इस्राएल संक्षिप्तमा (लेखक – दौलत साकार)
यशैया भविष्यवक्ताले ईशा पूर्व ७०० वर्ष अघि निर्वासनमा रहेको यहुदीहरुको स्वदेश फिर्तीको बारेमा यसरी भविष्यवाणी गरेका थिए, “नडरा, किनकि म तँसित छु । म तेरा छोराछोरीहरुलाई पूर्वदेखि ल्याउनेछु, र पश्चिमदेखि तिमीहरुलाई भेला गर्नेछु । म उत्तर दिशालाई भन्नेछु, तिनीहरुलाई दिइहाल दक्षिण दिशालाई भन्नेछु, तिनीहरुलाई नथुन् । मेरा छोराहरुलाई टाढादेखि र मेरा छोरीहरुलाई पृथ्वीको पल्लो छेउदेखि ल्याओ ।” यशैया ४३:४–६
देश : इस्राएल
स्थापना : १४ मे १९४८
क्षेत्रफल : २०,७७० वर्ग किमी
राजधानी : यरुसलेम (अंग्रेजीमा जेरुसलेम)
भाषा : हिब्रु, अरबी र अग्रेजी
जाति समूह : ७५.५५ यहुदी, २०५ अरबी र ४.४५ अल्प संख्यक
सरकार : संसदीय गणतन्त्र
राष्ट्रपति : शिमोन पेरेज (वर्तमान)
प्रधानमन्त्री : वेन्जामीन नेतान्याहु (वर्तमान)
अनुमानीत जनसंख्या : ७४,११,००० (सन् मार्च २००९ सम्ममा)
मुद्रा : इस्राएली न्यू सेकेल
अन्तराष्ट्रिय कोड नं : ००९७२
इन्टरनेट कोड नं : आइ एल
औषत आम्दानी प्रतिव्यक्ति : २८,३६५ डलर (सन् २००८)
औषत आयु : ७६ वर्ष महिला र ७४ वर्ष पुरुष (सन् २००७)
हिब्रुमा इस्राएल, अंग्रेजीमा इजराएल र अरबीमा इस्राइल उच्चारण गरिन्छ । यो मध्यपूर्व यशिया महादेशको भूमध्यसागर किनारामा अवश्थित छ । इस्राएलको उत्तरमा लेबनान, उत्तरपूर्वमा सिरिया, पूर्वमा जोर्डन र दक्षिण–पश्चिममा मिश्र र पश्चिममा भूमध्यसागर पर्दछ ।
विश्वको एक मात्र यहुदी राष्ट्र इस्राएल हो । अनुमानित जनसंख्या ७.४ मिलियन र अप्रवासी कामदारहरुको जनसंख्या करिब ५ लाख पुगेको अनुमान गरिएको छ ।
इस्राएल संज्ञा र भूमि प्रत्येक यहुदीहरुको स्पदन हो । यहुदीहरुको इतिहास करिब ईशा पूर्व २ हजार वर्षअघि अब्राहमको जीवनीबाट आरम्भ हुन्छ । यहोयले उनीहरुको तीन पुस्ता पूर्खाहरु अब्राहम, (उत्पत्ति १२:१–३) इसाहक (उत्पत्ति २६:२–६) र याकुब (उत्पत्ति ३५:९–१२)लाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमि नै वर्तमान इस्राएल भूमि हो ।
करिब इशापूर्व (१३९१–१२७१) मा मोसाले इस्राएलीहरुलाई मिश्रको दासत्वको बन्धनबाट अमलेख गरी कनानभूमिमा ल्याउन र मरुभूमिको यात्रावाधिमा यहुदीहरुलाई धार्मिक दश आज्ञाहरु दिएर आस्थाको एकताको बन्धनमा आबद्ध गरेका थिए । यहोशू र सिमसोन जस्ता ऐतिहासिक अगुवाहरुले १२ कूल यहुदीहरुलाई संगठानात्मक एकत्रित गर्न सफल भएका थिए । प्रथम यहुदी राजा सावलले इशा पूर्व १०४७ तिर राजतन्त्रात्मक शासनको शुत्रपात गरे । राजा सावलकै ज्वाई द्धितृया दाउद (इशापूर्व १००७) राजा भएपछि राज्य बिस्तार गर्नुको साथै यबुसी जातिहरुलाई पराजित गरी यरुसलेमलाई इस्राएलको राजधानी बनाएका थिए । तितृया राजा सुलेमान (इशा पूर्व ९७० तिर) को अवसानपछि इस्राएल राज्य दुई राज्यमा टुक्रिएर उत्तर इस्राएल (सामारियाबाट) मा १० कूलहरुले राज्य गरे भने २ कूलहरुले दक्षिण भाग यरुशलेमलाई राजधानी कायम गरी राज्य गरे ।
ईशा पूर्व ५८६ मा बेबिलोनी राजा नबुकदनेसरका सैनिकहरुले इस्राएलको राजधानी यरुसलेममाथि आक्रमण गरी राजा सुलेमनले निर्माण गरेको मन्दिर र शहरमा आगो लगाई दिए । धेरै शिक्षित र प्रमुख यहुदीहरुलाई कैदी गरेर निर्वासनमा बेबिलोन (वर्तमान इराक) लगे । नम्हेमिया र एज्राको नेतृत्वमा निर्वासनबाट फर्किएर ईशा पूर्व ५१६ मा राजा सुलेमानले निर्माण गरेको मन्दिरको हुबहू नक्कल गरी दोस्रो मन्दिरको निर्माण गरेका थिए । ईशा पूर्व ३६ तिर हिरोद महानले सोही मन्दिरलाई भव्य, कलात्मक र फराकिलो रुपमा पूनःनिर्माण गरि दिएका थिए । सन् ७० एडीमा रोमन सम्राट ताइटिकसका सैन्यहरुले यरुशलेम शहर र मन्दिरमा आगो लगाएर नष्ट दिए । वर्तमान देखीएको पश्चिमी पर्खाल (western wall) मात्र दोस्रो मन्दिरको पर्खालको भग्नावाशेष मानिन्छ । रोमन, क्रिश्चियन, मुस्लिम र बिट्रीश शासनपछि स्वतन्त्र हुन पुगेको इस्राएल राष्ट्रको लघु आत्मवृतान्त ।
सन् १८९७ मा यूरोपमा यहुदीबाद धाराणाको पूनःजागृति देखा पप्यो । यूरोप र विश्वका यहुदीहरुलाई सामूहिक एकताको भावनमा आवद्ध गर्ने श्रेय यहुदी थियोडर हर्जेल हुन । उनले सन् १८९६ मा “यहुदी राज्य” नामक पुस्तक प्रकाशित गरे । उनले आप्नो दर्शन र भविष्यको यहुदी राज्यको सुनौलो परिकल्पना गरेको सो पुस्तकमा आफनो दर्शनहरु राखेका थिए । जर्मनमा सन् १९३० तिर एडल्फ हिटलरको नाजी शासनको उदयसँगै जर्मन र यरोप राष्ट्रहरुमा यहुदीहरुप्रति दमन, अत्याचार र सामुहिक हत्या गरियो । इतिहासमा कालो धब्बा लाग्न पुगेको यस सामूहिक वा जातिय हत्यालाई त्जभ ज्बयिअबगकत भनेर चिनिन्छ । अत्याचार र हत्याका कारणले विश्वमा छरिएर रहेका यहुदीहरुले आप्mनो अस्तित्वको लागि एकताको न्यानो भावना र राष्ट्रको खोजी गर्न घोत्लिनु वाध्य तुल्यायो । विश्वबाट थोरै२ गर्दै यहुदीहरु आफनो पुर्खौली जन्मस्थल कनान, पेलिस्ताइन, पवित्र भूमि वा इस्राएल फर्कन थाले । ७०० ईशा पूर्व भविष्यवक्ता यशैयाले बाइबलमा, “इलोहिम (परमेश्वर)ले यहुदीहरुलाई उत्तर–दक्षिण र पूर्व–पश्चिम चारैतिरबाट भेला गरेर ल्याउनेछु” भनेर गरेरको भविष्यवाणी २७०० वर्षपछि आंशिक पूरा भएको मानिन्छ की ?
प्रथम विश्व युद्धपछि बिट्रीश सरकारले बालफोर घोषणापत्रमा पेलिस्ताइन र यहुदी राज्यहरुको घोषणा गरी दियो । यस घोषणाले पेलिस्ताइन र यहुदी द्धय जातिहरु बीचमा गहिरो तुषको दरार स्पष्ट बिजारोपण गरिदियो । अन्त्यमा बालफोर घोषणापत्रबाट हात धुदै बिट्रीश सरकारले पेलिस्ताइन र यहुदी राज्यको मुद्दा भर्खर स्थापना भएको संयुक्त राष्ट संघलाई जिम्मा दियो । सन् १९४७ मा संयुक्त राष्ट्र संघले द्धय जातिहरुको बिचमा पेलिस्ताइन राज्य र यहुदी राज्य विभाजन गरिदियो । यरुशलेम शहरलाई अन्तराष्ट्रिय शहर सिमाकंनको घोषणा गरिदियो । संयुक्त राष्ट्र संघको निर्णयलाई तत्काल यहुदीवादका अगुवाहरुले स्वीकार गरे । तर अरब लिगका सदस्य राष्ट्रहरु र अरब उच्च कमिटीले उक्त प्रस्ताव अस्वीकार गरिदिए । जसले गर्दा दुई जातिहरुमा नराम्रो गृह युद्धहरु हुन पुग्यो । यस गृह युद्धमा धेरै पेलिस्ताइनीहरु आप्mनो भूमिबाट पलायन वा शणार्थी बन्न पुगे ।
सन् १४ मे १९४८ सालमा यहुदी अगुवाहरुले इस्राएल एक स्वतन्त्र राष्ट्र भएको घोषणा गरे । छिमेकी मुस्लिम राष्ट्रहरु मिश्र, सिरीया, जोर्डन, लेबनान, इराकले घोषणा गरेको भोलिपल्ट नै अनायासै सैनिक धावा गरे । मोरोक्को, सुडान र साउदी अरबले सैनिक सहायता पठायो । तर यस युद्धमा कसैको हार–जीत भएन । युद्ध–विरामको घोषणा गर्नु परयो । सन् ११ मे १९४८ मा इस्राएलले संयुक्त राष्ट्र संघको सदस्यता लिन सफल भयो ।
अरब राष्ट्रहरुले इस्राएल राष्ट्रको अस्तित्वलाई अस्वीकार गर्दै यहुदीहरुको विनास गर्ने आहवन अरब राष्ट्रहरुलाई गरे । सन् १९६७ मा मिश्र, सिरीया र जोर्डनको संयुक्त सैन्यले तीन दिशाबाट आक्रमण गरयो । यो युद्ध ६ दिनसम्म चल्यो । जसलाई इस्राएली इतिहासमा (Six Days War) को संज्ञाले चिनिन्छ । यस युद्धमा इस्राएलले नराम्रो गरी शत्रु राष्ट्रलाई पराजित मात्र गरेन तर पश्चिमी ब्यांक, गाजा क्षेत्र, सिनाइ प्रायद्धीप र गोलन हाइट पर्वत हात पार्न सफल भयो ।
६ दिने युद्धको असफलतापछि भूपू पेलिस्ताइन राष्ट्रपति यासेर अराफतले सन् १९६९ मा पेलिस्ताइन स्वतन्त्र संगठन (PLO) को स्थापना गरे । यस संगठनको प्रमुख उद्देश्य आफनो गुमेको भूमि फिर्ता गर्नु र यहुदी जाति विरुद्ध हतियार उठाउनु थियो । जर्मन को म्युनिख शहर मा आयोजना भएको सन् १९७२ ओलम्पिक मा भाग लिन पुगेका इस्राएली एथलेटिक्स खेलाडीहरु बसेको कोठामै पेलश्तनी आतान्कारी बन्धुक धारीहरुले बन्धि बनाई इस्राएली जेलमा रहेका धेरै आतंकारीहरुको रिहाको प्रस्ताव राख्यो र तत्कालै संसदीय बैठक बस्यो जस्ले प्रस्ताबको अस्विकार गरयो । फलस्वरुप माग पुरा नभएको मा ८ इस्राएली एथलेटिक्स खेलाडीहरु को निर्ममता पूर्वक गोली हानी हत्या गरयो ।
सन् ६ अक्टुबर १९७३ मा यहुदीहरुको पवित्र चाडमा हर्षोल्लास मनाइ रहेको अवसरमा मिश्रले दक्षिण र सिरियाले उत्तरबाट इस्राएल विरुद्ध आक्रमण गरे । यो युद्धमा धेरै सैन्य गुमाएर इस्राएलले कठिन विजय प्राप्त गयो । इस्राएली जनताहरुले यो युद्धको मूख्य जिम्मेवारी सरकारको कमजोर सुरक्षा नीतिमाथि ठहर गर्दै नारा–जुलुस लगाए । जनताको तातो रीसलाई साम्य पार्न प्रथम इस्राएली महिला प्रधानमन्त्री गौल्डा मेइरले प्रधानमन्त्री पदबाट हात धुनु परयो । यसपछि आजसम्म इस्राएली सरकारमा कुनै पनि महिला प्रधानमन्त्री बन्न सकेका छैनन् ।
सन् ७ जुन १९८१ मा इस्राएलले बमले इराकको ओसीराक न्युक्लियर रिअक्टर भट्टी नष्ट गरीदियो । यसैको रीस मार्न इराकी शासक सद्दाम हुसेनले सन् १९९१ का गल्फ युद्धमा इस्राएल विरुद्ध मिसाइल आक्रमण गरयो । पेलिस्ताइन अगुवाहरु र जनताहरुले सद्दाम हुसेनको पक्ष समर्थन गरेका थिए ।
सन् १३ सेप्टेम्बर १९९३ मा इस्राएली प्रधानमन्त्री इत्जाक रबिन र पि. एल. ओ. अधक्ष्य यासेर अराफतले नर्वेको ओस्लो शहरमा ओस्लो शान्ति सम्झौतामा हस्ताक्षार गर्दै अमेरीकी राष्ट्रपति बिल क्लिटनको समक्ष मिलाप र सद्भावको हातहरु मिलाएका थिए ।
सन् १९७९ मा मिश्री राष्ट्रपति अनवर इल सदात र इस्राएली प्रधानमन्त्री मेनाखेम बेगीनले क्याम्प डेबिट शान्ति सम्झौतामा हस्ताक्षार गरेर इस्राएलको अस्तित्व स्वीकार गर्ने मिश्र देश प्रथम मुस्लिम राष्ट्र बन्यो । बदलामा इस्राएलले सिनाइ प्रायद्धीप मिश्रलाई फिर्ता गरिदियो । सन् १९९४ मा दोस्रो मुस्लिम राष्ट्र जोर्डनले इस्राएल–जोर्डन शान्ति सम्झौतामा हस्ताक्षार गरयो । तर पेलिस्ताइन र यहुदी जनताहरुमा शान्ति देख्न नचाहाने एक यहुदी युवाले सन् नोभेम्बर १९९५ मा शान्ति जुलुसमा भाग लिन पुगेका प्रधानमन्त्री इत्जायक रबिनलाई गोली हानी हत्या गरीदियो । यस हत्याले सारा विश्व एक पटक स्तब्ध हुन पुग्यो ।
सन् १९९९ मा प्रधानमन्त्री यहुद बाराकले दक्षिण लेबनानबाट सैन्य फिर्ता गरयो । सन् २००१ मा प्रधानमन्त्री एरीएल शारोनले गाजा क्षेत्रबाट सैन्य र यहुदी बस्तिहरु हटाइदियो । सन् २००६ मा हजबुल्लाले इस्राएली डिउटीमा खटीएका दुई सैन्यहरुको अपहरण गरयो । इस्राएलले हजबुल्ला विरुद्ध लेबनानमा सैन्य आक्रमण गरयो । लेबनानले धेरै धन–जनको नोक्सान भोग्यो । एक महिनासम्म चलेको यो युद्धमा इस्राएलले आफनो अपहरित सैन्य फिर्ता गर्न सकेन । सन् २७ नोभेम्बर २००७ मा यहुद अल्मर्ट र पेलिस्ताइन राष्ट्रपति महमद अब्बास दुवैले शान्ति सम्झौता गर्न राजी भए । सन् अप्रेल २००८ मा सिरीयन राष्ट्रपति बसर अल असादले कतारी समाचार पत्रलाई इस्राएलसँग शान्ति सम्झौताको प्रयासहरु हुदैछन् भनेथे ।
