Posts

हीऊ खर्मोंन टूर

Image

क्रिसमस उत्सव–०९

Image
२५ दिसेम्बर ०९ मा शुक्रबार साँझ ५ देखि ८ बजेसम्म कम एण्ड सि चर्चमा गरिएको क्रिसमास उत्सवमा प्रमुख अतिथि नेपाली राजदूत वैजनाथ थपलिया र उहाँको पत्नि र छोरा र राजदूतका स्टाफ परिवार उपस्थित हुनुभएको थियो । कविताहरु, भजनहरु, नृत्यहरु र नाटकले क्रिसमास उत्सवलाई रौंनक थपेको थियो । पा. वीनोद गौतमले क्रिसमासको आशिषमय वचन दिनुभएको थियो । तीन जना मण्डलीका अगुवाहरुलाई उहाँहरुले मण्डलीमा पु¥याउनुभएको सेवाकार्य स्वरुप सम्मान–पत्र पा. जोनाथन सुनुवार, महिला पा. माया सुनुवार र एल्डर मिना थेबेलाई प्रदान गरिएको थियो । समयाभावको कारण राजदूत वैजनाथ थपलिया र पा. जोनाथन सुनुवारले क्रिसमास शुभेच्छा कामना व्यक्त गर्नुभएको थियो । अन्त्यमा उपस्थित करिव ३०० नेपाली दाजुभाई दिदी बहिनिहरुलाई खुल्ला चिल्ड्रेक पार्कमा प्रेम भोजमा सामेल भएका थिए । समग्रमा भन्नु पर्दा क्रिसमास उत्सव–०९ एकदम अषिशित बन्न पुग्यो ।

क्रिसमस भिडियो ०९

बेतलेहेम भम्रण - 09

Image
१४ नोभेम्बर, तेल अभिभबाट संयुक्त नेपाली चर्चबाट आयोजना गरेको बेतलेहेम भम्रणमा चार वटा गाडीले करिब दुई सय सहभागीहरुलाई लिएर बिहाँन ७ बजे तेल अभिभ, यरुशेलम हुँदै बेतलेहेम ९ बजे पुग्यौं । बेतलेहेम बसपार्कमा केही समय गाडी यात्रा पार्किङको कारण समस्या भयो । तर पेलिस्ताइन सुरक्षा गार्डहरुले ५ मिनेटभित्र नेटिभिटी चर्चमा पुग्न सकिने जानकारी दिदै रोडमा गाईड गरेकोले सजिलै नेटिभिटी चर्चको आँगनमा पुगियो । सबै जना भम्रण सहभागीहरु भेला भएर नेटिभिटी चर्चको आँगनमा मैंले बाइबलबाट लघु वचन मति २:१ र लुका २:८—१० पदहरुबाट प्रवचन दिए । सम्पूर्ण भम्रण समुहलाई एकता र सहयोगको भावना दिऊन भनी प्रार्थना पाष्टर वीनोद गौतमले गर्नुभयो । पाष्टर माया सुनुवारले पाष्टर दौलत थुलुङकी छोरी सर्वदा थुलुङको मुटुको अपरेशन सफल होस् भनी प्रार्थना गर्नुभयो । शालिन ढोका अगाडि सामुहिक फोटो खिचियो । जुन यादगार स्वरुप धेरैले किनेर लानु भएको छ ।नेटिभिटी चर्चमा भित्र प्रवेश गर्नसाथ विभिन्न देशका तिर्थालुहरुको घिइचो भीड हाम्रो अघि धेरै नै थिए । हामी नेपालीहरुको प्रवेशले गर्दा शान्तमय यो नेटिभेटी चर्चको भित्री वातावरण नै केही कोलाहलमय पै...

यर्देनित बप्तिसमल किनारामा नेपाली बप्तिसमा कार्यक्रम

Image
१० अक्टुबर, शनिबार, संयुक्त नेपाली मण्डली तेल अभिभ, इस्राइलले आयोजना गरेको यर्देनित बप्तिसमा कार्यक्रममा विश्वासीहरु र अन्यजाजिहरु गरि करिब ७५ जना नेपालीहरुको सहभागीता थियो । बिहाँन ७ बजे प्रश्थान गरेको दुई वटा गाडीले यर्दन नदि किनारामा ९ बजे पुय्याएको थियो । गाडीबाट निस्कन साथ यर्दन बसपार्कमा संयुक्त रुपमा फोटोहरु खिचीएको थियो ।यर्देनीत बप्तिसमल किनारामा एल्डर श्रीमति मिना थेबेले कार्यक्रम सञ्चालन र लघु आराधना गर्नुभयो । पा.जोनाथन सुनुबारले दाजुभाइ—दिदीबहिनीहरुलाई बप्तिसमाको उत्साहीत वचन बाड्नुभएको थियो । त्यसपछि लगतै ९ जना दिदी—बहिनीहरु र ४ जना दाजु—भाइहरुलाई हामी त्रय पाष्टरहरु श्री जोनाथन सुनुवार, श्री दौलत थुलुङ र श्री वीनोद गौतमले पानीको बप्तिसमा दिएका थियौ । नयाँ र पुराना विश्वासीहरुको बीचमा बप्तिसमल किनारामा एल्डर मिना थेबेले प्रभु भोजको लिड गर्नु भयो र पा. वीनोद गौतमले प्रभुभोज दिनुभएको थियो ।बप्तिसमा कार्यक्रम सकेपछि मनोरञ्जन वा बाइबलीय घटना भएको स्थानहरुको भ्रमण गर्न गालिल तालको उत्तर—पश्चिमी किनारामा अवश्थित गेरासेनस गाउँमा पुगीयो । यो त्यही गाउँ हो जहाँ एक जना अशुद्ध आत्म...

चर्च भत्किँदा २३ को मृत्यु, अधिकांश महिला

Image
विक्रम लुइटेल/मोरङ, (कृष्ण भट्टराई/सुनसरी) धरानमा चर्च भत्कँदा चार जना बालबालिकासहित २३ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन। धरान- १९ भिक्टोरिया चोकमा रहेको सियोन चर्चमा आयोजित अन्तर्राष्ट्रिय पवित्र सम्मेलनका लागि बनाइएको बाँसको दुईतले अस्थायी टहरा मंगलबार राति ११ बजे भत्किएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा बौकाझोडा झापाकी ४५ वषीर्या नन्दाकिशोरी लिम्बू, भद्रपुर- १२ झापाकी ४० वषीर्या सरोजा लिम्बू, सैनिक मोड झापाकी १२ वषीर्या आशा राई, इमाडोल- ८ ललितपुरकी ४८ वषीर्या सरिता दियाली, सूर्यनगर- ३ झापाकी ९ वषीर्या इकोला लिम्बू, बेलडाँगी झापाकी ८२ वषीर्या दिलमाया ल्वागुन, उदयपुरको ठोक्सिला- ८ का २९ वर्षीय राजेश राई, महेशपुर- ३ झापाकी १६ वषीर्या शान्ति तामाङ रहेका छन्। यसै गरी शान्तिनगर- १ झापाका १० वर्षीय अभिशेक राई, डाँगीहाट मोरङकी ३५ वषीर्या पवित्रा लिम्बू, हासपोसा- २ सुनसरीकी ६० वषीर्या गोमा भुजेल, पाँचकन्याको निशानडाँडाकी ५५ वषीर्या आटीमाया राई, झापाको बिर्तामोडका २८ वर्षीय मर्सी मेचे, काठमाडौंका ७ वर्षीय सुलेमान तामाङ, गुवाथान भारतकी ३५ वषीर्या निर्मला राई र बेलडाँगी झापाकी नन्...

पाष्टर बिनोद गौतम : एक चिनारी

Image
 परिचयः पा.बिनोद गौतमले आफनो दुई छोराहरुका साथ चितवन, विरेन्द्रनगर–१, प्र॓मपुरीमा बसोबास गर्नुभएको छ । पूर्व विरेन्द्रनगर चितवन चर्च संगतिका अध्यक्ष उहाँले सन् १९८४ पा.शान्ते थापा मगर बाट पानीको बप्तिसमा लिनुभएको र पा.हनोक तामङ बाट एल्डर मा अभिषेक हुनुभएको हो । सेवाः सिङ्गापुर, मलेशिया र भारत का बिभिन्न प्रान्त भ्रमण गर्नुभएका पा. गौतम ७ अक्टोबर, २००५ सालमा इस्राएलमा आयोजना भएको ALL NATION PRAYER CONVOCATION जेरुसलेम कार्यक्रममा भाग लिन आउनुभएको थियो । संसारीक पढाईमा कमि रहेता पनि परमेश्वरको बचन मा भने भरिपूर्ण हुनुहुन्छ । एउटै विचार र दर्शन भएका पा.जोनाथान सुनुवार संग भेट गरि सम्पूर्ण नेपाली विश्वासीहरुलाई सेवा संगती दिन हुनको निम्ति एउटा नेपाली मण्डलीको स्थापना गर्नमा सहायता दिनुभयो र सोहि अवसरमा पाष्टरमा घोषीत समेत हुनुभयो, तत् पश्चात उहाँले धेरै मानिसहरु समक्ष सु–समचार प्रचार गर्नुभयो, उत्साह दिनुभो, मण्डलीको सेवाकार्यहरुमा लगनशिलता साथ सक्रियता देखाउनुभयो । मण्डली बाट यर्दन नदिमा ओजना गरिएको बप्तिसमा कार्यक्रमहरुमा समेत बप्तिसमा दिइसक्नुभएको छ भने स्मारण रहोस करिब दुई...