचालन पास्टर हरु लगयत अगुवा समुह लाई हस्तन्तरन गर्नु भयो र दुई शब्द मन्तब्य ब्यक्त गर्नु भयो । साथै ताईवान बाट आउनु भएको Missonary Sis Sheri Tao ले पनि मन्तब्य ब्यक्त गर्नु साथै शुभकामना दिनु भयो । साथै पास्टर बिनोद गौतम र एल्डर निरु श्रेष्ठ हरु ले पनि केही दुई शब्द बोल्नु भये को थियो । डिकन सुन्दर नेपाल ले मन्डली को ईतिहास को शछिप्त रुप मा video हरु प्रस्तुत गर्नु भएको थियो । तेस्पछी उपस्तित सबै जना प्रेम भोज मा शवागी भएका थिए । पिता, पुत्र, पवित्र आत्मा एकै भएर पूर्ण एकतमा प्रेम को मिलप को उच्च उदहारण प्रमेशोर स्व्यम हुनुहुन्छ। यस् कार्यक्रम का सहयोगीहरु डि॰ सर्मिस्ठा थापा, डि॰ मेरी देवान, डि॰ पिङ्गाइ लामा, ए॰ निरु श्रेष्ठ, डि,सुन्दर नेपाल, दिल माया आले, लिना तमाङ, रुना राइ, सुशिला नेपाल, हुनुहुन्थियो । सम्ग्रमा कार्यक्रम अशिशित हुन पुग्यो , प्रमेशोर ले सबै लाई अशिस दिनु भएको होस् । आमेन