Posts

संयुक्त नेपाली मण्डली वाट आर्थिक सहयोग

Image
मैले सवै कुरामा तपाईहरुलाई उदहारण दिएको छु, कि तपाईहरुले पनि यसरी नै कडा परिश्रम गरेर निर्धाहरुलाई मद्दत गर्नुपर्छ । प्रभु येशुको बचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो । (प्रेरित २०:३५) गत जुन अंकको हाम्रो आशिष पत्रिकामा प्रकाशन मलाई बचाउनुहोस् शिर्षकमा गरिएको सहयोग आवहान्को लागि विरामी जीवन मण्डली पाटन ढोकाको सदस्य वर्ष १८ को इमान घर्ती मगरको दुवै मृगौला बिग्रिएको र काठमाण्डौं टिचिङ्ग अस्पतालमा उपचार गराउँदै गरेको विषयमा यसं संयुक्त नेपाली मण्डली, तेल अभिभ इस्रायलका दिदी वहिनीहरुका समुहले उपचारका लागि आवश्यक आर्थिक सहयोग रकम जुटाउनलाई राखेको फुड स्टल कार्यक्रम, जसवाट सम्पूर्ण दिदी वहिनी दाजु भाईहरुले किनेरे खानुभएको खानाको रकम संकलन गरि सहयोग लागि जम्मा गरिएको थियो भने संयुक्त नेपाली मण्डली कोष वाट पनि आर्थिक सहयोग गरिएको छ । हामी सवैको यो स–सानो सहयोगले ख्रीष्टमा एउटा उदाहरणिय काम भएको छ हामी सवैले इमान घर्ती मगरको सिघ्र स्वास्थ्य लाभको परमेश्वरमा प्रार्थना गरिरहेका छौं । सहयोगि हातहरुलाई परमेश्वरले सधैव अशिष दिउन् ।... अमेन र...
Image

ख्रीष्टमस शान्ति र्‍याली

Image
पोखरेली ख्रीष्टीयसमुदायको आयोजनामा पौष २ गते शनिवारका दिन शान्ति र्‍याली सम्पन्न भएको छ। शान्ति र्‍यालीमा पोखराका करिव ४५ वटा चर्चहरु सहभागी भएका थिए। शान्ति र्‍याली पोखराको टुडिखेल, बागलुङ बसपार्क, पृथ्वीचोक र गण्डकी अस्पतालबाट गरी ४ स्थानबाट प्रस्थान गरी चिप्लेढुंगाको मानवअधिकार चोकमा आई कोणसभामा परिणत भएको थियो। कोणसभाको अध्यक्षता समुदायका अध्यक्ष पाष्टर के.पी त्रिपाठीले गर्नुभएको थियो भने समुदायका सल्लाहकार तथा सान्त्वना मण्डली पाष्टर डेभिड तामाङले ख्रीष्टीय विधि अनुरुप प्रार्थना गरी कोणसभालाई परमेश्वरमा र्समर्पण गर्नुभएको थियो। ख्रीष्टमसको बारेमा समुदायका सल्लाहाकार पा. शामुएल संग्राम र्राईले बोल्नु भएको थियो भने नयाँगाउँ मण्डलीका पाष्टर ग्रिष्म केशव पराजुलीले शुभकामनाको साथमा ख्रीष्टमसको शन्देश दिनुभएको थियो। नेपाल ख्रीष्टीयरामघाट चर्च, रामघाट र मारानाथा चर्च कस्केरीले नृत्य समेत प्रस्तुत गरेका थिए। उक्त कोणसभाको संचालन पोखरेली ख्रीष्टीय युवा संगतिका अध्यक्ष प्रकाश भुजेलले गर्नुभएको थियो। पोखरेली ख्रीष्टीय युवा संगतिका अध्यक्ष प्रकाश भुजेलले आगामी २०६८ पौष ९ गते शनिवारका दिन अम...

Christmas Celebration - 2011

News of christmas celebration 2011, will be uploaded soon........ sorry for delay.

क्रिसमस शुभेच्छा–कामना

हाम्रो मुक्तिदाता प्रभु येशु ख्रीष्टको जन्म २०११ साल र नंव वर्ष २०१२ सालले तपाईको परिवार र सम्पूर्ण मानव जातिमा सुख, शान्ति, सु–स्वास्थ र संवृद्धिको शुभेच्छा–कामना व्यक्त गर्दछौं। शुभेच्छुकः संयुक्त नेपाली मण्डली परिवार पोष्ट बक्सः ५९१८० हर्शियोन–३ तेल अभिभ, इस्रायल फ्याक्स नं:00९७२–३६८७४६६७ ईमेलः  unitednepalichurchisrael@yahoo.com वेबःwww.uncti.blogspot.com
Image

ASSOCIATION OF NEPALESE CHRISTIANS IN AMERICA (ANCA )" को गठन

अमेरिका तथा कनाडामा बसोबास गर्ने नेपाली मुलका नेपाली भाषा बोल्ने ख्रिस्तियनहरुको पहिलो साझा संगठन " ASSOCIATION OF NEPALESE CHRISTIANS IN AMERICA (ANCA )" को गठन निम्न स्थान र समयमा हुन गैरहेको छ / संपूर्ण नेपाली ख्रिस्तियन दाजू भाई दीदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गर्दै कार्यक्रम सफल पारी दिन हुन हार्दिक अनुरोध गरदछौ / मिति : १२/२५-२६ /२०११ स्थान: सान अंटोनियो, टेक्सास, यु स ए (SAN ANTONIO, TEXAS , USA) संपर्क: जलेश्वर श्रेष्ठ फ़ोन २१०-४३०-४५६१ ईमेल : JALNEETA1@YAHOO.COM रामु अर्याल फ़ोन २५६-३४९-२१२६ कमला र पेम्बा लामा फ़ोन: ३५२-५०४-९२५९ ऋचा जोशी फ़ोन ५६१-६०३-७२२२ नीता श्रेष्ठ फ़ोन: २१०-२०४-९६३८ ओंग्छु लामा फ़ोन: ५६१-३१९-५९७१ बालकृष्ण नेउपाने : ५१२-६९८-१३६५ xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx