Posts

चर्च भत्किँदा २३ को मृत्यु, अधिकांश महिला

Image
विक्रम लुइटेल/मोरङ, (कृष्ण भट्टराई/सुनसरी) धरानमा चर्च भत्कँदा चार जना बालबालिकासहित २३ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन। धरान- १९ भिक्टोरिया चोकमा रहेको सियोन चर्चमा आयोजित अन्तर्राष्ट्रिय पवित्र सम्मेलनका लागि बनाइएको बाँसको दुईतले अस्थायी टहरा मंगलबार राति ११ बजे भत्किएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा बौकाझोडा झापाकी ४५ वषीर्या नन्दाकिशोरी लिम्बू, भद्रपुर- १२ झापाकी ४० वषीर्या सरोजा लिम्बू, सैनिक मोड झापाकी १२ वषीर्या आशा राई, इमाडोल- ८ ललितपुरकी ४८ वषीर्या सरिता दियाली, सूर्यनगर- ३ झापाकी ९ वषीर्या इकोला लिम्बू, बेलडाँगी झापाकी ८२ वषीर्या दिलमाया ल्वागुन, उदयपुरको ठोक्सिला- ८ का २९ वर्षीय राजेश राई, महेशपुर- ३ झापाकी १६ वषीर्या शान्ति तामाङ रहेका छन्। यसै गरी शान्तिनगर- १ झापाका १० वर्षीय अभिशेक राई, डाँगीहाट मोरङकी ३५ वषीर्या पवित्रा लिम्बू, हासपोसा- २ सुनसरीकी ६० वषीर्या गोमा भुजेल, पाँचकन्याको निशानडाँडाकी ५५ वषीर्या आटीमाया राई, झापाको बिर्तामोडका २८ वर्षीय मर्सी मेचे, काठमाडौंका ७ वर्षीय सुलेमान तामाङ, गुवाथान भारतकी ३५ वषीर्या निर्मला राई र बेलडाँगी झापाकी नन्...

पाष्टर बिनोद गौतम : एक चिनारी

Image
 परिचयः पा.बिनोद गौतमले आफनो दुई छोराहरुका साथ चितवन, विरेन्द्रनगर–१, प्र॓मपुरीमा बसोबास गर्नुभएको छ । पूर्व विरेन्द्रनगर चितवन चर्च संगतिका अध्यक्ष उहाँले सन् १९८४ पा.शान्ते थापा मगर बाट पानीको बप्तिसमा लिनुभएको र पा.हनोक तामङ बाट एल्डर मा अभिषेक हुनुभएको हो । सेवाः सिङ्गापुर, मलेशिया र भारत का बिभिन्न प्रान्त भ्रमण गर्नुभएका पा. गौतम ७ अक्टोबर, २००५ सालमा इस्राएलमा आयोजना भएको ALL NATION PRAYER CONVOCATION जेरुसलेम कार्यक्रममा भाग लिन आउनुभएको थियो । संसारीक पढाईमा कमि रहेता पनि परमेश्वरको बचन मा भने भरिपूर्ण हुनुहुन्छ । एउटै विचार र दर्शन भएका पा.जोनाथान सुनुवार संग भेट गरि सम्पूर्ण नेपाली विश्वासीहरुलाई सेवा संगती दिन हुनको निम्ति एउटा नेपाली मण्डलीको स्थापना गर्नमा सहायता दिनुभयो र सोहि अवसरमा पाष्टरमा घोषीत समेत हुनुभयो, तत् पश्चात उहाँले धेरै मानिसहरु समक्ष सु–समचार प्रचार गर्नुभयो, उत्साह दिनुभो, मण्डलीको सेवाकार्यहरुमा लगनशिलता साथ सक्रियता देखाउनुभयो । मण्डली बाट यर्दन नदिमा ओजना गरिएको बप्तिसमा कार्यक्रमहरुमा समेत बप्तिसमा दिइसक्नुभएको छ भने स्मारण रहोस करिब दुई...
Image

विश्वासीहरूसितको संगतिको महत्त्व

हिब्रु १०:२५ मा हामीलाई परमेश्वरको वचनले यसरी भन्छ - "........हामी एक ठाउँ मा भेला हुनलाई नछाडौं ।" धेरै दाउराले आगो दन्केर बल्छ, तर बल्दै गरेको एउटा दाउरालाई थुतेर अलग राखे त्यो निभ्छ । ख्रीष्ट येशूका अरू विश्वासीहरूसितको तपाईंको सम्बन्ध पनि यस्तै हुन्छ । तपाईं विश्वासीहरूको संगतिमा हुनुहुन्न भने, संगति अथवा मण्डलीमा सम्भागी हुनलाई नढिलाउनुहोस् । येशू ख्रीष्टको ठीक सम्मान हुने र परमेश्वरको वचन प्रचार गर्ने नजीकैको विश्वासीहरूको संगतिमा आजदेखि जानुहोस् । त्यसै संगतिको अगुवासित सर्म्पर्क राखेर संगतिमा सधै गइरहने चाजो मिलाउनुहोस् । संयुक्त नेपाली मण्डलीको मातहातमा इस्राएल स्थिीत निम्न स्थानहरुमा झुण्डहरु स्थापित भएका छन् । कृपया निरन्तर प्रार्थानामा याद गरिदिनु होला । शाखा झुण्डहरु :– नहारीया — पा. सुर्यराम सुनुवार, सम्पर्क फोन– ०५४३१८४२२९ आस्केलोन — चाँडै स्थापित हुने । जेरुसलेम — चाँडै स्थापित हुने ।

World's Oldest Christian Bible Digitized

Image
Tuesday, July 07, 2009 Associated Press LONDON — The surviving pages of the world's oldest Christian Bible have been reunited — digitally The early work known as the Codex Sinaiticus has been housed in four separate locations across the world for more than 150 years. But starting Monday, it became available for perusal on the Web at http://www.codexsinaiticus.org/ so scholars and other readers can get a closer look at what the British Library calls a "unique treasure." "[The book] offers a window into the development of early Christianity and firsthand evidence of how the text of the Bible was transmitted from generation to generation," said Scot McKendrick, head of Western manuscripts at the British Library. As it survives today, Codex Sinaiticus comprises just over 400 large leaves of prepared animal skin, each of which measures 15 inches by 13.5 inches (380 millimeters by 345 millimeters). It is the oldest book that contains a complete New Testament and is ...

इस्राएल संक्षिप्तमा (लेखक – दौलत साकार)

Image
यशैया भविष्यवक्ताले ईशा पूर्व ७०० वर्ष अघि निर्वासनमा रहेको यहुदीहरुको स्वदेश फिर्तीको बारेमा यसरी भविष्यवाणी गरेका थिए, “नडरा, किनकि म तँसित छु । म तेरा छोराछोरीहरुलाई पूर्वदेखि ल्याउनेछु, र पश्चिमदेखि तिमीहरुलाई भेला गर्नेछु । म उत्तर दिशालाई भन्नेछु, तिनीहरुलाई दिइहाल दक्षिण दिशालाई भन्नेछु, तिनीहरुलाई नथुन् । मेरा छोराहरुलाई टाढादेखि र मेरा छोरीहरुलाई पृथ्वीको पल्लो छेउदेखि ल्याओ ।” यशैया ४३:४–६ देश : इस्राएल स्थापना : १४ मे १९४८ क्षेत्रफल : २०,७७० वर्ग किमी राजधानी : यरुसलेम (अंग्रेजीमा जेरुसलेम) भाषा : हिब्रु, अरबी र अग्रेजी जाति समूह : ७५.५५ यहुदी, २०५ अरबी र ४.४५ अल्प संख्यक सरकार : संसदीय गणतन्त्र राष्ट्रपति : शिमोन पेरेज (वर्तमान) प्रधानमन्त्री : वेन्जामीन नेतान्याहु (वर्तमान) अनुमानीत जनसंख्या : ७४,११,००० (सन् मार्च २००९ सम्ममा) मुद्रा : इस्राएली न्यू सेकेल अन्तराष्ट्रिय कोड नं : ००९७२ इन्टरनेट कोड नं : आइ एल औषत आम्दानी प्रतिव्यक्ति : २८,३६५ डलर (सन् २००८) औषत आयु : ७६ वर्ष महिला र ७४ वर्ष पुरुष (सन् २००७) हिब्रुमा इस्राएल, अंग्रेजीमा इजराएल र अरबीमा इस्राइल उच्चारण गरिन्छ...

चर्च विस्फोटका सात अभियुक्तको नाम र्सार्वजनिक

नेपाल समाचारपत्र, (काठमाडौं) ललितपुरको भनीमण्डलस्थित एजम्सन चर्चमा भएको बम विस्फोट काण्डको मुख्य योजनाकारसहित सात जनाको नामावली प्रहरीले र्सार्वजनिक गरेको छ। गत जेठ ९ गते बिहान प्रार्थना भइरहेको अवस्थामा चर्चको मध्यभागमा बम विस्फोट गराउने मुख्य अभियुक्त सीता थापा (श्रेष्ठ) को बयानका आधारमा ठोस प्रमाणसहित अभियुक्तहरूको नामावली र्सार्वजनिक गरिएको हो। र्सार्वजनिक गरिएका नामहरूमा नेपाल डिफेन्स आर्मीका कमाण्डर मोरङका रामप्रसाद मैनाली, मोरङकै कमल भट्टर्राई, काभ्रेका गणेशलाल श्रेष्ठ, भोजपुरका तारानाथ लुइँटेल, ललितपुर इमाडोलका विष्णुकुमार श्रेष्ठ, लमजुङकी शान्ति गुरुङ र सुनसरीका अनिल राय अमात रहेका छन्। तीमध्ये मैनालीको आदेशमा अभियुक्त थापालाई बम दिने कमल भट्टर्राई मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। घटनाविवरणअनुसार गतवैशाख २७ गते हिन्दू राष्ट्र बचाउ समितिले आयोजना गरेको कार्यक्रममा माइकिङको जिम्मा पाएकी सीताले कार्यक्रम सकिएपछि नयाँ बानेश्वरस्थित तारानाथ लुइँटेलको घरमा योजना तय गरिएको थियो। लुइँटेलको घरमा योजनाकार कमल भट्टर्राईसँगको कुरामा सीता थापा (श्रेष्ठ) ले क्रिश्चियन धर्मका कारण आफ्...