मेरो परिवर्तन र परमेश्वरको योजना

Raj Kumar Shrestha (David)
Present - Israel
मेलै थुप्रै कथाहरु सुनेको थिए, जुन बेला म अति सानै थिए । जहिले कथाकारले भन्ने गर्दथ्यो, एका देशमा एक जना राजा थिए, यस्ता थिए, उस्ता थिए, अनि कथाको थालनि र अन्त्य चाहि नाम बिनाको राजा र नाम बिनाको देशमा गएर टुङ्गिन्थ्यो । त्यो कथा सुनिरहेको बेलामा म सोच्थे त्यो राजा कस्तो होला? कहाँ बस्छ होला? कति धनि हाृला? कति राम्रो होला? यी कुराहरुमा मेरा जुझारु कौतुहलताले मलाई निकै काउकुती लगाउदथ्यो । कहिले काही त हैरानै हुन्थे । जाहाबाट भए पनि फेद र टुप्पा जोडेर कथाको रुख र रुप बनाई कथा सुनाउने कला उसमा कम थिएन । आखीर मेरो बाल्य अवस्ता माथि उसले (कथाकारले) खुव मनोरञ्जन पो गरिरहेको रहेछ ।

तर, आजकल म धेरै परिवर्तन भएको छु । उमेरले पनि तरुनो भईसकेको छु । क, ख मात्र भए पनि चिनेको छु । तेसैले म हिजाको जीवन भन्दा फरक भइसकेको छु । राँगो र बोकाको बलि चढाउन पण्डित्याई गरेर हिड्ने मान्छे आजकल बाइबलको नारा दिएर हिड्न थालेको छु । तेसैले अब म हिजोको दन्त्य कथा सुनाउने त्यो कथाकारलाई भेटेर एका देशको राजाको नाम र देशको नाम सोध्ने निधोमा पुगेको छु । अनि मात्र उसले मेरो जीवनको परिवर्तन र योजना थाहा पाउनेछ ।

यहाँ मेरो व्यक्तिगत कुराहरुलाई समावेश गरेर पाठकहरुलाई अल्मल्याउनु भन्दा एक ख्रीष्टियन भएको नाताले हामीले इश्वरीय शान्ती प्राप्त गर्नका निम्ति आफ्नो जीवनलाई कतिको परिवर्तन गरि रहेका छौं ? र परमेश्वरको योजनामा पुग्न र परमेश्वर पिता संगको सम्बन्धलाई स्थापीत गर्न आफ्नो जीवनलाई कति परिर्वतन गरेयौं? बाइबल पढेर बाइवलिय पण्डितको विल्ला लगाउन खोज्नु मात्र ख्रीष्टयानीटी होइन । अगुवा भएर सडकको चौकमा मण्डलीको विस्कुन थाप्नु मात्र जीवनको परिवर्तन र परमेश्वरको योजना होइन ।

जीवन परिवर्तन र परमेश्वरको योजना भनेको त आदमको पाप र त्यसको मूल्यलाई बुझन सक्नु हो । आदमले गरेको पापको मूल्य चुकाउन प्रभू येशु ख्रीष्टले आफ्नो स्वर्गीय घराना त्यागेर यस संसारमा आई सिङ्गो शरिरलाई बलिको बोका हुन दिनु भयो । अब त तपाईले बुझनु पर्दछ “यस संसारमा भएका सवै थोक अर्थात शरिरको अभिलाषा, आँखाको अभिलाषा जविनको सेखी यस संसारवाट स्थापीत भएका हुन” युहन्ना २ः१६ यदि तपाई जीवनमा परिवर्तन भई देखाउन चहानुहुन्छ भने शरिरले होइन आत्माले परिवर्तन गरेर देखाउनु पर्दछ । बोलिले होइन व्यवारले गवाहि दिन पर्दछ । यदि तपाई साच्चीनै आफ्नो जीवनमा परिवर्तन चहानुहुन्छ भने र परेमेश्वरको योजनामा पुग्न चहानुहुन्छ भने सर्वशक्तिमान प्रभू येशु ख्रीष्टले तपाईको ह्दियलाई परिवर्तन गरिदिनुहुन्छ र उहाँले तपाईलाई यसरी बोलाउन चाहानुहुन्छ । “आउ म तिमीहरुमा नयाँ आत्मा हाली दिनेछु । तिमीहरुको शरीर देखि ढुङ्गा जस्तो ह्दिय निकालेर त्यसको सट्टामा मासुको कोमल ह्दिय दिनेछु”। इजकियल ३६:२६ त्यसो भए तपाइले पनि ढुङ्गाको ह्दियलाई फालेर मासुको कोमल ह्दिय पाउन प्रभु येशु ख्रीष्टको जस्तो त्यागलाई सम्मान गर्न सिक्नु पर्दछ । किनकि लोभले चोरी निम्त्याउछ, अशान्तिको जीवनलाई गुहार्दछ र घमण्डलाई निम्त्याउछ । यसका लागि सर्व प्रथम प्रार्थना गर्नुहोस । अब दन्त्य कथाहरु सुनेर बरालीने होइन । अनि छलि र लालसाका तपाईका ती हिजोका धारिलो तलवारहरुलाई आजै भाँची दिनुहोस । र त्यसलाई आगोको भुग्राँमा खरानी हुन दिनुहोस । अवस्य पनि तपाईको त्याग,तपस्या र प्रार्थानाले स्वर्गमा हुनुहुने परमेश्वर पिताले तपाइलाई स्वर्गीय घरानाको अंशियार बनाउन सक्नु हुनेछ । Comment @: raja33900@yahoo.com

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो