रिले प्रार्थना तथा रिले अनसन अन्त्य
मृत्यु संस्कारको लागि समाधिस्थल माग गर्दै २०६७ चैत्र ९ देखि रत्नरपार्कस्थित शान्ति वाटिकामा ख्रीष्टिनयन समुदायले शुरु गरेको रिले प्रार्थना तथा रिले अनसन बैशाख १८ गते नेपाल सरकार र ख्रीष्टिसयन समुदायबिच भएको सहमतिको आधारमा अनसन ४० औ दिनमा अन्त्य भएको छ।
नेपाल सरकारका प्रवक्ता एवं शिक्षा,संघिय मामिला,संविधान सभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्री गंगालाल तुलाधरको संयोजकत्वमा भएको तेस्रो चरणको वार्तामा संस्कृति मन्त्रालयको सचिवद्वय प्रमोद कार्की र मोदराज डोटेल,मध्यस्थ प्रतिनिधि सभासदहरू विनोद पहाडी,पुरनसिंह दयाल र लक्ष्मी परिवार तथा ख्रीष्टिमयन समुदायका तर्फबाट रेभ.ईशुजंग कार्की, सी.बी.गहतराज, पा.तेजमान तामाङ, डा.सरिता थापा,शोभा स्थापित र सीता बर्देवा लगायत सहभागी हुनुहुन्थ्यो। वार्तामा स्थायी समाधिस्थलको लागि नयाँ संविधानमा ख्रीष्टिरयन सुझाव समितिले विगतमा पेश गरेको सम्भावित स्थलहरू बारेमा पनि छलफल भएको थियो।
दुई पक्षवविच भएको भएको सहमति अनुसार शव समाधिको लागि सरकारले तत्काल अस्थायी रुपमा समाधिस्थलको व्यवस्था मिलाउनेछ। स्थायी समाधिस्थलको हकमा राष्ट्रिशय,अन्तराष्ट्रिय अभ्यासको आधारमा तथ गर्ने सहमति भएको छ। त्यसको लागि सुझाव पेश गर्न विभिन्न राजनीतिक दलका प्रतिनिधि, गृह, वन, भूमिसुधार र संस्कृति मन्त्रालयका सह सचिव स्तरीय प्रतिनिधि र ख्रीष्टिमयन समुदायका ३ जना प्रतिनिधिसहितको एक सर्वपक्षीय समिति ३ दिनभित्र गठन गर्ने सहमति भएको छ।
(नयाँ संविधानमा ख्रीष्टिषय सुझाव समितिका अध्यक्ष डा. सुन्दर थापाद्बारा जारी गरिएको परिपत्रमा आधारित समाचार)