चर्च विस्फोटका सात अभियुक्तको नाम र्सार्वजनिक

नेपाल समाचारपत्र, (काठमाडौं) ललितपुरको भनीमण्डलस्थित एजम्सन चर्चमा भएको बम विस्फोट काण्डको मुख्य योजनाकारसहित सात जनाको नामावली प्रहरीले र्सार्वजनिक गरेको छ। गत जेठ ९ गते बिहान प्रार्थना भइरहेको अवस्थामा चर्चको मध्यभागमा बम विस्फोट गराउने मुख्य अभियुक्त सीता थापा (श्रेष्ठ) को बयानका आधारमा ठोस प्रमाणसहित अभियुक्तहरूको नामावली र्सार्वजनिक गरिएको हो। र्सार्वजनिक गरिएका नामहरूमा नेपाल डिफेन्स आर्मीका कमाण्डर मोरङका रामप्रसाद मैनाली, मोरङकै कमल भट्टर्राई, काभ्रेका गणेशलाल श्रेष्ठ, भोजपुरका तारानाथ लुइँटेल, ललितपुर इमाडोलका विष्णुकुमार श्रेष्ठ, लमजुङकी शान्ति गुरुङ र सुनसरीका अनिल राय अमात रहेका छन्। तीमध्ये मैनालीको आदेशमा अभियुक्त थापालाई बम दिने कमल भट्टर्राई मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। घटनाविवरणअनुसार गतवैशाख २७ गते हिन्दू राष्ट्र बचाउ समितिले आयोजना गरेको कार्यक्रममा माइकिङको जिम्मा पाएकी सीताले कार्यक्रम सकिएपछि नयाँ बानेश्वरस्थित तारानाथ लुइँटेलको घरमा योजना तय गरिएको थियो। लुइँटेलको घरमा योजनाकार कमल भट्टर्राईसँगको कुरामा सीता थापा (श्रेष्ठ) ले क्रिश्चियन धर्मका कारण आफ्नी दिदी बहुलाएको बताउँदै क्रिश्चियन धर्म सिध्याउने जे, पनि गर्न सक्ने बताएकी थिइन्। त्यसपछि कमलले रामप्रसाद मैनालीसँग कुरा गरी सीतालाई बम विस्फोट गराउन उक्साएका थिए। अर्का अभियुक्त अनिल राय अमातको मोबाइलमा मैनालीले सीतासँग पटक-पटक कुराकानी गरेका थिए। अपराध योजना कार्यान्वयन गर्न डिफेन्स आर्मीका कमाण्डर मैनाली र कमल भट्टर्राईसँग पटक-पटक फोनवार्ता भएको प्रहरीले जनाएको छ। फरकफरक मान्छेको नामबाट मोबाइल प्रयोग गरी बम विस्फोटको योजना तय गरिएको बताउँदै महानगरीय प्रहरी परिसर ललिपुरका प्रमुख एसपी केदारमानसिंह भण्डारीले बमकाण्डमा सातै जनाको सहभागिता रहेको बताउनुभयो। अभियुक्त कमलले प्रयोग गर्ने मोबाइल शान्ति गुरुङको नाममा र गणेशलाल श्रेष्ठले प्रयोग गरेको मोबाइल विष्णुकुमार श्रेष्ठको र मैनालीले प्रयोग गरेको मोबाइल अनिल राय अमातको थियो। कमल भट्टर्राई, तारानाथ लुइँटेल, गणेशलाल श्रेष्ठको निर्देशनमा सीताले टाइम बम विस्फोट गराएको सीताको बयानमा उल्लेख छ। अभियुक्तमध्ये सीताबाहेक सबै फरार रहेका छन्। बमविस्फोटमा संलग्न सीतालाई प्रहरीले गत १३ गते शान्तिनगरस्थित डेराबाट पक्राउ गरेको थियो। विस्फोटबाट पीडित विनय पेशाक र वालान जोसेफले अभियुक्त सबैलाई हदैसम्म सजायको माग गरेका छन्। सो बम काण्डमा विनयकी श्रीमती र छोरीको ज्यान गएको थियो।

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो