यर्देनित बप्तिसमल किनारामा नेपाली बप्तिसमा कार्यक्रम
१० अक्टुबर, शनिबार, संयुक्त नेपाली मण्डली तेल अभिभ, इस्राइलले आयोजना गरेको यर्देनित बप्तिसमा कार्यक्रममा विश्वासीहरु र अन्यजाजिहरु गरि करिब ७५ जना नेपालीहरुको सहभागीता थियो । बिहाँन ७ बजे प्रश्थान गरेको दुई वटा गाडीले यर्दन नदि किनारामा ९ बजे पुय्याएको थियो । गाडीबाट निस्कन साथ यर्दन बसपार्कमा संयुक्त रुपमा फोटोहरु खिचीएको थियो ।यर्देनीत बप्तिसमल किनारामा एल्डर श्रीमति मिना थेबेले कार्यक्रम सञ्चालन र लघु आराधना गर्नुभयो । पा.जोनाथन सुनुबारले दाजुभाइ—दिदीबहिनीहरुलाई बप्तिसमाको उत्साहीत वचन बाड्नुभएको थियो । त्यसपछि लगतै ९ जना दिदी—बहिनीहरु र ४ जना दाजु—भाइहरुलाई हामी त्रय पाष्टरहरु श्री जोनाथन सुनुवार, श्री दौलत थुलुङ र श्री वीनोद गौतमले पानीको बप्तिसमा दिएका थियौ । नयाँ र पुराना विश्वासीहरुको बीचमा बप्तिसमल किनारामा एल्डर मिना थेबेले प्रभु भोजको लिड गर्नु भयो र पा. वीनोद गौतमले प्रभुभोज दिनुभएको थियो ।बप्तिसमा कार्यक्रम सकेपछि मनोरञ्जन वा बाइबलीय घटना भएको स्थानहरुको भ्रमण गर्न गालिल तालको उत्तर—पश्चिमी किनारामा अवश्थित गेरासेनस गाउँमा पुगीयो । यो त्यही गाउँ हो जहाँ एक जना अशुद्ध आत्माले ग्रसीत मान्छेबाट भुतात्माहरु निस्केर सुंगुरहरुभित्र प्रवेश गर्दा दुई हजार सुगुरहरु भीरबाट लडेर मरेको वर्णन (मर्कुस ५:१—१३) बाइबलमा पाउँदछौं । गालिल तालको छातीमा ४५ मिनेटसम्म बोटिड्ड (डुङाको) शयर गर्दै आफूसँग लिएर आएको खानेकुरा खादै, पिउदै, नाच्दै र गाउँदै शारीरिक मनोरञ्जन गरियो । डुङा चालक एक यहुदीले जाल झिकेर गालिल तालमा आफ्नो जाल फ्याके तर जालमा माछा परेन् । येशुको वचनरहीत जाल हनाइमा के माछा परोस् । जाल हनाइबाट सबैलाई शैक्षिक र शारीरिक मनोरञ्जन प्रदान भयो । बोटिड्ड सकेर हामीहरु सबै जना कफर्नहुम गाउँ गयौ । जहाँ एक कप्तानले आफ्नो प्यारो कमारो बिरामी भएर मर्न लागेको निको पारी दिनुहोस् भनी येशु ख्रीष्टलाई सानुरोध गरेका थिए (लुका ७:१—१०)। यो गाउँ शिमोन पत्रुसकी सासू ज्वारोले थला पर्दा प्रभु येशु ख्रीष्टले निको पार्नु भएको गाउँ थियो । तर यो गाउँलाई वर्तमान भग्नावाशेष जिर्ण रुपमा देख्न पाइन्छ । यो गाउँलाई त्यस समयमा सन्त पत्रुसको घर वा येशु ख्रीष्टको आफ्नै सहर भएको मानिदो रहेछ । कर्फनहुमको यात्रा समापन गरेपछि, ३ बजे हाम्रो गाडी डाडाँकाँडा, उकाली—ओराली, एज्रेल उपत्यका, मेगिदो, भूमध्य सागर किनारै किनाराहुदै सुलुलु दगुरी रह्यो । साँझ ५:३५ बजे तेल अभिभ सहरमा हामीहरु सकुशल आउन सक्यौं । यो बप्तिसमा र भ्रमण कार्यक्रमको व्याश्थापन डिकन श्री सुन्दर नेपालले गर्नुभएको थियो । प्रभुको महिमा होस् ।आज बप्तिसमा लिनेहरुको नामहरु यस प्रकारका छन् : रबिन्द्र खत्री, दुर्गा लिम्बू, मिरा राई, निशा श्रेष्ठ, भगवती कंडेल, बिमला नेपाली, सावित्री गुरुङ, सबिन श्रेष्ठ, राजेन्द्र राना मगर, भिमाकला रिजाल, दावा शेर्पा, झरना गुरुङ र राम न्यौपाने (दृश्य यर्दन नदी) ११ अक्टुबर, आइतबार,आजको बिहाँन ७ बजे दोस्रो दिनको बप्तिसमा कार्यक्रमको लागि करिब ३० जना नेपाली विश्वासीहरु यर्देनीत किनारामा पुगेर बसबाट उत्रिएर सामूहिक फोटोहरु खिचेर यर्देनीत बप्तिसमल किनारामा गयौं । एल्डर श्रीमति यामूना घिमिरेले बप्तिसमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने बप्तिसमा लिने नेपाली दिदी—बहिनीहरुलाई उत्साहको मैले पाष्टरको नाताले मति २८:१८—१९ बाट दिएको थिए । चार जना पाष्टरहरु संयुक्त रुपमा मिलेर १० जना दिदी—बहिनीहरुलाई यर्दन नदीमा पानीको बप्तिसमा दिएका थियौ । बप्तिसमा सकिनासाथ एल्डर यामुना घिमिरेले कोरस र भजनहरु गाउँदै प्रभु भोज सेवा लिड गर्नुभएको थियो भने मिहला पाष्टर माया सुनुवारले प्रभुभोज दिनुभएको थियो । त्यसपछि १० जना नयाँ बप्तिसमा लिने दिदी—बहिनीहरुलाई बप्तिसमा प्रमाण—पत्र चार जना पाष्टरहरुले संयुक्त रुपमा वितरण गरेका थियौं । यसरी बप्तिसमा कार्यक्रम सकेर यर्दन नदीबाट १२:३० बजे माउण्ट अफ बिउटीच्युड जहाँ प्रभु येशू ख्रीष्टले डाडाँमाथिको उपदेशहरु दिनु भएको (मति ५ अध्यायमा पाउदछौं) पहाडमा गयौं । तर मूल प्रवेश ढोका बन्द भइ सकेको रहेछ र खुल्ने समय २:३० बजे हुनाले हाम्रो गाडी फर्किएर कर्फनहुमतिर लाग्यौं । कफर्नहुममा पहिलो र चौंथौं शताब्दीमा निर्माण भएका भग्नावशेष ढुङाका घरहरु देख्न पाइन्छन् । सन्त पत्रुत्रको भग्नावाशेष घरमाथि निर्माण भएको चौंथो शताब्दिको क्याथोलिक चर्च यहाँ देख्न पाइन्छ । सुसमाचारको पुस्तकमा येशु प्रभुले आफ्नो सेवाकाईको केन्द्र विन्दुको रुपमा यो सहरलाई प्रयोग गर्नुभएको थियो भने (मति ४:१२ १७) उहाँले पहिलो चेलाहरु पत्रुस र एन्ड्रोलाई यही सहरबाट चुन्नु भएको थियो । पाचौं शताब्दीको मानिने ओक्टागोलनल चर्च र विश्वकै प्राचीन यहुदी शभाघर यही कफर्नहुममा देख्न पाईन्छ । यो सहरलाई येशुको सहर पनि भनिदो रहेछ ।त्यसपछि हामीहरु गेनेसरेत गएर ढुड्डाबाट तिबेरिया सहर प्रस्थान गरियो । गालिल तालको वरिपरि धेरै मानव बसोबास गाउँहरु देख्न पाइन्छन् । तर तिबेरियसमा सबैभन्दा बढी मानव बसोबास भएको पाइन्छ र यहाँ आधुनिक सुविधा सम्पन्न होटेलहरु, यातायतहरु र सच्चारका साधनहरुले पूर्ण तिबेरियसलाई सिटीको नामले चिनिन्छ । गेनेसेरेतबाट ढुड्डामा चढेर तिबेरियसतिर प्रश्थान गय्यौं । मलाई डुड्डामा चढ्न बित्तिकै येशू प्रभु र उहाँका चेलाहरुले डुड्डा यात्रा गर्दै गालिल ताल वरिपरिका गाउँहरुमा गर्नुभएको सेवाकाईहरुको झलझली यादहरु आइ रह्यो ।२ बज्न लागी सकेको थियौ । मेरो पेटमा भोकले मुसा कुद्दै थियो । शायद अन्य मित्रहरु पनि भोकले रन्थनिनु भएको थियो होला । डुड्डा यात्रामा नै दिउसोको भोजन मज्जाले भोको पेटभरी खाइयो । नाचियो, गाइयो, हँस्सी मजाक गरियो । भिडियो र फोटोहरु खिचेका छौं । गालिल तालको तिबेरियस सहर छेउमा पुगेर हाम्रो यात्रा समापन भयो । फेरि भेट्ने मनसाय लिएर मनमनै बिदाको द्धय हातहरु हल्लाउदै हामीहरु बसबाट तेल अभिभ जान हतारियैं । पा.जोनाथन सुनुवार तिबेरियसबाट हाइफातिर अर्को बसबाट नयाँ काम गर्न जानुभयो । हाम्रो बस उकाली—ओराली कालो अलकत्रे चिल्लो आधुनिक रोडमा गुडी रह्यो....गुडी । साँझ ६ बजे तेल अभिभ सहर आइ पुगेका थियौं । तेल अभिभ सहर जसलाई कहिले नसुत्ने मान्छेहरुको सहर पनि भनिन्छ । हामीहरु आ—आफ्नो इम्प्लाएरको घरमा काममा फर्कन “जय मसिही” का द्धय हातहरु जोड्दै मान्छेहरुको भीडमा विलिन हुन पुग्दछौं । तर म मेरो अपार्टमा पुगेर विलिन भइ सकेका पलह रुलाई मेरो स्मृतिको घेराबाट बाहिर निकाल्दै कम्प्युटर खोतल्न थाल्दछु यसरी.............। हिजो र आज गरेर २३ नयाँ नेपाली आत्माहरुले पानीको बप्तिसमा यर्दन नदीमा लिन सकेका छन् । यसैमा हामी संयुक्त नेपाली मण्डलीका अगुवाहरु अति खुशी छौं । उहाँकै निरन्तर महिमा भएको होस् । आमेन् ।
आजको बप्तिसमा कार्यक्रमको सम्पूर्ण व्यवश्थापक डिकन श्री सुन्दर नेपाल, डिकन श्री कुमार सुनुवारले गर्नुभएको थियो ।आज बप्तिसमा लिनेहरुको नामहरुः गौरी राना, लक्ष्मि काफ्ले, सर्मीला गौतम, माया गुरुङ, जगनशोभा गुरुङ, शान्ति गुरुङ, चन्द्रमाया सुनुवार, बिमला सुनुवार, जमूना गुरुङ, तारा पुन । आमेन् । आमेन् ।।
आजको बप्तिसमा कार्यक्रमको सम्पूर्ण व्यवश्थापक डिकन श्री सुन्दर नेपाल, डिकन श्री कुमार सुनुवारले गर्नुभएको थियो ।आज बप्तिसमा लिनेहरुको नामहरुः गौरी राना, लक्ष्मि काफ्ले, सर्मीला गौतम, माया गुरुङ, जगनशोभा गुरुङ, शान्ति गुरुङ, चन्द्रमाया सुनुवार, बिमला सुनुवार, जमूना गुरुङ, तारा पुन । आमेन् । आमेन् ।।