संयुक्त नेपाली मण्डली तेल अभिभ, इस्रायलको प्रेस विज्ञप्तीप

संयुक्त नेपाली मण्डली
तेल अभिभ, इस्रायल
प्रेस विज्ञप्ती

प.सं:०१७/२०१०

मितिः २०।०२।२०१०

विषयः जानकारी गराईएको बारेमा ।

उपरोक्त सम्बन्धमा संयुक्त नेपाली मण्डलीमा पाष्टरीय सेवामा आवद्घ भई विगत तिन वर्ष देखि सेवकाई गरि रहनुभएका पाष्टर दौलत थुलुङ (साकार), मिति ३० जेनवारी २०१० वाट यस मण्डलीमा उहाँको कुनै पनि संम्बन्ध नरहेको जानकारी गराउनुको साथै उहाँले गर्नुभएको कुनै पनि कार्यमा मण्डलीको समर्थन र जिम्मेवारी नभएको वारे अवगत गराउँदछौं ।
मिति १७ जेनवारी २०१० मा संयुक्त नेपाली मण्डलीको अगुवा भेलामा पारित गरिएको बुँदा नं। ५ मण्डलीको हितमा नभएको कारण मण्डलीले आपतकालीन अगुवा भेला जारी गरि मिति २४ जेनवारीमा मा बसेको बैठकले पुर्नवलोकन गरि उपस्थित आँठ जना र अनुपस्थित चार जना अगुवाहरुको फोन सम्पर्क द्वारा छलफल गरि, सो बुँदा लाई बदर गरिएको थियो ।

पारित बुदा नं. ५ मा उल्लेख भएका कुराहरुःमिति १७ जेनवारीमा अगुवा मिटङ्गमा पाष्टर दौलत थुलुङले प्रस्ताब राखे अनुसार उनको पिता डि.आर थुलुङ लाई इस्रायल ल्यानको निम्ति आउने जाने दुई तर्फी हवाई टिकट, भिषा शुल्क, यहाँ हुनुभएको समयमा सम्पूर्ण आर्थिक खर्चहरु सवै को निम्ति मण्डलीको नाममा दुईटा भ्रमण गर्न दिइने, भ्रमणको सम्पूर्ण व्यवस्थापन, आर्थिक कारोबारहरु एकल रुपमा गर्न दिनुपर्ने र सो भ्रमण वाट संकल भएको रकम डि.आर थुलुङलाई इस्रायल आउँनका लागि प्रयोग गरिने ।

किन प्रस्ताव अस्विकार भयो त ?
१४ नोभेम्बर २००९ मा मात्र मण्डलीबाट पाष्टर दौलत थुलुङले आर्थिक सहयोग प्रस्ताबमा छोरी सर्वदा थुलुङ्गको मुटुको उपचार मा सम्पूर्ण दबाई पानी खर्चमा धेरै ठूलो रकम २,५०,०००।– (दुई लाख पचाँस हजार) नेपाली रुपैया लिई सक्नुभएको थियो । पाष्टर दौलत थुलुङको पहलमा मिति १५ फ्रेबुवारी २००९ मा वाडी पिडितको नाममा सुनसरी ईशाइ समाजलाई ६००।– यु.एस डलर, (अढचालिस हजार नेपाली रुपैया) सहयोग गरिएको थियो । हालमा आएर पाष्टर दौलत थुलुङको एकल अठोट र विचारमा डिप्लोमा लेभल लिडरसिप र सर्टिफिकेट लेभल लिडरसिपको वाईबल तालिम राख्ने र शुल्क रकमहरु लिने ठूलो सोच बनाएर सुरु गर्न लाग्नु भएको थियो ।
यसरीनै विभिन्न समयमा विभिन्न कारणहरु देखाई विषेश आर्थिक रुपैया पैसाको श्रेत्रमा पाष्टर दौलत थुलुङले मण्डलीमा सदै सहयोगको आपेक्ष र माग गर्नुभएको प्रष्टै देखिन्छ ।

मिति २४ जेनवारी २०१० मा आपतकालीन अगुवा भेलामा पाष्टर दौलत थुलुङलाई मिलापमा आउनको निम्ति खवर गरेको र अगुवा भेलाको समयमा फोन गर्दा पनि बारमबार मोबाइल बन्द गर्नुभए पछि एघार जना अगुवाको निर्णयमा डि।आर थुलुङको आऊ जाऊ दुई तर्फी हवाई टिकट र सम्मान खर्च समेत मण्डलीले व्यहोर्ने भनि सहमतमा आउनको लागि सात दिनको म्याद राखी पत्र काट्दा पनि कुनै जवाफ नदिई समय गुजारेको र आफ्नो पाष्टरीय पदको पनि मान मर्यादा नराखी आफ्ना परिधीवाट वाहिरि मण्डलीमा बाधा र समस्या खडा हुने किसिमको वहस मात्र गर्ने, कुनै ठोस निर्णय नदिने, एउटा अगुवामा हुनुपर्ने अनुशासन नदेखिएको र मण्डलीको विरुद्घमा जानु भएको कारण मिति ३१–१–२०१० देखि यस संयुक्त नेपाली मण्डली को सेवा कार्य वाट बर्खस्त गरिएको जानकारी गराउँदछौं ।
मण्डली कमिटि परिवार
संयुक्त नेपाली मण्डली,
तेल अभिभ, इस्रायल

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो