Posts

हामी सबैले बुझ्नुपर्ने कुरा मण्डली वा चर्च वा गिर्जा के हो त ? किन सबैलाई यसको मोह ? लेखक- रेभ डा बाल कृष्ण शर्मा

Image
मण्डली वा चर्चको अवधारणालाई हामीले परमेश्वरको वचन बाइबलबाट बुझ्नु आवश्यक छ । आज मण्डली वा चर्चका बारेमा आ-आफ्ना किसिमका बुझाइहरू छन् र गलत किसिमका बुझाइले असमझदारी सृजना गर्छ र मण्डली वा चर्चको महत्वलाई गौण बनाइदिन्छ । आज म यस लेख मार्फत मण्डली के हो भन्ने बारेमा बुझाउने कोशिश गर्छु र येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाताका रूपमा स्वीकार गरेकाहरू र अझै उहाँलाई स्वीकार गर्न बाँकी रहेकाहरू सबैका लागि यो सहयोगी बन्न पुग्नेछ भनी मैले आशा लिएको छु । मेरो यो सानो प्रयासलाई सकारात्मक रूपमा बुझिदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु । नेपाली भाषामा प्रयोग गरिएको मण्डली र अंग्रेजी भाषामा प्रयोग गरिएको चर्च शब्द ग्रीक भाषाको एकलेसिया शब्दबाट आएको हो जसको अर्थ संसारबाट परमेश्वरको निम्ति अलग गरिएका व्यक्तिहरू भन्ने हुन्छ । बाइबलको शिक्षाअनुसार एकजना व्यक्ति पनि ख्रीष्टको चर्च वा मण्डली हो । यसको अर्थ व्यक्ति वा व्यक्तिहरू पापपूर्ण संसारका गलत मूल्य र मान्यताबाट अगल भई बाइबलीय मूल्य र मान्यता राख्नेहरू भन्ने बुझिनुपर्छ । संसारबाट अलग हुनु भनेको यस संसारमा नै नबस्नु भन्ने हुँदैन तर यस संसारमा चालिएका...

संयुक्त नेपाली मण्डली, तेल अभिभ इस्रायलकाे १० अाैं वार्षिक उत्सब कार्यक्रम अाशिषय रूपमा सम्पन्न

Image
तेलअभिभ, इस्रायल – गत मे १४ तारिकका  दिन संयुक्त नेपाली मण्डली, तेल अभिभ इस्रायलले १० अाैं वार्षिक उत्सब कार्यक्रम अाशिषमय रूपमा मनायाैं । इस्रायलमा मण्डली स्थापना भएकाे एक दशक पुरा गरेकाे सु–अवसरमा  विषेशरूपले परमेश्वरलाइ धन्यवाद दिँदैं, उचाँल्दै, परमेश्वरकाे महिमा गर्दै एउटै मनकाे भएर इस्रायलमा रहेका सबै नेपाली भाषी विश्वासीहरू एक साथ भेला भएर मनाएका थियाैं । १० अाैं वार्षिक उत्सब कार्यक्रम सञ्चालनमा मण्डलीका अादरणिय डिकन. सुन्दर नेपाल हुनुहुन्थ्याे, मण्डलीका अादरणिय एल्डर सुकमान तामाङ ज्यूले गर्नुभएकाे सुरूकाे प्रार्थाना वाट सुरूभएकाे थियाे । डिकन तथा काेयर लिडर जाेसेफ लामा लगायतका काेयर झुण्डका सदस्यहरू बसन्ती परियार, बिनु गुरूङ, मेरी भर्मा, एलिना प्रधान, डाेरकास राइ, बुनु बि.क, भारती राइ, मिरा राइ, मिना शेर्पा, रजनी राइ, राेशनी थापा, प्रतिक्क्षा राइ, बेन्जीना राइ, कान्छी तामाङ, उमा शेर्पा, जयराम घले र रामचन्द्र तामाङ, काे समुहले बडाे जाेशिलाे र फुर्तिलाे भएर मिठाे स्वारमा अान्नदले भजन गीतहरू गाउँदैं स्तुती प्रसंसा चडाएका थिए । मण्डली सदस्य सिता लामा र इन्दिरा श्रेष्...

