संयुक्त नेपाली मण्डली, इस्रायलको चौथो वार्षिक उत्सव सम्पन्न
तेलअभिभ इस्रायल,संयुक्त नेपाली मण्डली, तेलअभिभ इस्रायलको चौथो वार्षिक उत्सव गत मे २२ र २३ तारिक गरि दुई दिन मण्डली भवनमा परमेश्वरको आशिष र अनुग्रहमा विषेश कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो । कोयर झुण्डले भजन गाएर सुरु गरिएको थियो । आरम्भको प्रार्थना एल्डर.यमुना घिमिरेले गर्नुभएको थियो भने वार्षिक उत्सवमा उपस्थित सवैलाई डिकन मेरी देवानले स्वागत मन्तव्य राखी स्वागत गर्नुभएको थियो र मण्डलीका आदरणिय गुरुबा पाष्टर वीनोद गौतमलाई आसन ग्रहणको लागि निमन्त्रीत गरिएको थियो । विन्दु राईले स्वागत कविता प्रस्तुत गर्नु भएको थियो । कोयर झुण्डको अगुवाईमा स्तुती प्रसंसा गरिएको थियो । एल्डर यमुना घिमिरेले जीवन गवाही दिनुभएको थियो । डिकन पिन्ङाई लामा र रेनुका बस्नेतले मण्डली प्रति समर्पित कविता वाचन गर्नुभएको थियो । विजय राई, विन्दु राई, मिका राई, आसकुमारी गुरुङ, नजु घले र सुन्दर नेपाल लगायतका कोयरहरुले मधुर स्वारमा भजन गीत गाँउदा उपस्थित सवैलाई मनमुग्ध पारेको थियो । तत्पश्चात डिकन सुन्दर नेपालले गएको वर्षमा मण्डलीवाट आयोजना गरेको सम्पूर्ण कार्यहरुको छोटकरीमा विवरणहरु पेश गर्नुभएको थियो । एकल गीत कहाँ सम्म जाने यात्री हो, गाँउनु भएको थियो,
कार्य व्यस्तताले गर्दा अनुपस्थित रहनु भएका कोषअध्यक्ष डिकन कुमार सुनुवारले पठाँउनु भएको आर्थिक आय व्याय प्रतिवेदन डिकन मेरी देवानले पढेर सुनाँउनु भयो । पाष्टर वीनोद गौतमले दिनु भएको अतिनै महत्वपूर्ण बचनको सन्देश यो रहेको थियो कि, स्वर्गको राज्य ख्याल ठटको
अन्तमा रोगी विरामी, आशिष र समापनको निम्ति प्रार्थना पाष्टर वीनोद गौतमले गर्नुभएको थियो । उपस्थित सवै प्रेम भोजमा सामेल भएका थिए,समग्रमा भन्नु पर्दा वार्षिक उत्सब २०१० एकदमै आशिषित रहन पुग्यो ।
......... क्रमश २३ तारिक को न्यूज़