बिशेषा संगती तथा बप्तिसमा कार्यक्रम रिपाेर्ट (Sept-11, 12, 2015)
तेल अभिभ, इस्राएल–
प्रभुभाेजकाे क्रममा..
बप्तिसमा पश्चात परमेश्वरलाइ धन्यवाद चढाउँदै ।

गत सेप्टेम्बर ११ तारिक पाष्टर राजु लामा द्वारा संयुक्त नेपाली मण्डली इजरायलमा आशिषमय बचन प्रचार गर्नुभएको थियाे । सम्पूर्ण विश्वासी दाजु भाइ, दिदी वहिनीहरु उक्त सेवामा उपस्थित भई भरपुर आत्मिकी लाभ उठाँउन् सफल भएका थिए।
साथै भोलि पल्ट सेप्टेम्बर १२ तारिक सनिबारका दिन हामी सवै मण्डली मिली मण्डलीको आयोजनामा मन्डलीकी पाष्टर माया सुनुवार सहित नेपाल वाट इस्रायल भ्रमणकाे क्रममा पाल्नु भएका पाष्टर, अगुवा तथा विश्वासीहरू सवै पवित्र बप्तिसमा कार्यक्रममा सहभागि हुन कसर अल यहुदकाे यर्दन नदि प्रशस्थान गरेका थियाैं । यस यात्रामा करिब १४० जनाकाे २ बसकाे सहभागिता थियाे । ९ जनाले पिता, पुत्र, पवित्र अात्माकाे नाउमा पानीकाे बप्तिसमा लिएका थिए । नयाँ जीवन पाउनेहरूकाे निम्ति परमेश्वरमा हामी निरन्तर प्रार्थाना गराैं ।
(युहन्ना १ः२६–२८) म त पानी बप्तिसमा दिन्छु, तर तिमीहरुका माझमा एक जना खडा हुनुहुन्छ, जसलाई तिमीहरु चिन्दैनौं । म पछि आउनुहुने उहाँनै हुनुहुन्छ । उहाँको जुत्ताको फिता खोल्ने योग्य म छैनँ । यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ युहुन्नाले बप्तिसमा दिइरहेका थिए । ख्रीष्टीयन परम्पराको अनुसार, येशुले (मत्ती ३ः१३–१७) बप्तिसमा बास्तबमा Qasr el Yahud भन्ने ठाँउको यर्दन नदिमा लिनुभएको भन्ने कथित छ ।याे जेरिकोको पुर्वी भागमा पर्दछ । शताव्दीऔं सम्म Qasr el Yahud तीर्थयात्रीहरुका लागि सबै भन्दा महत्वपूर्ण बप्तिस्मल साइट थियो, र केहि चर्चहरु र भ्रमण गर्नेहरुको लागि गेष्ट हाउँस समेत निर्माण गरिएको थियो । 6 days war सन् १९६७ मा भएको ६ दिने युद्धको असरले इस्राएल र जोर्डन राज्य बीच सीमा स्थित एक सीमावर्ति क्षेत्र बनेपछि यसलाई निषेधीत क्षेत्र घोषीत गरिएको थियो । फलस्वरुप, इजरायली पर्यटन मन्त्रालय वाट प्रतिस्थापन साईटको रुपमा सन् १९८१ मा यर्दनीत बप्तिसमल साइट स्थापना गरेका थिए । जोर्डन संग शान्ति सन्धी भए पश्चात सन् २०११ वाट यता Qasr el Yahud फेरि पर्यटकको लागि साईट खुल्ला गरिएको छ, र यस नदीमा नियमित बप्तिसमा दिदै आइरहेको छ, र यो बाइबलमा उल्लेखेति त्यहि ठाँउ हो जहा युहन्नाले येुशु ख्रीष्टलाई बप्तिसमा दिएका थिए । र हामीले पनि यस पालीको बप्तिस्मा यहि ठाँउ जेरिको नजिकैको Qasr el Yahud काे यर्दन नदिमा बप्तिसमा कार्यक्रम राखेका थियाैं । बिप्तसमा र प्रभु भाेज पश्चात हामी सवै येशु ख्रिष्टलाई परिक्षा लिएकाे अग्लाे पवर्त (मत्ती ४ः८) Mount of Temptation काे उकाली तर्फ केबल कारमा सर्रर लागेउ र त्यहा भएका चर्चहरूमा प्रवेश गरि प्रार्थाना साथै अवलाेकन गरियाे ।
देश विदेश वाट यस पवित्र कार्यकाे सफल र अाशिषमय हुनकाे निम्ति प्रार्थानामा याद गरिदिनु हुने सम्पूर्णमा मण्डली परिवार धन्यवाद दिन चहान्छाैं । हाम्राे सेवाकाइ वाट सधै परमेश्वरकाे महिमा भएकाे हाेस् ।
तस्बिरः प्रवेश क्षेत्री
तस्बिरः प्रवेश क्षेत्री
![]() |
बप्तिसमाकाे प्रमाण–पत्र ग्रहण गरे पश्चात खुशी मुद्रामा अगुवाहरूकाे साथमा विश्वासीहरू । |
![]() |
एल्डर. सुकमान तामाङ विषेश सेवा संञ्चालन गर्दै, साथमा नेपाल वाट पाल्नुभएका पाष्टर, अगुवा तथा विश्वासीहरू |
बप्तिसमा पश्चात परमेश्वरलाइ धन्यवाद चढाउँदै ।
