पाष्टर बिनोद गौतम : एक चिनारी

 परिचयः
पा.बिनोद गौतमले आफनो दुई छोराहरुका साथ चितवन, विरेन्द्रनगर–१, प्र॓मपुरीमा बसोबास गर्नुभएको छ । पूर्व विरेन्द्रनगर चितवन चर्च संगतिका अध्यक्ष उहाँले सन् १९८४ पा.शान्ते थापा मगर बाट पानीको बप्तिसमा लिनुभएको र पा.हनोक तामङ बाट एल्डर मा अभिषेक हुनुभएको हो ।


सेवाः
सिङ्गापुर, मलेशिया र भारत का बिभिन्न प्रान्त भ्रमण गर्नुभएका पा. गौतम ७ अक्टोबर, २००५ सालमा इस्राएलमा आयोजना भएको ALL NATION PRAYER CONVOCATION जेरुसलेम कार्यक्रममा भाग लिन आउनुभएको थियो । संसारीक पढाईमा कमि रहेता पनि परमेश्वरको बचन मा भने भरिपूर्ण हुनुहुन्छ । एउटै विचार र दर्शन भएका पा.जोनाथान सुनुवार संग भेट गरि सम्पूर्ण नेपाली विश्वासीहरुलाई सेवा संगती दिन हुनको निम्ति एउटा नेपाली मण्डलीको स्थापना गर्नमा सहायता दिनुभयो र सोहि अवसरमा पाष्टरमा घोषीत समेत हुनुभयो, तत् पश्चात उहाँले धेरै मानिसहरु समक्ष सु–समचार प्रचार गर्नुभयो, उत्साह दिनुभो, मण्डलीको सेवाकार्यहरुमा लगनशिलता साथ सक्रियता देखाउनुभयो । मण्डली बाट यर्दन नदिमा ओजना गरिएको बप्तिसमा कार्यक्रमहरुमा समेत बप्तिसमा दिइसक्नुभएको छ भने स्मारण रहोस करिब दुई सय अन्य जाती नेपालीहरु लाई समेटेर बेथलेहम भ्रमणमा लगि सु–समाचार प्रचार समेत गर्न सफल रहनुभयो ।

रुचि:
सामजिक कार्य गर्ने, जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्ने, सहयोगी भावना भएकोले मानिसहरुलाई सहायता गर्ने, गाँउ घरहरुमा बचन प्रचार गर्ने ।

अविशमररणीय क्षण:
जिन्दगीमा धेरै हण्डरको सामना गर्नुभएका पा.गौतम, ससुरा पा.शान्ते थापा मगरको लास दफन गर्ने समयमा अचानक उज्यालो ज्योति आएर उहाँको शिरमा हातले स्पर्श गरेको र आफूले केहि पनि देख्न नसकेको क्षणलाई प्रभुको दर्शन मान्नुहुन्छ ।

अन्तमाः
त्यो मानिस धन्यको हो, जो आपत् विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरुलाई दिने प्रतिज्ञा गर्नुभएको छ ।
याकूब १: १२ ।

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो