संयुक्त नेपाली मण्डली इस्राएलको आयोजना बप्तिस्मा कार्यक्रम सम्पन्न

१६अप्रील २०११ मा संयुक्त नेपाली मण्डली इस्राएलले आयोजना गरेको बप्तिस्माको कार्यक्रममा ७० जना नेपालीहरु सहभागी थिए। तेलअभिभ बाट २ घण्टाको यात्रा पछि यर्दान पुगेपछि मण्डलिका डिकन पिङगाइ लामाले सुरुको प्रार्थान अगुवाइ कार्यक्रमा सन्चालन गर्नु भएको थियो भने पा, माया सुनुवारले बप्तिस्माको बारेमा दिदिबहिनीहरुलाई उत्सहाको वाचन दिनुभएको थियो युहन्न३:५, १ पत्रुस३:२१, बाट। भने पा,बिनोद गौतमले बप्तिस्माको लागि पार्थना गर्नु भए पछि १० जना नयाँ आत्माले पिता, पुत्र, पवित्र आत्माको नाउमा पानिको बप्तिस्मा लिएका थिए। बप्तिस्मा लिनेहरुको नमवली यसप्रकर छ। गंगा भट्टराइ,निमा भुटिया, शान्ति श्रेष्ठ, बिन्जु राई, कासीमाया गुरुङ, नन्दा कुमारी सुनुवार, किरण पाठक, जुनु गिरी, समिता लिम्बु, सरिता मगर हुनुहुन्थियो। त्यस पछि प्रभु भोजको आगुवाइ डिकन पिङगाइ लामाले गर्नु भएको थियो भने पा, बिनोद गौतमले प्रभु भोज दिनु भएको थियो दाख रस र रोटी बाड्नमा डिकन सुन्दर नेपालले सहयोग गर्नु भएको थियो। यसैगरी बप्तिस्मा लिनेहरुलाई बप्तिसमको प्रमाण पत्र दुबै पास्टरले बितरण गर्नु भएको थियो। र अन्तिममा आशिषको प्रार्थान पा.बिनोद गौतमले गर्नु भई कार्यक्रम बिसर्जन गरिएको थियो। कोयर झुन्डले धेरै राम्रो भजन कोरस गाउदै प्रभुको उपस्थितीको महसुस गरिएको थियो, सङगितमा सुबर्ण राइ, बसन्ती परियार, मङगला लिम्बु, सुकमान तमाङ, अन्जना गजुरेल र सबै दिदिबहिनी दाजुभाईले साथ दिनुभएको थियो। यहुदीहरुको छाप्रो बसको चाड परेको करण र कार्य बेस्तातको करणले मण्डलिका अगुवा डी.मेरि देवान, डी.समिस्ट थापा, ए.मिना थेबे, ए.यमुना घिमिरे, डी.सरिता लामा, डी.कुमार सुनुवार, डी.नन्दा लिम्बु उपस्थिती हुन सक्नुभएको थिएन। यस कार्यक्रमको प्रबन्धक डी.सुन्दर नेपालले गर्नु भएको थियो भने सहयोगीहरु निलम आले, सबित्री सुनुवार, तिमोथी न्यौपाने, शन्ती गुरुङ, अन्जना गजुरेल, मंगला लिम्बुले गर्नु भएको थियो। परमेश्वरले सबै लाई अशिष दिनुभएको होस्। हाम्रो सेवा र प्रेम बाट सदा प्रभुको महीमा भैरहोस्। पिता, पुत्र, पवित्र आत्माको अगुवाइमा भएको सेवाको श्र्यका हक्दार एक मात्र परमेश्वर हुनुहुन्छ। आन्तमा देश बिदेशबाट हाम्रो सेवाकाइ नीम्ति निरन्तर् प्रार्थानमा सहयोग गरिदिनुहुने परमेश्वरको जनाहरु प्रति संयुक्त नेपाली मण्डली परिवार क्रितज्ञता प्रकट गर्दछौ। संयुक्त नेपाली मन्डली इस्राएल।

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो