संयुक्त नेपाली मण्डली तेल अभिभ, इस्रायल को विज्ञप्ती
मिति:- ४।०२।२०११
विज्ञप्ती
“अपराधको निम्ति तुरुन्तै दण्ड नहुँदा मानिसका मनमा दुष्कर्म गर्ने इच्छा आउँदछ । तापनि, दुष्टले परमेश्वरको डर नमान्ने हुनाले, त्यसलाई असल हुनेछैन, र त्यसको आयु छाया भन्दा लामो हुनेछैन ।” (उपदेशक ८:११ र १३)
विद्युतीय संचारमाध्यममा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै सरिता नेपाल नामक छदम नामबाट विगत केहि समय देखि इस्रायलमा रहेको नेपाली ईशाइ समुदायलाई बदनाम गर्ने दुष्प्रयासको घोर निन्दा गर्दै यो विज्ञाप्ती निकालिएको छ ।
संसारमा सवै जनालाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार हुन्छ । सन् २००६ देखि इस्रायलमा रहेका हामी नेपाली ईशाइहरु संगठित हुन शुरु भई आजको दिनसम्म आपसी सहयोग, सदभाव र सहकार्यबाट निरन्तर आफ्नो धर्म प्रति आस्था राख्दै तथा अरुको धर्मलाई पनि सम्मान गर्दै आइरहेका छौं । यस बिचमा चर्च संचालनार्थ गर्नुपर्ने सम्पूर्ण निर्णयहरु, निश्चित विधान अनुसार कमिटि मार्फत गर्दै आईरहेकाछौं ।
धार्मिक सहिष्णुताको उदाहरण बनेको इस्रायलको नेपाली समुदायमा धार्मिक सहिष्णुतामा खलल पु¥याउने गरि, छदमरुपमा उपस्थित भई, नेपाली ईशाइ समुदायका व्यक्ति तथा संस्थाको मानहानि र प्रतिष्ठामा आँच आउने गरि गत ३१ जेनवरी २०११ मा, कपोकल्पीत, भ्रामक तथा इष्र्याले भरिपूर्ण भई, आपराधिक मनस्थितिमा लेख तयार पारी,यस संयुक्त नेपाली चर्च तथा यसका सदस्यहरु लगायत अन्य ईशाइ समुदायको समेत बेइज्जत हुने गरि फेसबुकमा प्रकाशित लेखप्रति हाम्रो गम्भीर ध्यानकार्षण भएको छ ।
विगत केहि दिन देखि चर्च परिवार अनाहकको बदनामीको पीडाले मर्माहत छ । चर्चका सदस्यहरु विचको आपासी सल्लाह र छलफल पछि यो विज्ञप्ती निकाल्ने निर्णयमा पुगेका छौं । चर्च संग आवाद्घ भएका अथवा नभएका सम्पूर्ण नेपाली ईशाइ धर्मावलम्बीहरु प्रति, यस्तो घृणित कार्यको विरुद्घमा एकजुट हुन समेत अनुरोध गर्दछौं । भविष्यमा यसरी प्रकाशित हुनसक्ने लेखहरु प्रति सचेत रहन र संयुक्त नेपाली चर्चका सम्बन्धमा कुनै पनि सुचना वा जानकारी आवश्यक परे सोझै चर्चमा सम्पर्क गर्नहुन पनि र्हाlर्दक अनुरोध छ ।
संयुक्त नेपाली चर्च परिवार
तेल अभिभ, इस्रायल
UNITED NEPALI CHURCH
53 Hagdud Haievri Street
Tel aviv, Israel
e-mail: unitednepalichurchisrael@yahoo.com
web: www.uncti.blogspot.com
Fax: 972-36874667See more