डिकन सरिता लामा द्वारा लिखित पुस्तक विमोचन

गत जुन १३ तारिख आशिष सदन नख्खु,ललितपुरमा सरिता लामा द्वारा लिखित पुस्तक साथसाथ को विमोचन तथा प्रार्थना सभा एक विशेष कार्यक्रम बीच सम्पन्न भयो । यसै मण्डलीको डिकन रहनुभएकी सरिता लामा, कामको सिलसिलामा इस्राएलमा रहनुभएकै अवस्थामा पनि विभिन्न व्यक्तिका जीवन गवाहीहरु सङ्कलन गरी लेखिएको पुस्तक विमोचन कार्यक्रम हाम्रो आशिष पत्रिकाका सम्पादक भुवन देवकोटाले सञ्चालन गर्नुभएको थियो भने ख्रीष्ट गौरब मण्डलीका पा.लोक थापाले सुरुको प्रार्थना गर्नु भएको थियो । त्यसै गरि पुस्तक विमोचनको बारेमा नेपाल ख्रीष्टियन समाजका महासचिब पा.लोकमणि ढकालले गर्नु प्रकाश पार्नुभयो भने साहित्यकार लोकनाथ मनेनले बाइबल को खण्ड पढेर पुस्तकलाई सर्वाजनिक रुपमा बिमोचन गर्नु भएको थियो । बिमोचन भएको पुस्तक साथसाथ को लागि चेला संगतिका पा.अब्दियल मुखियाले प्रार्थना गर्नु भएको थियो भने लेखक कमल अधिकारीले पुस्तकको समिक्षा गर्नुभएको थियो । पुस्तकको पाण्डुलिपिलाई टाईप सेटिङ,सम्पादन तथा प्रकाशनको जिम्मेवारी वहन गर्नुहुने कबिर लामाले प्रकाशन गर्दाको अनुभव बताउनुभएको थियो । सोहि कार्यक्रमा माइका नेटवर्कको संयोजक थिर के.सी ले ख्रीष्टियान कला र साहित्यको क्षेत्रमा नेटवर्क हुनुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा ललितुर बप्तिस मण्डलीका पा.राजेन्द्र मल्लले आशिषको प्रार्थना गर्नुभएपछि सहभागिहरु प्रेमभोजमा सामेल भएका थिए ।

परमेश्वरले उहाँको जीवनमा आशिष दिनुभएको होस् ।

Popular posts from this blog

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो

Nepal’s Ongoing Challenges – Nepal Updates