Posts

हार्दिक समवदेना

Image
यदि तिमीहरुले “येशु नै प्रभु हुनुहुन्छ,”भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले  येशुलाई मुत्युबाट जगाउनुभयो भन्ने कुरामा तिमीहरु विश्वास गर्छौ भने, तिमीहरुको उद्धार हुनेछ । रोमी १०:९ नेपाली इसाई जगतका महत्वपूर्ण व्यक्ति तथा पुतलिसडक चर्चका पाष्टर एम.जे.जोसेफ को आकसमीक निधनले सम्पूर्ण नेपाली इसाइहरुलाई स्तव्ध तुल्याएको छ । यस दुखद घडीमा शोकाकुल परिवारजनलाई परमेश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनी प्रार्थना गर्दछौं । संयुक्त नेपाली मण्डली परिवार तेल अभिभ, इस्राएल

यर्दनमा बप्तिसमा कार्यक्रम सम्पन्न

Image
 १९ सेप्टेम्बर २०१० मा संयुक्त नेपाली मण्डली तेल अभिभ इस्राएलले आयोजना गरेको बप्तिसमाको कार्यक्रममा ४८ जना सहभागि थिए । बिहान ७ बजे तेल अभिभ बाट बस चढी यात्रा सुरक्षाको लागि प्रार्थना पा.माया सुनुवारले गर्नुभएको थियो । दुई घण्टाको लामो यात्रा पछि यर्देनित बप्स्मिल किनारामा पुगियो । डिकन कुमार सुनुवारले व्यावस्थापन काउन्टरबाट बप्तिसमा लिनेहरुको लागि सेतो बस्त्र लिइ वितरण गर्न सहयोग गर्नु भयो । एल्डर श्रीमति मिना थेबेले कार्यक्रम आराधना सञ्चालन गर्नुभएको थियो भने पा.बिनोद गौतमले बप्तिसमाको बारेमा उपस्थित दाजुभाई तथा दिदी बहिनीहरुलाई उत्साहको बचन दिनुभएको थियो । त्यसपछि ८ जना नयाँ आत्माहरुलाई पा. विनोद गौतम र पा. माया सुनुवारले पानीको बप्तिसमा दिनुभयो । त्यसपछी यर्देनित किनारमा डि.सरिता लामाले प्रभु भोजको अगुवाई गर्नुभयो र पा.माया सुनुवारले मत्ती २६:२९ वाट विश्वासीहरु बीचमा प्रभुभोजको गरिमा बताउनु भयो । रोटी र दाख रस बाँडनमा डि.सरिता लामा र डि.नन्दा लिम्बुले सहयोग गर्नु भएको थियो । कार्यक्रम समाप्ती पछि बप्तिसमा लिनेहरुलाई बप्तिसमाको प्रमाण पत्र दुई जना पाष्टरहरुले वितरण गर्नु भएको थ...

सप्टेम्बर १९ तारिक का दिन यार्दन नदी मा बप्तिस्मा

संयुक्त नेपाली मण्डली को आयोजनामा यही सप्टेम्बर १९ तारिक का दिन यार्दन नदी मा बप्तिस्मा कार्यक्रम हुन लागी रहेको छ । प्रभुमा नया जीवन पाउने हरु का लागी निरंतर प्रार्थना मा याद गरीदिनु होला ।
प्रार्थना को बिषय छ भने ईमेल पठाउनुहोस unitednepalichurchisrael@yahoo.com वा इस्राएलमा पास्टर बिनोद गौतम 00972546487409, पास्टर माया सुनुवार 00972546872766 मा फोन गर्नुहोस ।

डिकन सरिता लामा द्वारा लिखित पुस्तक विमोचन

Image
गत जुन १३ तारिख आशिष सदन नख्खु,ललितपुरमा सरिता लामा द्वारा लिखित पुस्तक साथसाथ को विमोचन तथा प्रार्थना सभा एक विशेष कार्यक्रम बीच सम्पन्न भयो । यसै मण्डलीको डिकन रहनुभएकी सरिता लामा, कामको सिलसिलामा इस्राएलमा रहनुभएकै अवस्थामा पनि विभिन्न व्यक्तिका जीवन गवाहीहरु सङ्कलन गरी लेखिएको पुस्तक विमोचन कार्यक्रम हाम्रो आशिष पत्रिकाका सम्पादक भुवन देवकोटाले सञ्चालन गर्नुभएको थियो भने ख्रीष्ट गौरब मण्डलीका पा.लोक थापाले सुरुको प्रार्थना गर्नु भएको थियो । त्यसै गरि पुस्तक विमोचनको बारेमा नेपाल ख्रीष्टियन समाजका महासचिब पा.लोकमणि ढकालले गर्नु प्रकाश पार्नुभयो भने साहित्यकार लोकनाथ मनेनले बाइबल को खण्ड पढेर पुस्तकलाई सर्वाजनिक रुपमा बिमोचन गर्नु भएको थियो । बिमोचन भएको पुस्तक साथसाथ को लागि चेला संगतिका पा.अब्दियल मुखियाले प्रार्थना गर्नु भएको थियो भने लेखक कमल अधिकारीले पुस्तकको समिक्षा गर्नुभएको थियो । पुस्तकको पाण्डुलिपिलाई टाईप सेटिङ,सम्पादन तथा प्रकाशनको जिम्मेवारी वहन गर्नुहुने कबिर लामाले प्रकाशन गर्दाको अनुभव बताउनुभएको थियो । सोहि कार्यक्रमा माइका नेटवर्कको संयोजक थिर के.सी ले ख्रीष्टियान ...