Nepal’s Ongoing Challenges – Nepal Updates

Image
Rev. Dr. Bal Krishna Sharma Nepal is going through a very challenging time. The massive earthquake of 25 th  April 2015  devastated the country with destroying about eight hundred thousand houses and more than 14000 lives were lost and more than 25000 people injured. The traumatic pain of people is evidence in their activities. The national and international responses were overwhelming for rescue initiatives. Many national and international organizations have pledged and provided resources for restoration of this destroyed infrastructure, but the implementation of this is not in function. Affected people are eagerly waiting for help and that is delayed. Affected people somehow managed to survive in raining season and now the harsh winter is approaching and how people are going to survive is an issue of concern. The government, general public, NGOs and INGOs and other humanitarian organizations and international communities have big responsibilities to respond to the need...

बिशेषा संगती तथा बप्तिसमा कार्यक्रम रिपाेर्ट (Sept-11, 12, 2015)

Image
तेल अभिभ, इस्राएल– गत सेप्टेम्बर ११ तारिक पाष्टर राजु लामा द्वारा संयुक्त नेपाली मण्डली इजरायलमा आशिषमय बचन प्रचार गर्नुभएको थियाे । सम्पूर्ण विश्वासी दाजु भाइ, दिदी वहिनीहरु उक्त सेवामा उपस्थित भई भरपुर आत्मिकी लाभ उठाँउन् सफल भएका थिए। साथै भोलि पल्ट सेप्टेम्बर १२ तारिक सनिबारका दिन हामी सवै मण्डली मिली मण्डलीको आयोजनामा मन्डलीकी पाष्टर माया सुनुवार सहित नेपाल वाट इस्रायल भ्रमणकाे क्रममा पाल्नु भएका पाष्टर, अगुवा तथा विश्वासीहरू सवै पवित्र बप्तिसमा कार्यक्रममा सहभागि हुन कसर अल यहुदकाे यर्दन नदि प्रशस्थान गरेका थियाैं । यस यात्रामा करिब १४० जनाकाे २ बसकाे सहभागिता थियाे । ९ जनाले पिता, पुत्र, पवित्र अात्माकाे नाउमा पानीकाे बप्तिसमा लिएका थिए । नयाँ जीवन पाउनेहरूकाे निम्ति परमेश्वरमा हामी निरन्तर प्रार्थाना गराैं । (युहन्ना १ः२६–२८) म त पानी बप्तिसमा दिन्छु, तर तिमीहरुका माझमा एक जना खडा हुनुहुन्छ, जसलाई तिमीहरु चिन्दैनौं । म पछि आउनुहुने उहाँनै हुनुहुन्छ । उहाँको जुत्ताको फिता खोल्ने योग्य म छैनँ ।  यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ युहुन्नाले बप्ति...

अन्तिम लेख . . .Written by Loknath Manean

Image
पृथ्वीको सबै सम्बन्ध, झैझमेला सामान र नाता, कागज पुस्तक पत्र, गितार, किबोर्ड, कम्प्यूटर, मोबाइल र जिम्मेवारीहरू थन्काएर अब जानुपर्छ भनी मलाई सूचना आयो भने म के गर्न चाहन्छु? अब तेरो मगजले काम गर्दैन, लेख्ने हातले पनि काम गर्दैन भनी मलाई केही बेर वा केही दिनको म्यादमात्र प्राप्त भयो र त्यस्तो अनुमानित स्थितिको सन्दर्भमा के गर्छौ भनेको खण्डमा म भन्छु,  मेरा प्रिय मित्रहरू र पाठकहरूको लागि म नेपाल चर्च डट कममा एउटा अन्तिम आर्टिकल लेख्न चाहँन्छु। किनभने जानु ठूलो कुरो होइन। जानै पर्ने हो। तर मनमा लागेको कुरा भन्न पाएर जान पाउँदा केही सन्तुष्टि हुन्छ। एक दुई रहस्य बताउन चाहन्छु। तपाईहरू आफै पनि जान्नुहुन्छ तर दोहो-याउँदा पनि हानि त हुँदैन। मलाई यति भन्ने अनुमति दिनुहोस्। नयाँ करार पुस्तक परमेश्वरको अन्तिम प्रकाश हो। तर यो पुस्तक नै होइन।  पुस्तक मात्र होइन। यो पुस्तकभन्दा धेरै माथि, धेरै चौडा अनि धेरै अप्ठेरो अनि सजिलो केही हो। हरेक ख्रीष्ट विश्वासीको निम्ति यो जान्नु अति नै जरूरी छ। नयाँ करार एउटा संसार हो। यसको आकाश छ, धरती छ, माटो छ धूलो, खोला, बालुवा  अनि साँघुरो बा...