स्थापनाकालदेखि वर्तमानसम्म पेलिस्ताइन र मुस्लिम राज्यहरुको श्रृंखलावद्ध आक्रमणहरुको सामना गर्दै इस्राएलले विश्वमा आफुलाई एक शक्ति सम्पन्न राष्ट्रको रुपमा प्रमाणित गरेकोछ । इस्राएल युद्ध प्रेमी होइन शान्तिको हात मिलाउँन पनि तयार छ भन्ने प्रमाणहरु छिमेकी राष्ट्रहरुसँग गरेका शान्ति सम्झौताहरुले विश्वमाझमा देखाउँदैछ ।
यस सम्बन्धमा मेरा एक मित्रले मलाई भने, अमेरिकी आर्शिवाद र सैनिक–आर्थिक सहायता नपाएको भए इस्राएललाई मुस्लिम राष्ट्रहरुले एक गाँस बनाई दिन्छन् । मैंले भने, अमेरीकाको आर्थिक र सैनिक सहायताले होइन मित्रजी, यहुदी जनताहरुको सामुहिक एकताको भावनाले शत्रुहरुलाई पराजित गर्न सफल भएका हुन । अमेरीकाले आर्थिक र सैनिक सहायता गर्दैमा ती राष्ट्रहरुले विजय पाउने भए आज किन अफगानिस्तान र इराकको युद्धहरु असफल भएका छन् त । प्रतिउत्तरमा मेरा मित्र मौनतामा एकछिन आकास–धर्तीलाई निर्निमेष दृष्टिगोचर गर्छन् ।
सैन्य र सुरुक्षाः
इस्राएलको प्रतिरक्षा शक्तिहरु (Israeli Defence Force वा IDF) मा स्थल, हवाई र सामुन्द्रीक शक्तिहरु पर्दछन् । इस्राएली प्रत्येक उमेर पुगेका पुरुषले तीन वर्ष र महिलाले दुई वर्ष अनिवार्य सैनिक सेवा गरेको हुनुपर्दछ । ४० वर्षसम्म प्रत्येक नागरीकले हप्ता वा प्रति वर्ष रिर्जभ सैन्य शक्तिको रुपमा आवश्यक परेको बेलामा उपस्थित हुनुपर्दछ । इस्राएलको सक्रिय सैन्य शक्ति १,७८,००० र रिर्जभ सैन्य शक्ति ४,०८,००० रहेका छन् । राष्ट्रिय सैनिकहरुलाई अत्याधुनिक र उच्च प्रविधि प्रणालीको हतियारले सुसज्जित गरिएकोछ । देशभित्र सैनिक हतियार र मेन वेटल ट्यांक आफैले निर्माण गर्दछ । आवश्यक विशेष हतियारहरु विदेशबाट निर्यात गर्दछ । सैन्य सामाग्री दिने दाताहरुमा अमेरिका प्रथम राष्ट्रमा पर्दछ । अमेरिका र इस्राएलले संयुक्त रुपमा एरो मिसाइल निर्माण गरेका छन् । जुन विश्वकै एक मात्र एन्टि ब्यालिष्टिक मिसाइल प्रणालीबाट निर्माण गरिएकोछ । इस्राइलले Nuclear Non-Proliferation Treaty मा आजसम्म हस्ताक्षार गरेको छैन् । विश्वले इस्राएललाई परमाणु बम बनाउँन सक्ने राष्ट्रको रुपमा आशंकाको दृष्टिकोणले हेर्दछन् ।
भौगोलिकता र जलवायु:
सालाखाला २०,७७० वर्ग किमी क्षेत्रफल ओगटेको इस्राएलको पश्चिममा भूमध्यसागर, उत्तरमा गालिल ताल, पूर्वमा यर्दन नदी, यारकोन नदी, किशोन नदी र यारमुक नदी, दक्षिणमा अराबाह (लालसागर) नै प्रमुख पानीका स्रोतहरु हुन । सानो राष्ट्र भएता पनि भौगोलिकतामा विविधता पाइन्छ । दक्षिण क्षेत्र नेगेभ मरुभूमि पर्दछ । उत्तरमा खर्मोन (हर्मोन) हिमाल, गोलान हाइट पहाड, उपत्यहरुका, पूर्वमा यर्दन उपत्यका र दरारयुक्त पहाडी श्रृंखलाहरु छन् । उत्तर–दक्षिण भूमध्यसागर किनारा समतल शारोनको तराई भूभाग पर्दछ । देशको ७० प्रतिशत जनसंख्या यही समतल तराई भूभागमा बसोबास गर्दछन् । यर्दन नदी खर्मोन हिमालबाट उद्भव भएर गालील तालहुदै मृत सागरमा पुगेर आफनो अस्तित्वलाई तिलाञ्जलि दिन्छिन् ।
इस्राएलको मौषम र तापक्रम स्थानानुसार फरक२ पाइन्छन् । उत्तरी क्षेत्रमा समशितोष्ण जववायु पाइन्छ । खर्मोन (हर्मोन) हिमाल प्रायः वर्षभरी नै हिउँले ढाक्दछ । राजधानी यरुशलेममा प्रायः हिउँदमा हिउँ पर्दछ । इस्राएलमा हिउँद याममा झरी–वर्षा र जाडो दुवै हुन्छ । मे–सेप्टेम्बर महिनाहरु सुख्खा र पानी नपर्ने हुदाँ तापक्रम बढदै जान्छ । यी महिनाहरुमा तिबेरिया शहर र दक्षिण नेगेभ मरुभूमिको एलात शहरमा करिब ४१ डिग्री सेन्टिगे्रटभन्दा बढी तापक्रम पुग्दछ । तेल अभिभ र हाइफा शहरहरुमा भूमध्यसागरीय हावापानीको कारण केही कम तापक्रम र गर्मी हुन्छ ।
सौर्य–शक्ति (Solar Energy):
सौर्य–शक्ति (Solar Energy) को प्रयोग इस्राएलमा अधिक मात्रामा हुन्छ । इस्राएलले सौर्य शक्तिलाई इन्धनको रुपमा रुपान्तरण गर्न उच्च प्राथमिकता दिदै आएको छ । इस्राएलले सौर्य अनुसन्धान र विकास उद्योग नेगेभ मरुभूमि क्षेत्रमा स्थापना गरेको छ । सौर्य–शक्तिको उपभोग ९० प्रतिशतभन्दा बढी इस्राएली घरहरुमा विशेष गरेर पानी तताउँन प्रयोग गरिएको पाइन्छ । सौर्य–शक्तिको प्रयोग गरेर इस्राएलले प्रतिवर्ष २० लाख ब्यारेर इन्धनको वचत गर्न सकेको अभिलेख सौर्य उर्जा शक्ति वितरण अभिलेखले देखाएकोछ ।
विश्वको सबैभन्दा ठूलो सौर्य लाक्षणिक थाल वा बेन गुरीयन राष्ट्रिय सौर्य शक्ति (Ben gurion National Solar Energy) इस्राएलमा नै पाइन्छ । एक यहुदी मेरा मित्रले कुरै कुरामा मलाई भने, अरब राष्ट्रहरुको पेट्रोलियम इन्धनमा भर नपर्नुको निम्ति इस्राएल सरकारले भविष्यमा चाडै सौर्य शक्ति (Solar Energy) बाट चल्ने यातायतहरुको निर्माण, स्टेशनहरु र प्रयोग गर्नेछ ।
सरकार र राजनीति (Government & Politics) :
इस्राएल मध्यपूर्वमा एक मात्र गणतन्त्र प्रतिनिधि सांसदीय प्रणालीमा सार्वभौमिक मताधिकार चुनाव प्रक्रियाद्धारा शासन गर्ने राष्ट्र हो । राष्ट्र प्रमुख राष्ट्रपति भएता पनि औपचारिक कार्य बाहेक केही अधिकार हुन्न । राष्ट्रको विद्यान बनाउँने कार्य क्नेसेतले गर्दछ । क्नेसेत (Knesset) इस्राएलको संसद भवन हो । प्रधानमन्त्री सरकार प्रमुख र कार्यकारिणी अधिकार सम्पन्न हुन् । जनताले चुनिएर गएका बहुमत संसदहरुको पाट्री प्रमुख नै प्रधानमन्त्री हुन्छ । इस्राएली सांसदमा जम्मा १२० जना संसदहरु हुन्छन् । इस्राएल राष्ट्र मध्यपूर्व राष्ट्रहरुमा मानव अधिकार, प्रेस स्वतन्त्रता, आर्थिक र भौतिक सम्पन्न प्रथम राष्ट्रमा पर्दछ । इस्राएललाई सेकेण्ड अमेरिका पनि भनिदो रहेछ । शायद व्यक्ति स्वतन्त्रताको दृष्टिकोणले भनिएको होला ।
विदेश सम्बन्ध (International Affairs):
इस्राएलको कुटनीतिक सम्बन्ध करिब १६१ देशहरुसँग रहेको छ । ९४ देशहरुमा कुटनीतिक मिसन कार्यलयहरु खोलेकोछ । तर अरब लिगको केवल तीन सदस्य राष्ट्रहरु मिश्र सन् १९७९ मा, जोर्डन सन् १९९४ र मउरीतानीयासँग सन् १९९९ मा मात्र कुटनीतिक मिसन कार्यलय खोल्न सकेको छ । मोरोक्को र टुउनिशियासँग सन् २००० र २००३ मा सम्बन्ध सुधारोन्मोख हुदै जादैछ । इस्राएलको कानुनमा लेबनान, सिरिया, साउदी अरबीया, इराक र यमन शत्रु राष्ट्रहरुको सुचीमा राखीएकोछ भने आफनो नागरिकहरुलाई ती राष्ट्रहरुमा जान निषेध गरेकोछ ।
वैदेशिक सम्बन्धमा इस्राएलको बलियो र गाढा सम्बन्ध अमेरिका, टर्की, जर्मन, बेलायत र भारतसँग रहेकोछ । अमेरिका इस्राएल राष्ट्रलाई मान्यता दिने प्रथम राष्ट्र हो । नेपालसँग इस्राएलको दैत्यसम्बन्ध भू.पू. प्रधानमन्त्री वि.पि. कोइरालाको पालामा हुन पुगेको हो ।
कृषि (Agriculutre):
कृर्षि इस्राएलको एक प्रमुख उद्योग हो । ९५ प्रतिशत कृर्षि उत्पादन स्वंयले गर्दछ भने ५ प्रतिशत बाहिरी राष्ट्रहरुबाट आयात गर्दछ । इस्राएलमा चाख लाख्दो कृर्षि समाज छ । जसलाई किबुज (Kibbutz) र गाउँ (Moshav) भनिन्छ । किबुजको स्थापना यूरोपबाट आएका अप्रावासी यहुदीहरुले गरेका हुन । किबुज भनेको सामुहिक सामुदाय, समूह वा जमघट हो । किबुज एउटा समाजवाद वा यहुदीवादको एउटा परिकल्पना हो । जहाँ सबै मानिसहरु सामुहिक घरहरुमा बस्दछन्, सामुहीक भूमिमा, सामुहीक रुपमा काम गर्दछन र बस्तु उत्पादनबाट प्राप्त भएको मुनाफा भने सबैले बराबरी रुपमा बाडदछन् । नयाँ करार बाइबलमा प्रेरित २:४४ मा, “विश्वास गर्नेहरु जति सबै एकसाथ बस्थे र तिनीहरुका सबै थोक साँझा थिए।” भनी लेखिएकोछ मेल खान्छ की ?
पेलिस्तानीहरुले अमेरीका र यूरोपबाट आएका यहुदीहरुलाई कामै नलाग्ने बलौटे, रुखो, ढुङ्गेनी र सिमसार जग्गा पैसाको लोभमा बेची दिए । सोही मरुभूमि जग्गाहरुलाई ज्ञान, सिप र अनुभवहरुको प्रयोग गर्दै यहुदीहरुले कृर्षि योग्य भूमि वा मरुद्यान तुल्याए । इस्राएलले जनसंख्या वृद्धि दरभन्दा १६ गुणाबढी कृर्षि उत्पादन गर्न सफल भएकोछ ।
इस्राएलमा वर्षा नोभेम्बर–अप्रेल महिनासम्म हुने र पानीको स्रोतको अभावको कारणले पानीको सञ्चय गर्ने विभिन्न प्रविधिको विकास गरेकोछ । जस्तैः थोपा२ सिचाई (Dripp Irrigation) प्रविधिले कृषिमा महत्वपूर्ण सहयोग गरेको देखिन्छ । त्यस्तै पम्पिङ्ग स्टेशनहरु, पानी संग्रह पोखरीहरु, नहरहरु र पाइपलाइनबाट उत्तरदेखि दक्षिण मरुभूमिमा वितरण गरिएकोछ । यसको व्यवश्था राष्ट्रिय पानी बाहन (National Water Carrier) ले गर्दछ ।
किबुज र गाउँबाट करिब ७६ प्रतिशतभन्दा बढी ताजा फलफूल र अन्न उत्पादन हुन्छ । अन्नहरुमा विशेष गहँु र मकै हुन् । फलफूल हरुमा अम्बा, आप, नासपाती, सुन्तला, चेरी, अंगुर, कागती, खरभूजा, केरा, स्याउ, आभोकादो, गोलभेडा, काक्रा, फर्सी, कोपी, आलु, करेला, खोर्सानी, हरियो साग, जैतुन आदि छन् ।
भूमध्यसागर र गालील तालमा माछा मार्ने कार्य गरिन्छ । नेगेभ मरुभूमिको किबुजमा क्रित्रिम पोखरी बनाई मत्स्यपालन व्यवसाय गरिएकोछ । पशुपालन व्यवसायबाट मासु र दूग्ध उत्पादन गरी विक्री वितरण गरिन्छ ।
फूल विशेष निर्यात गरिने व्यवसायमा पर्दछ । सन् २००० मा इस्राएलले ४५० मिलियन डरलको फूल निर्यात गरेको थियो । इस्राएलको गुलाफको फूलले यूरोप राष्ट्रहरुमा राम्रो बजार पाएको देखिन्छ ।
इस्राएललाई विश्वको कृषि अनुसन्धान र विकास कार्यमा एक नमूना राष्ट्रको रुपमा लिन सकिन्छ । इस्राएलले कृषि क्षेत्रमा गुणात्मक र परिणात्मक दुवै रुपमा नाटकिय ढंगमा विकास गर्न सकेकोछ । सन् २००८ सालमा इस्राएलले कूल घरेलु खाद्य उत्पादन गर्ने राष्ट्रहरुमा आपूmलाई विश्वमा ४४औं स्थानमा उभ्याउन सक्षम भएको थियो ।
शिक्षा (Education):
इस्राएलको शिक्षा नीति अनिवार्य र १–१२ कक्षासम्म निशुल्क शिक्षा प्रदान गर्दछ । विश्वविद्यालयमा केही शशुल्क तिरेर शिक्षा प्राप्त गर्न सकिन्छ । विद्यालयलाई चार तहमा विभाजन गरेकोछ । (क) प्राथमिक विद्यालय (१–६ तहसम्म), (ख) माध्यमिक विद्यालय (७–९ तहसम्म) र (ग) उच्च मध्यमिक विद्यालय (१०–१२ तहसम्म) (घ) विश्वविद्यालय हुन । प्रमाणपत्र तहमा गणित, बाइबल, हिब्रुभाषा, अग्रेजी र साहित्य अनिवार्य अध्ययन गर्नुपर्दछ । तर मुस्लिम, क्रिश्चियन र द्रुज विद्यार्थीले आफनै धर्म–आस्थाका विषयमा छनौट गरी अध्ययन गर्न पाउँछन् ।
इस्राएलमा शैक्षिकसत्र १ सप्टेम्बरबाट आरम्भ हुन्छ । दक्षिण–पश्चिम यशियामा इस्राएलको शिक्षा अम्बल दर्जाको मानिन्छ । जापान र दक्षिण कोरियापछि इस्राएलको शिक्षालाई उर्वर शिक्षा मानिन्छ ।
इस्राएलमा ८ वटा विश्वविद्यालयहहरु छन् । (क) हिब्रु यूनिभरसिटी अफ जेरुसलेम जुन विश्वविद्यालय इस्राएलको सबैभन्दा पुरानो विश्वविद्यालय मानिन्छ । (ख) जुविस नेशनल एण्ड युनिभरसिटी लाइब्रेरी जहाँ संसारको सबैभन्दा बढी यहुदी सम्बन्धी पुस्तकहरु पाइन्छन्, (ग) विश्वको ११९ टप विश्वविद्यालयहरुमा यो ६०औं श्रेणीमा आउँदछ । (घ) वाइजमन इन्स्ट्च्यिुड अफ साइन्स, (ड०) तेल अभिभ युनिभरसिटी, (च) बार इलान यूनिभरसिटी, (छ) युनिभरसिटी अफ हाइफा, (ज) बेन गुरिअन अफ द नेगेभ, (झ) एक खुल्ला विश्वविद्यालय । इस्राएलको विश्वविद्यालयहरुको शिक्षा यूरोपको विश्वविद्यालयको शिक्षासरह मानिन्छ ।
चाड–पर्व (Festivals):
यहुदीहरु परम्परागत र आधुनिक चाड–पर्वहरु धुमधामसँग मनाउँदछन् । केही यहुदी चाड–पर्वहरु यस प्रकारका छन् :-
(क) रोश हाशानाह (Rosh Hashanah): यो यहुदीहरुको नँव वर्ष हो । यहुदी तिस्रीइ महिना वा सेप्टेम्बर–अक्टुबर महिना बिचमा । नँव वर्षमा अफिस, व्यापार, विद्यालयहरु दुई दिनसम्म बन्द रहन्छन् ।
(ख) योम किप्पुर (Yom Kippur): प्रायश्चितको दिनको रुपमा मनाइने यो पर्व अति पवित्र मानिन्छ । १० दिनसम्म मनाइने योम किप्पुर पर्वमा विशेष गरेर इलोहिमसँग विगत दिनहरुमा अन्जानमा गरीएको पापकर्महरुको क्षमा पाउँन उपवास र उपासना दुवै गरिन्छ ।
(ग) सुक्कोत (Sukkot): यो पर्वलाई बाइबलमा झुप्रोबास (नहेम्याह ८:१४–१५) भनिन्छ । इस्राएलीहरु मिश्रबाट कनानभूमि प्रस्थान गर्दा मरुभूमिमा पाल टागेर बस्दथे । कनानभूमिमा आई पुगी सकेपछि अन्न थन्काउँने चाडको रुपमा मनाइथ्यो । विशेष खेतीपातीको निम्ति वर्षा होस् भनी यहुदी कृषकहरुले इलोहिमसँग प्रार्थना गर्दथे । आज पनि यहुदीहरु घर अगाडि स–साना चार वटा काठहरुका खम्बा गाडेर, कपडा, खजुरका पातहरुको छाना बनाएर सांकेतिक रुपमासुक्कोत (झुप्रोबास) मनाउँदछन् ।
(घ) चानुकाह (Chanukah): यो चाड किन मनाइयो भनी बाइबलमा उल्लेख गरिएको छैन् । यहुदी किस्लेभ (दिसेम्बर) महिनामा आठ दिनसम्म मनाइन्छ तर व्यापार–व्यावसाय बन्द हुदैन । ईशा पूर्व दोस्रो शताब्दीतिर अलेक्जन्डर महन र उनका शासनकालमा यहुदी धर्म विपरीत मूर्ती पूजा गर्न लगाइयो । इशापूर्व १६४ मा यहुदा मक्काबीको नेतृत्वमा ग्रीक सेर्लेउसीड शासकका विरुद्ध विद्रोह गर्न पुगे । उनैको समयमा यो चानुकाह पर्व मनाउँन शुरुवात गरिएको मानिन्छ । यो पर्व विशेष गरेर मन्दिर शुद्धिकरणको रुपमा मनाइन्छ ।
(ड०) पूरीम (Purim): यहुदी अदार महिनाको १४–१५ गते दुई दिन बढो आनन्द र हर्षोउल्लाससाथ यो पर्व मनाइन्छ । बाइबलमा (एस्तर ९:१८–२८) दुष्ट हामान र उसका मतियारहरुले सम्पूर्ण यहुदीहरुलाई नष्ट गर्न कुनै एउटा दिनको लागि चिट्ठा हालेका थिए । जसलाई “पुर” वा “चिट्ठा” भनिन्छ । तर हामानको षडयन्त्र रानी एस्तरले थाहा पाइन र राजा अहासूरलाई अवगत गराइन । राजाले हामान र उसका छोराहरुलाई फासीको काठमा झुण्डयाउँन भनी लिखित राजाज्ञा गरे । यसै दिनलाई पूरबाट पूरीम भनियो । व्यापार–व्यावसायहरु र कार्यलयहरु बन्द हुदैनन् । तर विद्यालयहरु सबै बन्द हुन्छन् । यो पर्वमा साना नानीहरु रंगीचंगी कपडाहरुमा सजिएर बाहिर घुम्न निस्कन्छन् । एक आपसमा उपहारहरु दिन्छन् ।
(च) पेसाक (Pesach): निस्तार वा अंग्रेजीमा पासओभर भनिन्छ । ४३० वर्षभन्दा बढी इस्राएलीहरुले मिश्रमा दासत्वको जीवन बिताएर यहोय परमेश्वरको आज्ञानुसार यहुदी अगुवा मोसाले सबैको घरमा भेडा बलि गर्न र रगत घरको दौंलोमाथि दल्ने आज्ञा गरेथे । सोही कार्यको याद्गार स्वरुप इस्राएलीहरुले मरुभूमि हुदै कनानभूमिमा आएर सम्झना स्वरुप यो पेसाक पर्व मनाउँन लागे । यसलाई खमीर नहालेको रोटीको चाड वा अखमेरी रोटीको चाड पनि भनिन्छ । यो पेसाक वा अखमेरी रोटीको चाडको रात्री येशू ख्रीष्टलाई आप्mनो चेला यहुदा इस्करियोतले धोकाको चुम्बन गेतसमनी बगैचामा गरेका थिए । यो पर्वमा कुनै उत्पादन हुने कार्य वा व्यापार–व्यावसाय गरिदैन ।
शबाथ (Sabbatt):
शुक्रबार सूर्यास्तदेखि शनिबारको सूर्यास्तसम्मको अवधिलाई सबाथ (विश्राम) वा पवित्र दिन भनिन्छ । परम्परावादी यहुदीहरु सबाथमा कुनै कार्य गर्दैनन् । घरमा आगो बाल्ने, खाना पकाउने, बिजुली बाल्ने, टिभी, रेडियो, फोन आदि कार्य शनिबार साँझसम्म गर्दैनन् । सबाथमा सेनागोग (प्रार्थना गर्ने भवन)मा गएर इलोहिम (ईश्वर)को उपासना गर्दछन् । मोसाले दश आज्ञा दिएका मध्ये एक आज्ञा, “सबाथ दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु ।” (प्रश्थान २०:८) बाइबलको आज्ञा सिरोपर गर्दछन् ।
(छ) द हलोकास्ट मेमोरियल डे (The Halocust Memorial Day):
युरोप र अफ्रिका र अन्य महादेशरुहरुमा गरेर एडल्फ हिटलरको नाजी शासनको समयमा (सन् १९३५–१९४५ सम्म) मा ६० लाखभन्दा बढी यहुदीहरुको आमहत्या गरिएको थियो । यही आमहत्यामा बहादुरीसाथ लड्न र ज्यान बचाउँन सफल यहुदीहरुको सम्झनामा यहुदी महिना १७ निसान(अप्रिल–मे) को दिन हलोकास्ट मेमोरियल डे राष्ट्रले धुमधामसँग मनाउँदछन् ।
धर्म (Religion):
इस्राएल एक यस्तो राष्ट्र हो जहाँ त्रय धर्मलम्बी (यहुदी, क्रिश्चियन र मुस्लिम)हरु यरुशलेम शहरलाई आफनो धार्मीक आस्थाको केन्द्रस्थल मान्दछन् । पुरानो यरुशलेम शहरभित्र रहेको यहुदीहरुको हाकोटेल (पश्चिम पर्खाल), क्रिश्चियनहरुको द होली सेफुल्चर चर्च र मुस्लिमहरुको द डम अफ द रक र अल अक्सा मस्जीद पवित्र स्थलहरु मानिन्छन् ।
१. यातायत (Transport)
इस्राएलको दिनप्रति जनसंख्या वृद्धिसँग यातायतका साधनहरु र राजमार्गहरु, टाफ्रिक नियन्त्रणहरुको
विकास हुदै गएको पाइन्छ । इस्राएलको मूख्य राजमार्गहरुको सञ्जाल देशभरि माकुराको जालो झै फैलिएको छ । राजमार्ग जम्मा १७,४१० किमीभन्दा बढी छन् । सन् २००३ सालबाट इस्राएलको राष्ट्रिय राजमार्ग अधिकार (National Roads Authority of Israel) ले जिम्मा लिएको छ र राजमार्गलाई विभिन्न वर्गमा विभाजन गरिएको छ । जस्तैः राष्ट्रिय राजमार्ग (तेल अभिभ–यरुशलेम राजमार्ग), अन्तर शहर राजमार्ग (आयोलोन राजमार्ग), क्षेत्रिय राजमार्ग र स्थानिय सडकहरु आदि हुन् ।
२. बस सेवाहरु (Bus Facilities):
इस्राएलको बस सेवाले यात्रुहरुलाई सुगम रुपमा सेवा प्रदान गरेको पाइन्छ । इस्राएलको एजड इस्राएल ट्रान्सपोर्ट को–अपोरिटिभ सोसाइटी लिमिटेड (Egged Israel Transport Cooperative Society LTD) बस कम्पनी सबैभन्दा ठूलो बस कम्पनी हो । यो कम्पनी विश्वको दोस्रो ठूलो कम्पनी मानिन्छ । यो कम्पनीको ३,१०५ बसहरु छन् भने ६,२२७ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् । यसमध्ये ११४ वटा बुलेटप्रुफ बसहरु छन् ।
हरेक क्षेत्रिय वा मूख्य शहरहरुमा स्थानिय बस कम्पनी छन् । दान बस कम्पनी (Dan Bus Company) इस्राएलको दोस्रो ठूलो कम्पनी हो । नेपालमा एउटा बसमा ५ देखि ७ जना बस स्टाफहरु हुन्छन् । तर इस्राएलको एउटा बसमा १ जना डाइभर मात्र देख्न पाइन्छ । नेपालमा बस डाइभरलाई “डाइभर” भन्यो भने रिसाउँछ नम्र भएर “गुरुजी” भन्नुपर्छ । तर इस्राइलमा डाइभरलाई नाग (डाइभर) भनी सम्बोधन गर्दा रिसाउँदैन । बरु तपाईलाई शिष्ट भाषामा सहयोग गर्न तत्पर हुन्छन् । मैंले बस यात्रा गर्दा भारामा कहिले किचकिच गरेको देखिन । तोदा (धन्यवाद), श्लिखा (माफ पाउ), सबुवा तोभ (हप्ता शूभ रहोस्) आदि शब्दहरु यात्रुहरु र डाइभर बिचमा बसबाट निस्कदा ज्यादै प्रयोग गरिन्छन् ।
इस्राएलमा बस स्टेशनहरु दूई प्रकारका छन् । (क) केन्द्रिय टर्मिनलः इस्राएलको (Tel Aviv Central Bus Station) सबैभन्दा ठूलो टर्मिनल (स्टेशन) हो । यो सातौ तल्लाको छ र विश्वको बस स्टेशनमध्ये यो एक ठूलो बस स्टेशन (टर्मिनल) मानिन्छ । साना–ठूला ट्याक्सि (सेरुत)ले व्यक्तिगत कम्पनीको रुपमा दिन–रात यात्रुहरुलाई सेवा प्रदान गर्दछन् ।
३. बन्दरगाह (Sea Port):
इस्राएलको प्रमुख बन्दरगाहहरु इलात, अश्दोद, अश्कोलोन, तेल अभिभ–याफो, हर्जेलिया र हाइफा बन्दरगाहहरु हुन् । यशिया र अफ्रिका महादेशहरुसँग सामुन्द्रिक व्यापार गर्न लाल सागरको उत्तरी भाग वा अकाबाको खाडी छेउमा अवश्थित इलात शहरको बन्दरगाह प्रमुख हो । हाइफा बन्दरगाह यूरोप र उत्तर–दक्षिणी अमेरिकी देशहरुसँग सामुन्द्रिक व्यापार र यात्रु सेवा प्रदान गर्ने प्रमुख बन्दरगाह मानिन्छ ।
४. केवलकार (Cabel Car)
इस्राएलको पर्यटन क्षेत्रमा केवलकार एक कोशे ढुङ्गा नै बन्न पुगेकोछ । हाइफा केवलकार, किर्यात श्मोना केवलकार (१८ फेब्रुवरी २००९ मा म खर्मोन हिमालको दृष्य हेर्न जीवनमा पहिलो पटक केवलकारमा चढेकोछु), मसादा केवलकार आदि प्रमुख मानिन्छन् ।
५. हवाई सेवा ( Airways Facility)
इस्राएलको अन्तराष्ट्रिय हवाईमैदान बेन गुरियन हवाइ मैदान हो । यो तेल अभिभ सहर नजिकै पर्दछ । इस्राएलको सबैभन्दा ठूलो हवाइजहाज एल आल इस्राएल अयरलाइन्स हो । यसले उत्तर अमेरिका, यूरोप, मध्यपूर्व, दक्षिण एशियाका देशहरुमा हवाइ सेवा प्रदान गर्दछ र देशको विभिन्न शहरहरुमा साना–ठूला हवाईहरुले यात्रुहरुलाई हवाई सेवा प्रदान गर्दछन् ।
६. रेलसेवा (Railway):
सरकारको स्वमित्वमा इस्राएल राष्ट्रिय रेल कम्पनी छ । इस्राएलको रेलले दक्षिण बेर्शेबा शहरहुँदै उत्तरी नाहारिया शहरसम्म विभिन्न शहरहरुहुदै मालबाहक र यात्रुबाहक रेल सेवा पु¥याउँदछ । सन् २००८ सालबाट राजधानी यरुशलेम शहरमा आधुनिक रेलसेवा प्रदान गर्ने उद्देश्यले रेलमार्ग धमाधम निर्माण कार्य भइ रहेकोछ ।
इस्राएलको केही प्रमुख शहरहरु (Important Cities of Israel)
नाहारियाः उत्तर भूमध्यसागर किनारमा अवश्थित यो जर्मनका अप्रवासी यहुदीहरुले सन् १९३० मा बसोबास गरेपछि स्थापना भएको हो । नाहारियाको अर्थ “परमेश्वरको नदी” हुन्छ । सन् १९३३ बाट घरहरु निर्माण भएता पनि सन् १० फेब्रुवरी १९३५ मा दुई घरपरिवार बसोबास गरीएको अभिलेख आज पनि पाइन्छ । करिब ५१,००० जनसंख्या भएको यो शहर पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
किर्यात श्मोनाः सन् १९४८ को लेबनानसँगको युद्धमा सहदात प्राप्त गरेका ८ जना यहुदी सैन्यहरुको याद्गारमा सन् मे १९४९ मा स्थापना भएको शहर हो । खर्मोन हिमाल रहेको यो सामरीक र मनोरम पर्यटकीय सानो शहर हो । यसको जनसंख्या करिब २२,१०० (सन् २००७) मात्र छ ।
अफूला: अमेरिकन अप्रवासी यहुदीहरुले सन् १९२५ मा स्थापना गरेको इस्राएलको उत्तरी भागमा पर्ने एक सानो शहर हो । वर्तमान करिब ३९,२०० (सन् २००७) जनसंख्या रहेको यसलाई उपत्यकाको राजधानी वा यिज्रेल उपत्यका पनि भनिन्छ । यसको नजिकै मेगीदो (बाइबल नयाँ करारमा प्रकाश १६:१६ अनुसार यो स्थान आर–मागेडोन हो । जून स्थानबाट भविष्यमा तेस्रो विश्व ९त्जष्चम ध्बच० युद्ध गर्न विश्वका राजाहरु, शासकहरु र सैन्यहरु भेला हुनेछन्) भग्न शहर छ । यो स्थानमा जान अनुग्रह चर्च धरानका डिकन भाइ मानबहादुर राई र मैंले धेरै प्रयास गरेता पनि समयले साथ आजसम्म दिएको छैन् । तर मेरो जाने धोकोचाहि जीवितै छ ।
नाजेरेतः हिब्रुामा नात्ज्रात र अरबीकामा एन नासारिया भनिन्छ । नाजेरेत शहरमा बहुसंख्यक इस्राएली अरबीक क्रिश्चियनहरु बसोबास गर्दछन् । यहि शरहमा येशू ख्रीष्टको बाल्यकाल र युवाकाल बितेको मानिन्छ । नाजेरतको बारेमा लुकाको सुसमाचारमा वर्णन गरिएको पाइन्छ । यसको जनसंख्या करिब ६५,५०० (सन २००७) छ ।
हाइफाः उत्तरी भूमध्यसागरको किनारा र कर्मेल पहाडको पखेरामा अवश्थित हाइफा शहर इस्राइलको तेस्रो ठूलो शहर हो । यहुदी–अरब–क्रिश्चियन संमिश्रण बसोबास गरेको अनुमानित जनसंख्या २,६४,९०० (सन् २००७) छ । हाइफा शहरमा रहेको बहाइ मन्दिर र बगैचा मनमोहक छ । बहाइ विश्व केन्द्र युनेस्कोको विश्व सम्पदा सुचीमा परेकोछ ।
हर्जलियाः भूमध्यसगार किनारामा रहेको करिब ८४,२०० (सन् २००७) जनसंख्या भएको १५औं ठूलो शहर हो । यहुदीबादको पिता थियोडर हर्जलको सम्मानमा नामाकरण गरिएको यो शहर सन् १९२४ मा स्थापना भएको सानो गाउँको परिवर्तित आजको रुप हो ।
पेताह तिक्बाः यसको अर्थ “आशाको ढोका” (होशे २:१५ बाइबल) हुन्छ । सन् १८७८ मा गाउँबाट स्थापना भएको शहर हो । यो इस्राएलको केन्द्र जिल्ला हुनुको साथै तेल अभिभ शहरबाट उत्तर–पूर्वमा अवश्थित करिब १,८८,९०० (सन् २००७) जनसंख्या छ ।
रमात गानः रमात गानको अर्थ “शिखरको बगैचा” हुन्छ । सन् १९२१ मा स्थापना भएको संज्ञा अनुसारकै रमात गान शहरमा गगनचुम्बी भवनहरु देख्न पाइन्छन् । इस्राएलको सबैभन्दा अग्लो टावर मोशे अभिभ टावर रमात गानमा नै पर्दछ । यहाँ विश्व प्रसिद्ध हिरा व्यापार भवन रहेकोछ । रमान गानको अनुमानित जनसंख्या १,३३,४०० (सन २००७) रहेको छ ।
तेल अभिभः भूमध्यसागर किनारामा अवश्थित तेल अभिभ शहर इस्राएलको दोस्रो ठूलो शहर हो । तेल.ढिस्को, अभिभ. फोहरा हो तसर्थ तेल अभिभको अर्थ “फोहराको ढिस्को” हुन्छ । यसको जनसंख्या करिब ३,९१,३०० (सन् २००७) रहेको छ । तेल अभिभ शहर सन् १९०९ मा युरोप राष्ट्रहरुबाट आएका प्रवासी यहुदीहरुले स्थापना गरेका हुन । सन् १९५० मा तेल अभिभ र याफो (बाइबल अनुसार याफो बन्दरगाहबाट नै प्रचारक योना भागेर तार्तिश शहर जान पानी जहाजमा चढेको विश्वास गरिदो रहेछ) शहरलाई मिलाएर तेल अभिभको क्षेत्रफल विस्तृत गरिएको हो । राजनैतिक प्रशासन यरुशलेमबाट भएता पनि सम्पूर्ण औद्योगीक र आर्थिक कारोबार तेल अभिभ शहरबाट नै हुन्छ । तेल अभिभ शहरलाई कहिल्यै ननिदाउँने शहर पनि भनिन्छ र यो पर्यटन क्षेत्रमा विश्वको १४औं खर्चालु (महंगो) शहरको रुपमा चिनिन्छ ।
लोदः तेल अभिभबाट १५ किमी दक्षिण–पूर्वमा शारोनको, “म त शारोनको गुलाफ र बेंसीमा उम्रने लिली फूल हुँ” (श्रेष्ठगीत २:१) मैदानमा अवश्थित कूल जनसंख्या ६७,००० (सन् २००७) रहेकोछ । यो शहरलाई पुरानो करार बाइबलमा लोद (एज्रा २:३३) र नयाँ करारमा लुड्डा (प्रेरित ९:३५) भनिन्थ्यो । प्राचिन एक एक सानो शहर लुड्डा नै आजको लोद शहर हो ।
यरुशलेमः अंग्रेजीमा जेरुशलेम उच्चारण गरीने यहुदीहरुको धुकधुकी र राजधानी यरुशलेम र सबैभन्दा बढी जनघनत्व भएको प्रथम शहर हो । यसको जनसंख्या करिब ७,४७,६००, (दिसेम्बर २००७) रहेको देखिन्छ । अब्राहमको सन्तान सेम बंशले करिब ईशापूर्व २६०० मा सुत्रपात गरेको मानिएको यरुशलेम एक प्राचिन शहर हो । यर (इर) . शहर र शालोम . शान्ति तसर्थ यरुशलेमको अर्थ “शान्तिको शहर” हुन्छ ।
बात याम: यो शहर भूमध्यसागर किनारामा छ । बात यामको अर्थ बात . छोरी, याम . समुन्द्र तसर्थ बातयाम भनेको “समुन्द्रकी छोरी वा मत्स्यकन्या” हुन्छ । यसैले होला यसको मुटु भागका चौवाटोहरुमा माछाका मूर्तिहरु देख्न पाइन्छन् । रशियन अप्रवासी यहुदीहरु आएर सन् १९२६ मा स्थापना गरेको गाउँ नै आजको बात याम शहर हो । बात यामको अनुमानित जनसंख्या १,२९,१०० (सन् २००७) रहेको छ ।
खलोनः अंग्रेजी उच्चारण होलोन हुन्छ । तर यहुदीहरु खलोन भनी उच्चारण गर्दछन् । खलोनको अर्थ बालुवा हुन्छ (यहोशु २१:१५) खलोन (हलोन) शहर भनी उल्लेख गरिएको पाइन्छ । हाइफापछिको खलोन इस्राएलको दोस्रो ठूलो औद्योगिक शहर हो । अनुमानित जनसंख्या १,७०,९०० (सन् २००८) रहेको छ ।
रिशोन ले जायोनः यो सहरको अर्थ “शियोनबाट पहिलो” हुन्छ (बाइबल, यशैया ४१:२७ , “सियोनलाई हेर, तिनीहरु यहाँ छन् भन्ने सबैभन्दा पहिले म नै थिएँ । यरुशलेमलाई शुभ समाचार दिन एउटा समाचारवाहक पठाउने म नै थिएँ ।” पदबाट नामाकरण गरिएको यो इस्राएलको चौथो ठूलो शहर हो । जनसंख्या करिब २,२४,३०० (सन् २००७) छ । सन् १८८२ मा रशियन अप्रवासी यहुदीहरु आएर स्थापना गरीएको गाउँ नै आजको रिशोन शहर हो ।
रखोबोतः तेल अभिभबाट २० किमी दक्षिणमा रहेको छिमेकी शहर हो । रखोबोतको अर्थ “खुल्ला ठाउँ वा वाटोहरु” हुन्छ (उत्पत्ति २६:२२, “यसकारण तिनले त्यसको नाउँ यसो भनेर रहोबोत ( हिब्रु उच्चारण रखोबोत), अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ र हामी यस ठाउँमा फल्दो–फुल्दो हुनेछौं ।” हुन्छ । लगभग १,८,४०० (सन् २००८) जनसंख्या छ । सन् १८९० मा पोल्याण्ड, यमनी (तेइमान) यहुदीहरुले बसोबास गरेको गाउँ नै आजको रखोबोत शहर हो ।
अश्दोदः भूमध्यसागरको दक्षिणी किनारामा रहेको इस्राएलको पाचौं ठूलो सामुन्द्रीक बन्दरगाह शहर हो । जनसंख्या करिब २,०७,००० (सन् २००७) रहेको छ । आधुनिक अश्दोद सन् १९५६ मा बलुबाको पहाडमा स्थापना गरिएको हो । अश्दोद बाइबलमा १३ पटकसम्म वर्णन गरिएको पाइन्छ । अश्दोद शहर इशापूर्व १७औं शताब्दिमा कनानीहरुद्धारा निर्माण गरिएको शहर मानिन्छ । अश्दोद शहरलाई पेलिस्ताइन, इस्राएलीहरु, बजाञ्ताइन, क्रुसेडर र मुस्लिमहरुले शासन गर्न पुगेका थिए ।
अश्केलोन: यो इस्राइलको दक्षिण भूमध्यसागर किनारामा अवश्थित करिब १,१०,८०० जनसंख्या रहेको वर्तमान शहर हो । अश्केलोन एक प्राचीन कनानीहरुको समुन्द्रीक बन्दरगाह रहेको शहर मानिथ्यो ।
बेर्शेबाः यसको अर्थ “वाचाको इनार वा सात वटा कुवाहरु” भन्ने हुन्छ । यो दक्षिण इस्राएलको नेगेभ मरुभूमिको प्रमुख शहर र इस्राएलको सातौ ठूलो शहर हो । बेर्शेबालाई नेगेभको राजधानी मानिन्छ । जनसंख्या करिब १,८६,१०० (सन् २००७) रहेको छ । इस्राएलको स्थापनासँगै अरब मूल वा अफ्रिकी महादेश इथोपिया र सोभिएत संघका अप्रवासी यहुदीहरुको बाहुल्य बसोबास बेर्शेबामा रहेको छ ।
एइलातः दक्षिण नेगेभ मरुभूमिको एक व्यस्त समुन्द्रीक बन्दरगाह रहेको शहर नै इलात हो । जनसंख्या करिब ६५,००० मानिन्छ । यो शहरको स्थापना सन् १९५१ भएको हो । इलातको बारेमा प्रश्थानको पुस्तक बाइबलमा ९–१३ पटक विश्रामस्थलको रुपमा मिश्रदेखि प्रतिज्ञाको भूमि प्रश्थान गर्दा इस्राएलीहरुले प्रयोग गरिएको वर्णन पाइन्छ । इलात शहर मिश्र र जोर्डनलाई जोडने स्थलमार्गको रुपमा एक महत्वपूर्ण शहर मानिन्छ । सन् १९८५ बाट इलात सहर एक स्वतन्त्र व्यापार क्षेत्रको रुपमा रहेकोछ ।
मेतापेल ९ऋबचभनष्खभच०स् इस्राएलको इतिहास पल्टाएर हेर्ने हो भनेदेखि ईशापूर्व १००० वर्ष अघि इस्राएलको द्धितृया राजा डेविडलाई वृद्धावाश्थामा राजदरबारका कर्मचारीहरुले देशभरीका सबैभन्दा राम्री सुसारे खोजी गरेर रेखदेख गर्न राखेको अभिलेख पाइन्छ । १ राजा १:१–४, “जब दाउद (डेविड) राजा वृद्ध भएर तिनको उमेर ढल्किसकेको थियो, तिनलाई लुगा ओडाइ दिँदा पनि तिनी तातिदैनथे ।........तब तिनीहरुले सारा इस्राएल देशभरि खोज्दा एउटी सुन्दरी कुमारी शूनम्मी अबीशगलाई भेट्टाए र त्यसलाई राजाकहाँ ल्याए ।........त्यसले राजाको सेवा–टहल र हेरचाहा गर्न लागी....।” यसपछि आधिकारीक रुपमा मेतापेल (कियरगीभर) को अभिलेख भेटिदैन् । यहुदीहरु संयुक्त परिवारमा बस्न नरुचाउने हुनाले वृद्धहरु र अशक्तहरुको स्वास्थ र हेरचार गर्न सन् १९९० बाट राष्ट्रिय स्वास्थ बिमा, औषधी बिमा आदिको कानुन बनाई सरकारी वा नीजि अस्पतालहरुबाट इस्राएली नागरीकले स्वास्थ सेवा र उपचार राम्रो पाएका छन् ।
रोगी, अशक्त र अपाड०हरुको रेखदेखको लागि विश्वका देशहरुबाट मेतापेल (सुसारे) (महिला–पुरुष) झिकाउँने गरेको पाइन्छ । नेपालबाट सन् २२ मे २००२ वा त्योभन्दा अघि पनि हुन सक्छ । (नेपाली चौतारी वर्ष १, अंक ८ बाट, तेल अभिभबाट प्रकाशित) देखि कियरगिभरको रुपमा इस्राएलमा काम गर्न आएको देखिन्छ । यशियाली देशहरुबाट विशेष गरेर फिलिपिनी कियरगिभरको बजार राम्रो मानिन्छ । नेपालीहरु कडा पौरखी र विश्वास दिलाउँन सकेको कारण इस्राएल सरकारले नेपालीहरुलाई राम्रो श्रम बजारको रुपमा हेरेको पाइन्छ । तर इस्राएली एजेन्सी र नेपाली दलालहरुले नेपाली कियरगिभर महिलालाई रु ७ लाख र पुरुषलाई रु। ९ लाखसम्म लिने गरेको कारण साधारण नेपालीको लागि इस्राएल देश भविष्यमा सपनाको देश नै हुने जस्तो देखिन्छ भने दुई पल्ट नेपालको लागि कियरगिभरको भिसा इस्राएली सरकारले बन्द गरी सकेकोछ र वर्तमान समयसम्म पनि भिसा बन्द नै रहेकोछ ।

स्रोत सामाग्रीहरुः
The Holy Bible, Resistance, Israel Gutman, Boston New York, 1994, The Hope (a noble) Wouk Herman, canada, 1993, Facts About Israel-1970, Jerusalem post megazine-08, Nepal Chautari,Part-8 and http://www.google.com/