मण्डली भवन सरिएको वारे जानकारी

मितिः २६ अगष्ट, २०११


उहाँले तिनीहरुलाई भन्नुभयो,“मेरो घर प्रार्थनाको घर कहलाइनेछ,”। मति २१:१३
जानकारी

प्रभुका प्रियजनहरुमा जयमशीह,
संयुक्त नेपाली मण्डली विस्तार र व्यवस्थित गर्ने क्रममा एउटा सानो झुण्डको संगती तेल अभिभ लेभेन्स्की चिल्ड्रेन पार्क वाट सुरु भई एउटा अपार्टमेण्टको सानो कोठा अनि फेरि अर्को अपार्टमेण्टकै अलिक ठूलो कोठा हुदै अहिलेको अवस्थामा संयुक्त नेपाली मण्डलीको स्वच्छ आराधना मात्र गर्नको निम्ति ठूलो भवन विगत धेरै लामो समय पछि तपाईहरुको प्रार्थना सहित सम्पूर्ण मण्डली कमिटिहरुको पहलमा मण्डली रहनका लागि उपयुक्त भवन पाएका छौ ।

अपार्ट र संगती भवन एकै ठाँउमा हुदाँ खेरी लामो समय देखि मण्डली सेवकाईमा धेरै वाधा र समस्या भएको प्रत्यक्ष देखिएकोले गत जुलाईमा बसेको विषेश कमिटि मिटिङ्गले आराधनाको निम्ति छुटै मण्डली भवन हुनुपर्छ भन्ने कुरा सर्वसहमत पारित गरिएको थियो । सोहि अनुसार संयुक्त नेपाली मण्डलीको आराधना संगति सेप्टेम्बर ३ तारिक देखि निम्न स्थानमा हुने सवैमा जानकारी गराउँदछौं ।

संयुक्त नेपाली मण्डली
हर्शियोन ३, दोश्रो तल्ला
तेल अभिभ, इस्रायल

विस्तृत जानकारीका लागिः–
पा.विनोद गौतम   054-6487409   पा.माया सुनुवार 054 6872766 
डि.कुमार सुनुवार 054-3063467 डि.सुन्दर नेपाल 054-5706873



डि.सुन्दर नेपाल
संयुक्त नेपाली मण्डली

Popular posts from this blog

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो

Nepal’s Ongoing Challenges – Nepal Updates