यर्दनमा बप्तिसमा कार्यक्रम सम्पन्न
१९ सेप्टेम्बर २०१० मा संयुक्त नेपाली मण्डली तेल अभिभ इस्राएलले आयोजना गरेको बप्तिसमाको कार्यक्रममा ४८ जना सहभागि थिए । बिहान ७ बजे तेल अभिभ बाट बस चढी यात्रा सुरक्षाको लागि प्रार्थना पा.माया सुनुवारले गर्नुभएको थियो । दुई घण्टाको लामो यात्रा पछि यर्देनित बप्स्मिल किनारामा पुगियो । डिकन कुमार सुनुवारले व्यावस्थापन काउन्टरबाट बप्तिसमा लिनेहरुको लागि सेतो बस्त्र लिइ वितरण गर्न सहयोग गर्नु भयो । एल्डर श्रीमति मिना थेबेले कार्यक्रम आराधना सञ्चालन गर्नुभएको थियो भने पा.बिनोद गौतमले बप्तिसमाको बारेमा उपस्थित दाजुभाई तथा दिदी बहिनीहरुलाई उत्साहको बचन दिनुभएको थियो । त्यसपछि ८ जना नयाँ आत्माहरुलाई पा. विनोद गौतम र पा. माया सुनुवारले पानीको बप्तिसमा दिनुभयो । त्यसपछी यर्देनित किनारमा डि.सरिता लामाले प्रभु भोजको अगुवाई गर्नुभयो र पा.माया सुनुवारले मत्ती २६:२९ वाट विश्वासीहरु बीचमा प्रभुभोजको गरिमा बताउनु भयो । रोटी र दाख रस बाँडनमा डि.सरिता लामा र डि.नन्दा लिम्बुले सहयोग गर्नु भएको थियो ।
कार्यक्रम समाप्ती पछि बप्तिसमा लिनेहरुलाई बप्तिसमाको प्रमाण पत्र दुई जना पाष्टरहरुले वितरण गर्नु भएको थियो । बप्तिसमा लिनेहरुको नामवालीहरु यस प्रकार छः राजकुमार श्रेष्ठ (डेविड), एलिना प्रधान, रुथ तामाङ्ग, अन्जु थापा (एस्तर), सरु गुरुङ्, गोमा क्षेत्री (रेविका), सुनिता राना, निर्माला राई हुनुहुन्थ्यो भने बाँकी ५ जना दिदी बहिनीहरु यहुदी नयाँ बर्ष र छाप्रोबासको चाँड परेकोले बिदा नपाएकोले बप्तिसमा कार्यक्रममा सहभागि हुन सक्नुभएको थिएन र उहाँहरु लाई हामीहरुले निरन्त। प्रार्थना गरिरहेका छौं । मण्डलीका अगुवा एल्डर यमुना घिमिरे, डि. सर्मिष्ठा थापा, डि. मेरि देवान, डि. पिन्ङ्गाई लामा र डि.सुन्दर नेपाल आफनो कार्यव्यस्ताको कारणले कार्यक्रममा उपस्थित हुन सक्नु भएको थिएन कार्यक्रमको समयमा सबैले प्रार्थानामा सहयोग गर्नुभएको थियो । यसैगरि बिहानको १०:३० बजे यर्दनको सुन्दर बगौचामा दिउसोको भोजन खाएरे बस चढी गालील ताल तिबेरीयामा डुङ्गा चढी नाँचगान रमाइलो गर्दै फोटो खिच्नुमा व्यस्त देखिन्थे सबैजना ४० मिनेटको डुङ्गा यात्रा पछि बस चढेर नासरथ शहर पग्यौं,जहाँ प्रभु येशु ख्रीष्टको हुर्किनु भएको ठाँउमा Church of Annuncition, भित्र पसी सवैले अवलोकन गरेका थिए । त्यसपछि बस चढि तेल अभिभ प्रस्थान गरियो अन्तमा धन्यवाद, सुरक्षा, आशिषको प्रार्थना पा. विनोद गौतमले गर्नुभएको थियो । यो कार्यक्रमको प्रवन्धक डि. कुमार सुनुवारले र यातायातको व्यवस्था डि.सुन्दर नेपालले गर्नुभएको थियो भने भोजन तयारीमा अन्जु थापाले गर्नुभएको थियो भने सहयोगिहरुमा मिना थेवे,तिमोथी न्यौपाने, सावित्री सुनुवार, आईता तामाङ्, सरिता लामा, शान्ति गुरुङ्ग, नन्दा लिम्बु, रबि लामा,रेनुका बस्नेत हुनुहुन्थ्यो भने भिडियोग्राफी यर्देनित व्यवस्थापनले गर्नुभएको थियो भने फोटोग्राफी रबि लामाले गर्नुभएको थियो ।
ती दिनमा मेरा सेवकहरु पुरुष र स्त्रीहरु दुवै माथि म आफना आत्मा खन्याउनेछु । (योएल २:२९) । हो म आफना दास दासीहरु माथि ती दिनमा मेरा आत्मा खन्याइदिनेछु । (प्रेरित २:१८) । समुन्द्र पानीले ढाकिएझै पृथ्वि परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ । (हबकुक २:१४) । यसरीनै परमेश्वरको बचन र प्रभु येशु ख्रीष्टको प्रेमको सन्देशले पृथ्वी ढाक्ने काम आज हामी सवैको हो । परमेश्वरले सवैलाई आशिष दिनुभएको होस । सेवा र प्रेममा सदा उहाँको महिमा भइरहोस । पिता,पुत्र र पवित्र आत्माको अगुवाइमा भएको सेवाको । श्रेयका हकदार एक मात्र परमेश्वर हुनुहुन्छ । अन्तमा देश विदेश वाट निरन्तर प्रार्थानामा सहयोग गरिदिनु हुने सम्पूर्ण परमेश्वरका जनहरु प्रति संयुक्त नेपाली मण्डली परिवार कृतज्ञता प्रकट गर्दछ ।
News Report: Ps. Maya Sunwar