चाहे दाखको बोटमा....

Written by Mr. Loknath Manaen नेपाली इसाई जगतमा र्सवाधिक लोकप्रिय गीत चाहे दाखको बोटमा फूल नफुलोस् माथि आधारित यो कथामा मान्छेको मनमा उब्जने द्वन्द्वलाई अगाडि ल्याउने काम भएको छ।ईश्वरको घरमा हामी सबै जाँदैछौं भने पृथ्वीमा रहूञ्जेल उहाँसँग हामी झगडा गर्न सक्दैनौं।कठीन पर्छ तर उहाँको उद्देश्य र योजनामा पर्ने अप्ठेरा घटनालाई पनि हामीले स्वीकार गर्नुपर्छ।एउटी आमाको विरहसँग परिचित हुने मौका यो कथाले हामीलाई दिन्छ ... चाहे दाखको बोटमा.... झ्यालपारि हिमाल चम्किरहेछ।आकाश निस्चल। यो बिहान पनि बाटो मास्तिर धुप्पीघारीका रूख मगमग, सुगन्धित हावामा घमण्डी बनी उभिरहेछन्।गौंथलीहरू मच्ची-मच्ची उड्छन्।मुहारभरि हाँसो अनि चिरबिरे बोलीको हल्ले गफ मचाउँदै स्कूले केटा-केटीहरू यूनिर्फममा सजिएर स्कूलको संसारतिर लम्कँदैछन्।परिचित यूनिर्फम।एक साताअघि त हो दुवै आमा-छोरी ड्रेस किन्न,सिलाउन गएका थियौं।गौंथली, भंगेराहरू खुब उत्ताउलिएर उडदै थिए।दिन खुलेर, हिमाल चमक्क चम्किएको थियो, दार्जीलिङ्ग पहाड अनौठो उज्यालो थियो त्यो दिन।लिजाको यूनिर्फम सिलाउन गएका थियौं।चीसो फेन्टा पियौं, चाट, जलेबी खायौं।त्यो दिन त उसको साथ...

संयुक्त नेपाली मण्डली, इस्रायलको चौथो वार्षिक उत्सव सम्पन्न

Image
तेलअभिभ इस्रायल, संयुक्त नेपाली मण्डली, तेलअभिभ इस्रायलको चौथो वार्षिक उत्सव गत मे २२ र २३ तारिक गरि दुई दिन मण्डली भवनमा परमेश्वरको आशिष र अनुग्रहमा विषेश कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो । कोयर झुण्डले भजन गाएर सुरु गरिएको थियो । आरम्भको प्रार्थना एल्डर.यमुना घिमिरेले गर्नुभएको थियो भने वार्षिक उत्सवमा उपस्थित सवैलाई डिकन मेरी देवानले स्वागत मन्तव्य राखी स्वागत गर्नुभएको थियो र मण्डलीका आदरणिय गुरुबा पाष्टर वीनोद गौतमलाई आसन ग्रहणको लागि निमन्त्रीत गरिएको थियो । विन्दु राईले स्वागत कविता प्रस्तुत गर्नु भएको थियो । कोयर झुण्डको अगुवाईमा स्तुती प्रसंसा गरिएको थियो । एल्डर यमुना घिमिरेले जीवन गवाही दिनुभएको थियो । डिकन पिन्ङाई लामा र रेनुका बस्नेतले मण्डली प्रति समर्पित कविता वाचन गर्नुभएको थियो । विजय राई, विन्दु राई, मिका राई, आसकुमारी गुरुङ, नजु घले र सुन्दर नेपाल लगायतका कोयरहरुले मधुर स्वारमा भजन गीत गाँउदा उपस्थित सवैलाई मनमुग्ध पारेको थियो । तत्पश्चात डिकन सुन्दर नेपालले गएको वर्षमा मण्डलीवाट आयोजना गरेको सम्पूर्ण कार्यहरुको छोटकरीमा विवरणहरु पेश गर्नुभएको थियो । एकल गीत कहाँ...