क्षमा तथा मिलाप सेवा

५-८ मे २००८ मा नेपाल धर्मशास्त्रीय शिक्षा संघ र युनाइटेड मिशन टु नेपालको संयोजक्त्वमा क्षमा तथा मिलाप सेवाको दोस्रो राष्टिय गोष्टि गोदावारी रिसोर्टमा सम्पन्न भयो । गोष्टिमा नेपालका विभिन्न क्षेत्रहरुबाट पास्टर अगुवा र विभिन्न संघ संस्थाका पदाधिकारी र कार्यकर्ताहरु गरी ३८ जनाको सहभागिता रहेको थियो। क्याम्बेल र जानेट क्याम्बेल मार्कस डेविट मकंकीले क्षमा तथा मिलाप सेवामा विभिन्न विषयहरुमा उदाहरण सहित प्रभावकारी र गर्न सकिने तवरले सिकाउनु भएको थियो ।
डा रमेश खत्रीले नेपालमा राजाहरुको शासन र राजनैतिक अवस्थाको बारेमा केही प्रकाश पारेर क्षमा दिनुपर्छ भन्ने कुरामा प्रकाश पार्नुभएको थियो।
हुट्टु र टुट्सीहरुबीचमा भएको मेलमिलाप घटनाहरुले आफूलाई नै परिवर्तन बनाएको कुरा पनि बताउनुभएको थियो । बिगतका दिनहरुमा नेपालमा माओवादी र सरकारबीच भएको द्वन्दले धेरै टुहुरा टुहुरी विधवा काख रित्तिएकाहरु अनाथ भएको भिडियो हेर्दा सबैको मन रोएको थियो । यस्तो अबस्थामा पनि हामीले क्षमा दिनुपर्छ भन्ने कुरा यो गोष्टिमा भएका विषयहरुले सिकाएको थियो । सरकार र माओवादी प्रति भएको तितोपनामा क्षमा दिने काम पनि भएको थियो । सेनाको तर्फबाट इन्द्रबहादुर बस्नेतले क्षमा माग्नुभएको थियो । यो कार्य साच्चिकै व्यवहारिक थियो । शोषक पक्ष र पिडित पक्षबीच एक आपसमा क्षमा लिने दिने काम पनि उक्त गोष्टिमा भएको थियो।

नेपालमा भएका विभिन्न अपराध शोषन अन्याय जातित्वको थिचोमिचो महिलाहरुमाथि भएको शोषण माओबादी र सरकारले गरेको पाप पिता पूर्खाहरुले गरेको गल्ती पाप आदि विषयमा प्रार्थनाका साथै सम्पूर्ण सहभागिहरुले पालै पालो पश्चाताप गर्ने काम भएको थियो। हामीले जीवनमा कहिल्यै बिस्रन नसक्ने दुःख पिडा र तितोपनालाई कागजमा लेखेर कागजलाई क्रुसमा काँटी ठोकेर ती कुराहरुबाट पश्चाताप गर्ने काम पनि भएको थियो। साथै ती सबै कागजमा लेखिएका कुराहरुलाई आगोमा नष्ट गर्ने काम गरिएको थियो। यो गोष्टिलाई सफल बनाउन व्यवस्थापनमा विशेष भूमिका दिव्य खनाल र बाल कुमारी गुरुङको पनि निकै सकि्रयता रहेको थियो। आत्मिक रोग रिस तितोपना र घातकबाट निको बनाउने काम क्षमा तथा मिलाप सेवाले गराएको अनुभव भएको थियो। देशको निम्ति धाँदोमा उभिने व्यक्ति आज हामी नै हुनुपर्छ भन्ने कुराको महशुस पनि भयो ।

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो