Posts

UNC Christmas Celebration - 2010, Tel Aviv, Israel

Image
UNC Church Leaders along with Pastors UNC Ps. Maya Sunuwar & Ambassdor of Nepal Mr. Baija Nath Thapaliya  Jharna Gurung and Susmita Surkheti Performing a Dance Choir Grouop Leader; Subarna Rai along with other member Participant in Christmas  Christamas Drama: Yamuna, Ash kumari, Sabitri, Dil Maya 

"नयां नेपाल निर्माणमा.......

Image
"नयां नेपाल निर्माणमा ख्रिष्टियन प्रतिवद्धता" बिषयमा मार्च १-३ भएको तालिम को झलक। ऊक्त तालिम ग्रिनविच होटल सानेपामा भएको थियो, जसमा अधिकाम्स उपत्यकाका अगुवाहरुको सहभागिता थियो भने नेपालका अन्य क्षेत्रहरु समेटिने किसिमले पनि सहभगिहरु उपस्थित हुनुभएको थियो । यस तालिम पछि नेपालका अन्य २५ स्थानमा आउने बैसाख महिना भित्र सहभगिहरुले तालिम दिनुहुने हपेक्षा गरिएको छ।

संयुक्त नेपाली मण्डली तेल अभिभ, इस्रायल को विज्ञप्ती

Image
मिति:- ४।०२।२०११ विज्ञप्ती “अपराधको निम्ति तुरुन्तै दण्ड नहुँदा मानिसका मनमा दुष्कर्म गर्ने इच्छा आउँदछ । तापनि, दुष्टले परमेश्वरको डर नमान्ने हुनाले, त्यसलाई असल हुनेछैन, र त्यसको आयु छाया भन्दा लामो हुनेछैन ।” (उपदेशक ८:११ र १३) विद्युतीय संचारमाध्यममा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै सरिता नेपाल नामक छदम नामबाट विगत केहि समय देखि इस्रायलमा रहेको नेपाली ईशाइ समुदायलाई बदनाम गर्ने दुष्प्रयासको घोर निन्दा गर्दै यो विज्ञाप्ती निकालिएको छ । संसारमा सवै जनालाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार हुन्छ । सन् २००६ देखि इस्रायलमा रहेका हामी नेपाली ईशाइहरु संगठित हुन शुरु भई आजको दिनसम्म आपसी सहयोग, सदभाव र सहकार्यबाट निरन्तर आफ्नो धर्म प्रति आस्था राख्दै तथा अरुको धर्मलाई पनि सम्मान गर्दै आइरहेका छौं । यस बिचमा चर्च संचालनार्थ गर्नुपर्ने सम्पूर्ण निर्णयहरु, निश्चित विधान अनुसार कमिटि मार्फत गर्दै आईरहेकाछौं । धार्मिक सहिष्णुताको उदाहरण बनेको इस्रायलको नेपाली समुदायमा धार्मिक सहिष्णुतामा खलल पु¥याउने गरि, छदमरुपमा उपस्थित भई, नेपाली ईशाइ समुदायका व्यक्ति तथा संस्थाको मानहानि र ...

मेरो परिवर्तन र परमेश्वरको योजना

Image
Raj Kumar Shrestha (David) Present - Israel मेलै थुप्रै कथाहरु सुनेको थिए, जुन बेला म अति सानै थिए । जहिले कथाकारले भन्ने गर्दथ्यो, एका देशमा एक जना राजा थिए, यस्ता थिए, उस्ता थिए, अनि कथाको थालनि र अन्त्य चाहि नाम बिनाको राजा र नाम बिनाको देशमा गएर टुङ्गिन्थ्यो । त्यो कथा सुनिरहेको बेलामा म सोच्थे त्यो राजा कस्तो होला? कहाँ बस्छ होला? कति धनि हाृला? कति राम्रो होला? यी कुराहरुमा मेरा जुझारु कौतुहलताले मलाई निकै काउकुती लगाउदथ्यो । कहिले काही त हैरानै हुन्थे । जाहाबाट भए पनि फेद र टुप्पा जोडेर कथाको रुख र रुप बनाई कथा सुनाउने कला उसमा कम थिएन । आखीर मेरो बाल्य अवस्ता माथि उसले (कथाकारले) खुव मनोरञ्जन पो गरिरहेको रहेछ । तर, आजकल म धेरै परिवर्तन भएको छु । उमेरले पनि तरुनो भईसकेको छु । क, ख मात्र भए पनि चिनेको छु । तेसैले म हिजाको जीवन भन्दा फरक भइसकेको छु । राँगो र बोकाको बलि चढाउन पण्डित्याई गरेर हिड्ने मान्छे आजकल बाइबलको नारा दिएर हिड्न थालेको छु । तेसैले अब म हिजोको दन्त्य कथा सुनाउने त्यो कथाकारलाई भेटेर एका देशको राजाको नाम र देशको नाम सोध्ने निधोमा पुगेको छु । अनि मात्र उसल...

मंगलमान महर्जनको जीवन कथा

Image
यो काठमाडौं उपत्यका खेती, किसानीमाथि स्थापना भएको पृथ्वीकै अति मनोरम थालो हो। ठुला, ठुला आकाशे भवन र कालोपत्रे सडक, सिमेन्टका पुल र बेहिसाबअ, जथाभावी निर्माण भएका घरहरु थाम्न, लाखौं मोटर बाइक। टिप्पर, ट्रक र गाडीहरुले कुल्चनको लागि लागि यसको माटो उत्पन्न भएको होइन। सयौं र हजारौं वर्ष यो उपत्यका एउटा अचम्मको तालले छोपियको थियो। त्यो ताल सुकेपछि काठमाडौंको सम्पूर्ण उपत्यका उर्वर जमीन, जंगलमा परिणत भयो। म कल्पना गर्छु कस्ता, कस्ता पशु, पंक्षी, प्राणी र उदभिडहरुले भरिभराउ थियो यो खल्डो एक युगमा। नेवार जातिले यो उपत्यकाको सॉचो धन यसको माटोलाई चिनेर यसलाई खेतीपातीको निम्ति नेपालभरीमा नै सर्वश्रेष्ठ भूभाग बनाएका थिए। तर कथित आधुनिकताको वेगलाई कसले रोक्न सक्छ र? यो भ्यालीमाथि विभिन्न किसिमको आक्रमण हुनथाल्यो। प्रसिद्ध घटना थियो गोर्खाका राजा पृथ्वीनारायण शाहको आक्रमण। उनले काठमाडौं र वरिपरिका तीन सहरमाथि आफ्नो अधिकार जमाएपछि एउटा अलग धारमा उपत्यकाको रहनसहन बग्न थाल्यो। पछि जङ्गबहादुरले मच्चाएको कोतपर्वपछि राणाहरूको अधिपत्य चल्यो। विभिन्न कालखण्डको परिवर्तनहरू नाग्दै आएको काठमाडौ, पछिल्लो चरणमा...
Image

बिदाई कार्यक्रम

Image
गत ४ डिसेम्बर २०१० का दिन यस संयुक्त नेपाली मण्डलीमा विगत ३ वर्ष देखि मण्डली सेवाकाईको Worship Lead  गर्दै आउँनुभएका श्री विजय राई र श्रीमति विन्दु राई (रानाभाट)लाई विषेश विदाई गरि कार्यक्रम सम्पन्न गरिएको थियो । आफ्नो इस्राएलको लामो बसाई अन्त्य गरि नेपाल फर्कनु भएको छ । इस्राएलमा रहदा आफ्नो कामको व्यस्तताका बावजुद मण्डलीको प्रत्येक संगतीमा उपस्थित भई आराधना संगती, वचन, विश्वासीहरुलाई हौसला, उत्सहा हरेक क्षेत्र बाट मण्डलीमा ठूलो टेवा पुरयाउनु भएको थियो । पा. विनोद गौतम द्वारा उहाँहरुले मण्डली सेवाकाईमा गर्नुभएको योगदान बारे सरहना गर्दै सम्झना स्वरुप उपहार प्रदान गर्नु भएको थियो भने क्वोयर झुण्डले “संग संगै हिडेको” भजन गीत गाएर विदाई गरिएको थियो । विजय राई र विन्दु राईले पनि मण्डली सेवकाईमा पाष्टर तथा अगुवाजनहरुले परमेश्वरको महिमाको निम्ति लगनशिलताका साथ अगि बडिरहनुभएको बारे बताँउनुभो ।  अन्तमा हामी मण्डली परिवार उहाँहरुको पारिवारिक र सेवकाईको जिवनमा परमेश्वरले प्रशस्त मात्रामा आशिष दिउँन भनि प्रार्थना गर्दछौं ।