इसाई वा ख्रीष्टियान शब्दमा बहस्

Written by रेभ. डा. बाल कृष्ण शर्मा

भर्खरै हाम्रो आशिष् पत्रिकामा प्रकाशित समाचार, पर्वान्चलमा बहस, इर्साई कि खीष्टियान भन्ने विषयमा भएको कुराकानी अति महत्वपूर्ण विषय हो । यी शब्दहरुको बहस सन् १९९० को दशकमा पनि भएको थियो । बाइबलमा कुन शब्द चयन गर्ने भन्ने विषयमा पनि प्रशस्तै बहस भई ख्रीष्टियान शब्दलाई रोजिएको कुरा यहाँ अबगत गराउन सान्दर्भिक हुन्छजस्तो लाग्छ।

यी दुइ शब्दहरुको प्रयोग कसैको जिब्रोको सजिलोको लागि नभएर अर्थका महत्वमा ध्यान दिइनु पर्छ । इसाई शब्द इसा वा येशू शब्दबाट आएको हो । सामान्य बुझाइमा इसाई भनेका येशूलाई पछयाउनेहरु हुन् । ख्रीष्टियान शब्द ख्रीष्ट वा महिसबाट आएको हो । पुरानो करार समयमा र येशूको समयमा येशू नाम सामान्य नाम नै थियो । येशू बाहेका अरु ब्यक्तिहरुलाई पनि येशू भनिन्थ्यो । तर ख्रीष्ट वा मसिह नाम भएका ब्यक्तिहरु भने थिएनन् । पुरानो करारमा प्रयोग भएका यहवे, यहोशु, वा होशे नामहरु येशू नामसँग सम्बन्धित छन् । महिस वा ख्रीष्टको अर्थ अभिषिक्तजन भन्ने हुन्छ र यी अभिषिक्तजनलाई पछयाउनेहरु नै ख्रीष्टियानहरु हुन्।

नयाँ कारारमा येशूलाई पछयाउनेहरुलाई ख्रीष्टियान भनिएको कुरा प्रेरित ११:२६ मा स्पष्टसँग उल्लेख छ । चेलाहरु पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए । नेपाली बाइबलमा ख्रीष्टियान शब्दलाई यी नै कारणहरुले गर्दा एकरुपता दिइएको हो । यसैले मेरो अनुरोधचाहिँ जेजस्तै निर्णय भएको भए पनि ख्रीष्ट शब्दको महत्व र मूल ग्रीक भाषामा पनि येशूलाई पछयाउनेहरुलाई ख्रीष्टियान शब्द नै प्रयोग गरिएको हुनाले यस शब्दको प्रयोगको विपक्षमा नजानु नै बुद्धिमानी हुन्छ भन्ने मेरो सुझाव छ । हामीले इतिहास बनाइराखेका छौँ र हाम्रो निर्ण्यको असर दीर्घकालीन हुने हुनाले यसमा विचार गरिनु आवश्यक छ । धन्यवाद। (Source: nepalchurch.com)

Popular posts from this blog

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो

Nepal’s Ongoing Challenges – Nepal Updates