संयुक्त नेपाली मण्डली, तेल अभिभ इस्रायलकाे १० अाैं वार्षिक उत्सब कार्यक्रम अाशिषय रूपमा सम्पन्न

तेलअभिभ, इस्रायल –
गत मे १४ तारिकका  दिन संयुक्त नेपाली मण्डली, तेल अभिभ इस्रायलले १० अाैं वार्षिक उत्सब कार्यक्रम अाशिषमय रूपमा मनायाैं । इस्रायलमा मण्डली स्थापना भएकाे एक दशक पुरा गरेकाे सु–अवसरमा  विषेशरूपले परमेश्वरलाइ धन्यवाद दिँदैं, उचाँल्दै, परमेश्वरकाे महिमा गर्दै एउटै मनकाे भएर इस्रायलमा रहेका सबै नेपाली भाषी विश्वासीहरू एक साथ भेला भएर मनाएका थियाैं ।

१० अाैं वार्षिक उत्सब कार्यक्रम सञ्चालनमा मण्डलीका अादरणिय डिकन. सुन्दर नेपाल हुनुहुन्थ्याे, मण्डलीका अादरणिय एल्डर सुकमान तामाङ ज्यूले गर्नुभएकाे सुरूकाे प्रार्थाना वाट सुरूभएकाे थियाे । डिकन तथा काेयर लिडर जाेसेफ लामा लगायतका काेयर झुण्डका सदस्यहरू बसन्ती परियार, बिनु गुरूङ, मेरी भर्मा, एलिना प्रधान, डाेरकास राइ, बुनु बि.क, भारती राइ, मिरा राइ, मिना शेर्पा, रजनी राइ, राेशनी थापा, प्रतिक्क्षा राइ, बेन्जीना राइ, कान्छी तामाङ, उमा शेर्पा, जयराम घले र रामचन्द्र तामाङ, काे समुहले बडाे जाेशिलाे र फुर्तिलाे भएर मिठाे स्वारमा अान्नदले भजन गीतहरू गाउँदैं स्तुती प्रसंसा चडाएका थिए । मण्डली सदस्य सिता लामा र इन्दिरा श्रेष्ठले स्थानीय मण्डलीकी पाष्टर माया सुनुवारलाइ व्याज लगाइदिए पश्चात अाफ्नाे स्थान अासनग्रहण गर्नुभएकाे थियाे, त्यसै गरि तिबेरिया वाट पाल्नुभएका पाष्टर, शेमशाेन, इलातवाट पाल्नुभएकाे पाष्टर राज, तेलअभिभका पाष्टर साेलाेमन, ग्लाेबल मिशन चर्च, जेरूशेलेमकी पाष्टर संगीता श्रेष्ठ ले पाष्टरकाे व्याजहरू ग्रहण गरे पश्चात सबै अा–अाफ्नाे स्थानमा अासन ग्रहण गरे लगतै स्गागत मन्तव्य मण्डलीकी विश्वासी सदस्य शान्ति श्रेष्ठले  वार्षिक उत्सब कार्यक्रममा पाल्नु भएका सबै पाष्टरहरू, मण्डली सदस्यहरू तथा अन्य अतिथिहरूलाइ अाफ्नाे मन्तव्य दिदै हार्दिक स्वगत गर्नुभएकाे थियाे । बचनकाे  निम्ति प्रार्थाना अादरणिय एल्डर मिना थेबे ज्यूले
गर्नुभएकाे  थियाे भने मण्डलीकाे १० अाैं वार्षिक उत्सब कार्यक्रमकाे बचन स्थानीय मण्डलीकी पाष्टर माया सुनुवारले परमेश्वरकाे वचन वाट हामीलाइ हामी परमेश्वरकाे राज्य विस्तार गर्ने क्रममा एकता साथ अगि बड्नु पर्ने, फसलहरू प्रशस्त भएका र कटनी गर्ने खेतलाहरू चै कमि रहेका र हामीहरू प्रत्येक विश्वासीले कटनी गर्ने काममा पछि हट्नु हुन्न भन्ने जस्ता उत्साहकाे बचन बाड्नु भयाे।  "म तिमीलाइ भन्दछु कि, तिमी पत्रुस हाैं, म मेराे मण्डली यस चटान माथि स्थािपित गर्नेछु, र नरकका ढाेकाहरू त्यस माथि विजयी हुनेछैनन् ।"  मति १६ः१८ अनुसार उहाँले मण्डलीकाे संस्थापकचै प्रभु येशु मात्रै हुनुहुन्छ र हामीचै उहाँका चेलाहरूमात्र हाैं र हामीहरूले उहाँकाे अाज्ञा पालना गर्नु पर्ने जस्ता सार्है् नै उत्साहजनक बचन बाड्नु भएकाे थियाे । बचन पश्चात् हामी सबै प्रभूकाे मेश टेबलमा सहभागि भएका थियाैं, अादरणिय पाष्टर माया सुनुवारले प्रभु भाेज दिनुभएकाे थियाे ।


 
वार्षिक उत्सब मनाउने क्रममा इन्दिरा सिंह र बेन्जीना राइ काे हेरन् हेर सृष्टिकाे सुन्दरता गीती धुनमा अतिनै मनछुने नृत्य प्रस्तुत गरेर परमेश्वरकाे महिमा गरेका थिए । मण्डलीकाे १० अाै वर्ष सम्मकाे सेवकाइ गतिविधिहरू र मण्डली स्थापनाकाे संक्षिप्त इतिहास हरू वारे पाष्टर माया सुनुवारज्यूले प्रकाश पार्नु भएकाे थियाे । मेरी भर्माले मिठाे स्वरमा "अन्धकार भित्र अज्ञान्ताहरूमा" भन्ने एकल गित गाउनु भएकाे थियाे । काेषाध्यक्षा अादरणिय डिकन मेरी देवानले काेषकाे अाय व्याय प्रस्तुत गर्नुभएकाे  थियाे । अन्शिका श्रेष्ठ, एलिना राइ, सजिता, अाशिका श्रेष्ठ, प्रभेश क्षेत्री, जाेन राज हरूले अतिनै मिठाे स्वारमा हिन्दी ग्रुप गीत "रहाे मे काटे अगर हाे" सामुहिक रूपमा गाएर परमेश्वरकाे महिमा गर्नुभएकाे थियाे । मण्डली सदस्य सावित्री सुनुवारले मण्डलीलाइ शुभकामना शिर्षकमा किवता वाचन गर्नुभयाे । त्यसैगरि यसै मण्डलीकाे २००७ मा पहिलाे वप्तिसमा ग्रुपमा सहभागि भएर वप्तिसमा लिने मण्डली सदस्य जानुका बस्नेतले चुनाैतिपूर्ण अाशिषमय जीवन गवाहि वाड्नु भयाे । ज्ञानु मगर, एलिना तामाङ र माइति शेर्पा  काे समुहले पनि सामुहिक गित गाएका थिए । वार्षिक उत्सबलाइ अझ् बडि, इन्दिरा सिंह, प्रतिक्क्षा राइ, बुनु  वि.क, मिरा राइ, विनु गुरूङ, निमा शेर्पा काे हिन्दि गित नाचुङ्गा गाउन्ङामा गरेकाे नृत्यले थप रमाइलाे बनाएकाे थियाे । त्यसै गरि एलिना प्रधान, बसन्ती परियार, विनु गुरूङ, डाेरकास राइ ले सामुहिक रूपमा  हिन्दि गित अप्नाे काे इस दुनियामा सब प्यार कर्ते हे गाउनुभएकाे थियाे ।



   



पाष्टर. माया सुनुवारलाइ मण्डलीकाे स्थपना समय देखि हाल सम्म उहाँले मण्डली सेवकाइकाे क्षेत्र तर्फ पुर्याउनु भएकाे विशेष याेगदानकाे कदर गर्दै उहाँलाइ सानाे उपहार साथै धन्यवादकाे पत्र मण्डलीकी एल्डर तथा संस्थापक सदस्य मिना थेबेज्यूले प्रदान गर्नुभएकाे थियाे र उहाँले मण्डली परिवारले देखाएकाे प्रेम प्रति धन्यवादि हुनुभयाे । याे धन्यवादकाे पत्र र उपहारले उहाँ धेरै खुसी हुनुभएकाे र उहाँलाइ अझ बडि हाैसाला मिलेकाे बताउनु भयाे र सम्पूर्ण अगुवाजनहरू र मण्डली सदस्यहरू प्रति अाभार प्रकट गर्नुभयाे । सम्पूर्ण पाल्नुभएका अतिथि पाष्टरहरूले अतिथि मन्तव्यकाे क्रममा मण्डली तथा विश्वासीहरूलाइ हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्नुभयाे । मण्डलीलाइ धेरै प्रेम गर्नु हुने पाष्टर जब काेदालीले जर्मनी वाट भिडियाे मेसेज वाट मण्डलीलाइ शुभकामना दिनु भएकाे थियाे, भने यसै मण्डलीका पूर्व पाष्टर विनाेद गाैतम ज्यूले पनि १० अाैं वार्षिक उत्सबकाे उपलक्ष्यमा शुभकामना सन्देश पठाउनु भएकाे थियाे । ताइवनका मिशिनरी सिस. सेरी तावले पनि मण्डली वृिदि हुदै जाअाेस र यस अवसरमा संयुक्त नेपाली मण्डली लाइ धेरै धेरै शुभकामना भनि सन्देश पठाउनु भएकाे थियाे ।

कार्यक्रमा सफल अनि अाशिषमय रूपमा समापन भएकाेमा सबै सहयाेगिहरूलाइ विषेश धन्यवाद दिनुभएकाे थियाे । अन्तिममा खानाकाे प्रार्थाना मण्डली सदस्य एलिशिभा भण्डारीले गर्नुभएकाे  थियाे । पाष्टर माया सुनुवारले वार्षिक उत्सबकाे उपलक्ष्यमा केक काट्नु भयाे र अाशिषकाे प्रार्थाना वाट संयुक्त नेपाली मण्डलीकाे १० अाैं वार्षिक उत्सब समाराेह अन्त्य भएकाे  थियाे र सबै जना एक अर्कामा जयमशिह भन्दै खुशी साटा साट गर्दै मिठाे प्रेम भाेजमा सामेल भएका थिए । हाम्रा यि सबै कार्य वाट परमेश्वर उचालिनु भएकाे छ, उहाँकाे महिमा भएकाे छ ।

फेरि अन्तयमा एक पटक संयुक्त नेपाली मण्डली तथा विश्वासीहरू लाइ हार्दिक बधाइ तथा शुभकामना ।। जयमशिह ....

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो