Posts

Image

ASSOCIATION OF NEPALESE CHRISTIANS IN AMERICA (ANCA )" को गठन

अमेरिका तथा कनाडामा बसोबास गर्ने नेपाली मुलका नेपाली भाषा बोल्ने ख्रिस्तियनहरुको पहिलो साझा संगठन " ASSOCIATION OF NEPALESE CHRISTIANS IN AMERICA (ANCA )" को गठन निम्न स्थान र समयमा हुन गैरहेको छ / संपूर्ण नेपाली ख्रिस्तियन दाजू भाई दीदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गर्दै कार्यक्रम सफल पारी दिन हुन हार्दिक अनुरोध गरदछौ / मिति : १२/२५-२६ /२०११ स्थान: सान अंटोनियो, टेक्सास, यु स ए (SAN ANTONIO, TEXAS , USA) संपर्क: जलेश्वर श्रेष्ठ फ़ोन २१०-४३०-४५६१ ईमेल : JALNEETA1@YAHOO.COM रामु अर्याल फ़ोन २५६-३४९-२१२६ कमला र पेम्बा लामा फ़ोन: ३५२-५०४-९२५९ ऋचा जोशी फ़ोन ५६१-६०३-७२२२ नीता श्रेष्ठ फ़ोन: २१०-२०४-९६३८ ओंग्छु लामा फ़ोन: ५६१-३१९-५९७१ बालकृष्ण नेउपाने : ५१२-६९८-१३६५ xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

सुचना

संयुक्त नेपाली मण्डलीको आयोजनामा यहि मिति ९ अक्टोबर आइतबारका दिन सु–समचारिय तथा आत्मिकि जाग्रिती सम्मेलन–२०११ हुने भएको जानकारी गराउँदै उक्त कार्यक्रममा इस्रायलमा रहनुभएका विश्वासी तथा सम्पूर्ण नेपाली दाजुभाई दिदी वहिनिहरुमा उपस्थ्तिीको लागि हार्दिक अनुरोध गर्दर्छौ । अतिथि वक्ता : पा. ज्योति  सुनुवार अतिथि वक्ता : मिति:   ९ अक्टोबर आईतबार २०११ समयः विहान १० बजे देखि १ बजे सम्म स्थानः संयुक्त नेपाली मण्डली              हर्शियोन–३, तेलअभिभ, इस्राएल वृस्तिृत जानकारीका लागिः डि.सुन्दर नेपाल 054-5706873 डि.कुमार सुनुवार 054-3063467 डि.सुवर्ण राई 054-9145041 संयुक्त नेपाली मण्डली

इस्राएलमा धुखद घट्ना

आज भन्दा करिब २ हप्ता अगाडी आफैंले काम गर्दै आएको इम्प्लोएरको घरमा हिन्दू धर्म अनुसार साउने ब्रतको पूजापाठ गर्ने क्रममा जलेकी नेपाली महिला बर्ष २७ कि नेपाल बिराट्नगर घर भएकी श्रीमती अम्बिका गौतम आज बिहान इस्राएल तेल अविवको तेल स्योमेर अस्पतालमा बिहानको ११:३० मा आफ्नो प्राण त्यगेकी छिन ।अर्कको देशलाई आफ्नो कर्म भुमी ठान्दै आफ्नो उज्ज्वोल भबिश्यको सपना बोकेर आफ्नो पशिना बिदेशी भुमीमा त चुहायो चुहायो आज समय र परिबन्धले आफ्नो दुइ मुठी प्राण पनि यही त्यग्नु पर्‍यो । उहाँको अत्मको शान्तिको निम्ती परमेश्वरमा प्रार्थना गर्दछौं । मन्डली परिवार

