ख्रीष्टमस शान्ति र्‍याली

पोखरेली ख्रीष्टीयसमुदायको आयोजनामा पौष २ गते शनिवारका दिन शान्ति र्‍याली सम्पन्न भएको छ। शान्ति र्‍यालीमा पोखराका करिव ४५ वटा चर्चहरु सहभागी भएका थिए। शान्ति र्‍याली पोखराको टुडिखेल, बागलुङ बसपार्क, पृथ्वीचोक र गण्डकी अस्पतालबाट गरी ४ स्थानबाट प्रस्थान गरी चिप्लेढुंगाको मानवअधिकार चोकमा आई कोणसभामा परिणत भएको थियो।

कोणसभाको अध्यक्षता समुदायका अध्यक्ष पाष्टर के.पी त्रिपाठीले गर्नुभएको थियो भने समुदायका सल्लाहकार तथा सान्त्वना मण्डली पाष्टर डेभिड तामाङले ख्रीष्टीय विधि अनुरुप प्रार्थना गरी कोणसभालाई परमेश्वरमा र्समर्पण गर्नुभएको थियो। ख्रीष्टमसको बारेमा समुदायका सल्लाहाकार पा. शामुएल संग्राम र्राईले बोल्नु भएको थियो भने नयाँगाउँ मण्डलीका पाष्टर ग्रिष्म केशव पराजुलीले शुभकामनाको साथमा ख्रीष्टमसको शन्देश दिनुभएको थियो। नेपाल ख्रीष्टीयरामघाट चर्च, रामघाट र मारानाथा चर्च कस्केरीले नृत्य समेत प्रस्तुत गरेका थिए। उक्त कोणसभाको संचालन पोखरेली ख्रीष्टीय युवा संगतिका अध्यक्ष प्रकाश भुजेलले गर्नुभएको थियो।

पोखरेली ख्रीष्टीय युवा संगतिका अध्यक्ष प्रकाश भुजेलले आगामी २०६८ पौष ९ गते शनिवारका दिन अमरसिंह स्कुलको खुल्ला चौरमा भ्वाईस नेपालको आयोजना र पोखरेली ख्रीष्टीय समुदायको सहभागितामा ख्रीष्टमस सांगितिक कार्यक्रम हुन गईरहेको र उक्र कार्यक्रममा सम्माननिय उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिको रुपमा आउनुहुने र चर्चित गायक राजेश राई गायिका चन्दा देवान र स्थानिय कालाकारहरुको वेजोड प्रस्तुती रहने भएको समेत जानकारी गराउनुहुदैं सहभागी तथा दर्शक सवैलाई निमन्त्रणाका साथ जानकारी गराउनु भएको थियो।

कोणसभाको अन्तमा सभाअध्यक्ष पाष्टर के.पी त्रिपाठीले सहभागी मण्डली तथा सम्पुर्ण सहयागीहरुलाई धन्यवाद ज्ञापन गर्नुहुदै कोणसभाको समापन भएको घोषणा गर्नुभएको थियो ।

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो