Posts

चाहे दाखको बोटमा....

Written by Mr. Loknath Manaen नेपाली इसाई जगतमा र्सवाधिक लोकप्रिय गीत चाहे दाखको बोटमा फूल नफुलोस् माथि आधारित यो कथामा मान्छेको मनमा उब्जने द्वन्द्वलाई अगाडि ल्याउने काम भएको छ।ईश्वरको घरमा हामी सबै जाँदैछौं भने पृथ्वीमा रहूञ्जेल उहाँसँग हामी झगडा गर्न सक्दैनौं।कठीन पर्छ तर उहाँको उद्देश्य र योजनामा पर्ने अप्ठेरा घटनालाई पनि हामीले स्वीकार गर्नुपर्छ।एउटी आमाको विरहसँग परिचित हुने मौका यो कथाले हामीलाई दिन्छ ... चाहे दाखको बोटमा.... झ्यालपारि हिमाल चम्किरहेछ।आकाश निस्चल। यो बिहान पनि बाटो मास्तिर धुप्पीघारीका रूख मगमग, सुगन्धित हावामा घमण्डी बनी उभिरहेछन्।गौंथलीहरू मच्ची-मच्ची उड्छन्।मुहारभरि हाँसो अनि चिरबिरे बोलीको हल्ले गफ मचाउँदै स्कूले केटा-केटीहरू यूनिर्फममा सजिएर स्कूलको संसारतिर लम्कँदैछन्।परिचित यूनिर्फम।एक साताअघि त हो दुवै आमा-छोरी ड्रेस किन्न,सिलाउन गएका थियौं।गौंथली, भंगेराहरू खुब उत्ताउलिएर उडदै थिए।दिन खुलेर, हिमाल चमक्क चम्किएको थियो, दार्जीलिङ्ग पहाड अनौठो उज्यालो थियो त्यो दिन।लिजाको यूनिर्फम सिलाउन गएका थियौं।चीसो फेन्टा पियौं, चाट, जलेबी खायौं।त्यो दिन त उसको साथ...

संयुक्त नेपाली मण्डली, इस्रायलको चौथो वार्षिक उत्सव सम्पन्न

Image
तेलअभिभ इस्रायल, संयुक्त नेपाली मण्डली, तेलअभिभ इस्रायलको चौथो वार्षिक उत्सव गत मे २२ र २३ तारिक गरि दुई दिन मण्डली भवनमा परमेश्वरको आशिष र अनुग्रहमा विषेश कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो । कोयर झुण्डले भजन गाएर सुरु गरिएको थियो । आरम्भको प्रार्थना एल्डर.यमुना घिमिरेले गर्नुभएको थियो भने वार्षिक उत्सवमा उपस्थित सवैलाई डिकन मेरी देवानले स्वागत मन्तव्य राखी स्वागत गर्नुभएको थियो र मण्डलीका आदरणिय गुरुबा पाष्टर वीनोद गौतमलाई आसन ग्रहणको लागि निमन्त्रीत गरिएको थियो । विन्दु राईले स्वागत कविता प्रस्तुत गर्नु भएको थियो । कोयर झुण्डको अगुवाईमा स्तुती प्रसंसा गरिएको थियो । एल्डर यमुना घिमिरेले जीवन गवाही दिनुभएको थियो । डिकन पिन्ङाई लामा र रेनुका बस्नेतले मण्डली प्रति समर्पित कविता वाचन गर्नुभएको थियो । विजय राई, विन्दु राई, मिका राई, आसकुमारी गुरुङ, नजु घले र सुन्दर नेपाल लगायतका कोयरहरुले मधुर स्वारमा भजन गीत गाँउदा उपस्थित सवैलाई मनमुग्ध पारेको थियो । तत्पश्चात डिकन सुन्दर नेपालले गएको वर्षमा मण्डलीवाट आयोजना गरेको सम्पूर्ण कार्यहरुको छोटकरीमा विवरणहरु पेश गर्नुभएको थियो । एकल गीत कहाँ...

क्षमा तथा मिलाप सेवा

Image
५-८ मे २००८ मा नेपाल धर्मशास्त्रीय शिक्षा संघ र युनाइटेड मिशन टु नेपालको संयोजक्त्वमा क्षमा तथा मिलाप सेवाको दोस्रो राष्टिय गोष्टि गोदावारी रिसोर्टमा सम्पन्न भयो । गोष्टिमा नेपालका विभिन्न क्षेत्रहरुबाट पास्टर अगुवा र विभिन्न संघ संस्थाका पदाधिकारी र कार्यकर्ताहरु गरी ३८ जनाको सहभागिता रहेको थियो। क्याम्बेल र जानेट क्याम्बेल मार्कस डेविट मकंकीले क्षमा तथा मिलाप सेवामा विभिन्न विषयहरुमा उदाहरण सहित प्रभावकारी र गर्न सकिने तवरले सिकाउनु भएको थियो । डा रमेश खत्रीले नेपालमा राजाहरुको शासन र राजनैतिक अवस्थाको बारेमा केही प्रकाश पारेर क्षमा दिनुपर्छ भन्ने कुरामा प्रकाश पार्नुभएको थियो। हुट्टु र टुट्सीहरुबीचमा भएको मेलमिलाप घटनाहरुले आफूलाई नै परिवर्तन बनाएको कुरा पनि बताउनुभएको थियो । बिगतका दिनहरुमा नेपालमा माओवादी र सरकारबीच भएको द्वन्दले धेरै टुहुरा टुहुरी विधवा काख रित्तिएकाहरु अनाथ भएको भिडियो हेर्दा सबैको मन रोएको थियो । यस्तो अबस्थामा पनि हामीले क्षमा दिनुपर्छ भन्ने कुरा यो गोष्टिमा भएका विषयहरुले सिकाएको थियो । सरकार र माओवादी प्रति भएको तितोपनामा क्षमा दिने काम पनि भएको थियो । से...

संयुक्त नेपाली मण्डली तेल अभिभ, इस्रायलको प्रेस विज्ञप्तीप

Image
संयुक्त नेपाली मण्डली तेल अभिभ, इस्रायल प्रेस विज्ञप्ती प.सं :०१७/२०१० मितिः २०।०२।२०१० विषयः जानकारी गराईएको बारेमा । उपरोक्त सम्बन्धमा संयुक्त नेपाली मण्डलीमा पाष्टरीय सेवामा आवद्घ भई विगत तिन वर्ष देखि सेवकाई गरि रहनुभएका पाष्टर दौलत थुलुङ (साकार), मिति ३० जेनवारी २०१० वाट यस मण्डलीमा उहाँको कुनै पनि संम्बन्ध नरहेको जानकारी गराउनुको साथै उहाँले गर्नुभएको कुनै पनि कार्यमा मण्डलीको समर्थन र जिम्मेवारी नभएको वारे अवगत गराउँदछौं । मिति १७ जेनवारी २०१० मा संयुक्त नेपाली मण्डलीको अगुवा भेलामा पारित गरिएको बुँदा नं। ५ मण्डलीको हितमा नभएको कारण मण्डलीले आपतकालीन अगुवा भेला जारी गरि मिति २४ जेनवारीमा मा बसेको बैठकले पुर्नवलोकन गरि उपस्थित आँठ जना र अनुपस्थित चार जना अगुवाहरुको फोन सम्पर्क द्वारा छलफल गरि, सो बुँदा लाई बदर गरिएको थियो । पारित बुदा नं. ५ मा उल्लेख भएका कुराहरुःमिति १७ जेनवारीमा अगुवा मिटङ्गमा पाष्टर दौलत थुलुङले प्रस्ताब राखे अनुसार उनको पिता डि.आर थुलुङ लाई इस्रायल ल्यानको निम्ति आउने जाने दुई तर्फी हवाई टिकट, भिषा शुल्क, यहाँ हुनुभएको समयमा सम्पूर्ण आर्थिक खर्चहरु सवै क...

हीऊ खर्मोंन टूर

Image

क्रिसमस उत्सव–०९

Image
२५ दिसेम्बर ०९ मा शुक्रबार साँझ ५ देखि ८ बजेसम्म कम एण्ड सि चर्चमा गरिएको क्रिसमास उत्सवमा प्रमुख अतिथि नेपाली राजदूत वैजनाथ थपलिया र उहाँको पत्नि र छोरा र राजदूतका स्टाफ परिवार उपस्थित हुनुभएको थियो । कविताहरु, भजनहरु, नृत्यहरु र नाटकले क्रिसमास उत्सवलाई रौंनक थपेको थियो । पा. वीनोद गौतमले क्रिसमासको आशिषमय वचन दिनुभएको थियो । तीन जना मण्डलीका अगुवाहरुलाई उहाँहरुले मण्डलीमा पु¥याउनुभएको सेवाकार्य स्वरुप सम्मान–पत्र पा. जोनाथन सुनुवार, महिला पा. माया सुनुवार र एल्डर मिना थेबेलाई प्रदान गरिएको थियो । समयाभावको कारण राजदूत वैजनाथ थपलिया र पा. जोनाथन सुनुवारले क्रिसमास शुभेच्छा कामना व्यक्त गर्नुभएको थियो । अन्त्यमा उपस्थित करिव ३०० नेपाली दाजुभाई दिदी बहिनिहरुलाई खुल्ला चिल्ड्रेक पार्कमा प्रेम भोजमा सामेल भएका थिए । समग्रमा भन्नु पर्दा क्रिसमास उत्सव–०९ एकदम अषिशित बन्न पुग्यो ।

क्रिसमस भिडियो ०९