मण्डली भवन सरिएको वारे जानकारी

Image
मितिः २६ अगष्ट, २०११ उहाँले तिनीहरुलाई भन्नुभयो,“मेरो घर प्रार्थनाको घर कहलाइनेछ,”। मति २१:१३ जानकारी प्रभुका प्रियजनहरुमा जयमशीह, संयुक्त नेपाली मण्डली विस्तार र व्यवस्थित गर्ने क्रममा एउटा सानो झुण्डको संगती तेल अभिभ लेभेन्स्की चिल्ड्रेन पार्क वाट सुरु भई एउटा अपार्टमेण्टको सानो कोठा अनि फेरि अर्को अपार्टमेण्टकै अलिक ठूलो कोठा हुदै अहिलेको अवस्थामा संयुक्त नेपाली मण्डलीको स्वच्छ आराधना मात्र गर्नको निम्ति ठूलो भवन विगत धेरै लामो समय पछि तपाईहरुको प्रार्थना सहित सम्पूर्ण मण्डली कमिटिहरुको पहलमा मण्डली रहनका लागि उपयुक्त भवन पाएका छौ । अपार्ट र संगती भवन एकै ठाँउमा हुदाँ खेरी लामो समय देखि मण्डली सेवकाईमा धेरै वाधा र समस्या भएको प्रत्यक्ष देखिएकोले गत जुलाईमा बसेको विषेश कमिटि मिटिङ्गले आराधनाको निम्ति छुटै मण्डली भवन हुनुपर्छ भन्ने कुरा सर्वसहमत पारित गरिएको थियो । सोहि अनुसार संयुक्त नेपाली मण्डलीको आराधना संगति सेप्टेम्बर ३ तारिक देखि निम्न स्थानमा हुने सवैमा जानकारी गराउँदछौं । संयुक्त नेपाली मण्डली हर्शियोन ३, दोश्रो तल्ला तेल अभिभ, इस्रायल विस्तृत जानकारीका लागिः– पा.विनोद ...

मेरो ख्रीष्टियान जीवन, सेवा र पीएचडी अध्ययनको यात्रा

Image
                                                                                रेभ. डा. बालकृष्ण शर्मा: कक्षा १ देखि ३ सम्म मैले गाउँकै फुलचोकी प्राथमिक विद्यालयबाट अध्ययन गरें। कक्षा ४ को मेरो अध्ययन मैले काठमाडौंको पशुपति मन्दिरको परिसरमा रहेको शिव पार्वती माध्यमिक विद्यालयमा पूरा गरेको थिएँ। आर्थिक अभाव र अविभावकको कमीले कक्षा ५ फेरि गाउँकै विद्यालयबाट पूरा गरें। अरू विषयहरूमा मेरो अध्ययन राम्रो भए पनि अङ्ग्रेजी विषयमा भने म अति नै कमजोर थिएँ। कक्षा ६ देखि १० सम्म मैले पनौतीको इन्द्रेश्वर माध्यामिक विद्यालयबाट अध्ययन गर्ने मौका पाएँ। अङ्ग्रेजी भाषामा म कमजोर भएको हुनाले वि.सं.२०३२ को एसएलसी परीक...

सामाजिक तथा सुसमाचारीय चलचित्र:- अङ्गालो यो मायाको

Image
नेपाली इसाई चलचित्र इतिहासमा चलचित्र सेन्सर बोर्डमा पास भएर नेपालको हलमा पहिलो पटक अङ्गालो यो मायाको फिल्म रिलिज भएको छ। सिने कमर्सियल प्रा.लि.को ब्यानरमा सिक्किमका निर्माता किशोर दुङ्गमाली राईले निर्माण गरेको चलचित्र “अ‌ङ्गालो यो मायाको“ च्यारिटी सो पुतलीसडक मण्डलीमा भएको थियो। उक्त कार्यक्रममा फिल्मलाई समर्पणको प्रार्थना पा.रोबर्ट कार्थकले गर्नुभएको थियो। उक्त चलचित्रले नेपाली सामाजिक कथावस्तुसँगै सुसमाचारीय सन्देश बोकेको छ। चलचित्रमा मुख्य भूमिकामा इन्डियल आइडल प्रशान्त तामाङ र हर्षिका श्रेष्ठको रहेको छ। चलचित्रमा कुलतमा लागेको व्यक्तिले कसरी छुटकारा पाउँछ,परमेश्वरको शक्ति र समाजमा ख्रीष्टियानह रूको स्थिति कस्तो छ भनेर देखाउन खोजेको छ भने प्राकृतिक सौन्दर्यले भरिएको दार्जलिङ,सिक्किम र कालिपुङको दृश्यले दर्शकलाई मोहित पारेको छ । (Source: Hamro Ashish.com)