संयुक्त नेपाली मण्डली वाट आर्थिक सहयोग

Image
मैले सवै कुरामा तपाईहरुलाई उदहारण दिएको छु, कि तपाईहरुले पनि यसरी नै कडा परिश्रम गरेर निर्धाहरुलाई मद्दत गर्नुपर्छ । प्रभु येशुको बचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो । (प्रेरित २०:३५) गत जुन अंकको हाम्रो आशिष पत्रिकामा प्रकाशन मलाई बचाउनुहोस् शिर्षकमा गरिएको सहयोग आवहान्को लागि विरामी जीवन मण्डली पाटन ढोकाको सदस्य वर्ष १८ को इमान घर्ती मगरको दुवै मृगौला बिग्रिएको र काठमाण्डौं टिचिङ्ग अस्पतालमा उपचार गराउँदै गरेको विषयमा यसं संयुक्त नेपाली मण्डली, तेल अभिभ इस्रायलका दिदी वहिनीहरुका समुहले उपचारका लागि आवश्यक आर्थिक सहयोग रकम जुटाउनलाई राखेको फुड स्टल कार्यक्रम, जसवाट सम्पूर्ण दिदी वहिनी दाजु भाईहरुले किनेरे खानुभएको खानाको रकम संकलन गरि सहयोग लागि जम्मा गरिएको थियो भने संयुक्त नेपाली मण्डली कोष वाट पनि आर्थिक सहयोग गरिएको छ । हामी सवैको यो स–सानो सहयोगले ख्रीष्टमा एउटा उदाहरणिय काम भएको छ हामी सवैले इमान घर्ती मगरको सिघ्र स्वास्थ्य लाभको परमेश्वरमा प्रार्थना गरिरहेका छौं । सहयोगि हातहरुलाई परमेश्वरले सधैव अशिष दिउन् ।... अमेन र...
Image

ख्रीष्टमस शान्ति र्‍याली

Image
पोखरेली ख्रीष्टीयसमुदायको आयोजनामा पौष २ गते शनिवारका दिन शान्ति र्‍याली सम्पन्न भएको छ। शान्ति र्‍यालीमा पोखराका करिव ४५ वटा चर्चहरु सहभागी भएका थिए। शान्ति र्‍याली पोखराको टुडिखेल, बागलुङ बसपार्क, पृथ्वीचोक र गण्डकी अस्पतालबाट गरी ४ स्थानबाट प्रस्थान गरी चिप्लेढुंगाको मानवअधिकार चोकमा आई कोणसभामा परिणत भएको थियो। कोणसभाको अध्यक्षता समुदायका अध्यक्ष पाष्टर के.पी त्रिपाठीले गर्नुभएको थियो भने समुदायका सल्लाहकार तथा सान्त्वना मण्डली पाष्टर डेभिड तामाङले ख्रीष्टीय विधि अनुरुप प्रार्थना गरी कोणसभालाई परमेश्वरमा र्समर्पण गर्नुभएको थियो। ख्रीष्टमसको बारेमा समुदायका सल्लाहाकार पा. शामुएल संग्राम र्राईले बोल्नु भएको थियो भने नयाँगाउँ मण्डलीका पाष्टर ग्रिष्म केशव पराजुलीले शुभकामनाको साथमा ख्रीष्टमसको शन्देश दिनुभएको थियो। नेपाल ख्रीष्टीयरामघाट चर्च, रामघाट र मारानाथा चर्च कस्केरीले नृत्य समेत प्रस्तुत गरेका थिए। उक्त कोणसभाको संचालन पोखरेली ख्रीष्टीय युवा संगतिका अध्यक्ष प्रकाश भुजेलले गर्नुभएको थियो। पोखरेली ख्रीष्टीय युवा संगतिका अध्यक्ष प्रकाश भुजेलले आगामी २०६८ पौष ९ गते शनिवारका दिन अम...

Christmas Celebration - 2011

News of christmas celebration 2011, will be uploaded soon........ sorry for delay.

क्रिसमस शुभेच्छा–कामना

हाम्रो मुक्तिदाता प्रभु येशु ख्रीष्टको जन्म २०११ साल र नंव वर्ष २०१२ सालले तपाईको परिवार र सम्पूर्ण मानव जातिमा सुख, शान्ति, सु–स्वास्थ र संवृद्धिको शुभेच्छा–कामना व्यक्त गर्दछौं। शुभेच्छुकः संयुक्त नेपाली मण्डली परिवार पोष्ट बक्सः ५९१८० हर्शियोन–३ तेल अभिभ, इस्रायल फ्याक्स नं:00९७२–३६८७४६६७ ईमेलः  unitednepalichurchisrael@yahoo.com वेबःwww.uncti.blogspot.com
Image

ASSOCIATION OF NEPALESE CHRISTIANS IN AMERICA (ANCA )" को गठन

अमेरिका तथा कनाडामा बसोबास गर्ने नेपाली मुलका नेपाली भाषा बोल्ने ख्रिस्तियनहरुको पहिलो साझा संगठन " ASSOCIATION OF NEPALESE CHRISTIANS IN AMERICA (ANCA )" को गठन निम्न स्थान र समयमा हुन गैरहेको छ / संपूर्ण नेपाली ख्रिस्तियन दाजू भाई दीदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गर्दै कार्यक्रम सफल पारी दिन हुन हार्दिक अनुरोध गरदछौ / मिति : १२/२५-२६ /२०११ स्थान: सान अंटोनियो, टेक्सास, यु स ए (SAN ANTONIO, TEXAS , USA) संपर्क: जलेश्वर श्रेष्ठ फ़ोन २१०-४३०-४५६१ ईमेल : JALNEETA1@YAHOO.COM रामु अर्याल फ़ोन २५६-३४९-२१२६ कमला र पेम्बा लामा फ़ोन: ३५२-५०४-९२५९ ऋचा जोशी फ़ोन ५६१-६०३-७२२२ नीता श्रेष्ठ फ़ोन: २१०-२०४-९६३८ ओंग्छु लामा फ़ोन: ५६१-३१९-५९७१ बालकृष्ण नेउपाने : ५१२-६९८-१३६५ xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

सुचना

संयुक्त नेपाली मण्डलीको आयोजनामा यहि मिति ९ अक्टोबर आइतबारका दिन सु–समचारिय तथा आत्मिकि जाग्रिती सम्मेलन–२०११ हुने भएको जानकारी गराउँदै उक्त कार्यक्रममा इस्रायलमा रहनुभएका विश्वासी तथा सम्पूर्ण नेपाली दाजुभाई दिदी वहिनिहरुमा उपस्थ्तिीको लागि हार्दिक अनुरोध गर्दर्छौ । अतिथि वक्ता : पा. ज्योति  सुनुवार अतिथि वक्ता : मिति:   ९ अक्टोबर आईतबार २०११ समयः विहान १० बजे देखि १ बजे सम्म स्थानः संयुक्त नेपाली मण्डली              हर्शियोन–३, तेलअभिभ, इस्राएल वृस्तिृत जानकारीका लागिः डि.सुन्दर नेपाल 054-5706873 डि.कुमार सुनुवार 054-3063467 डि.सुवर्ण राई 054-9145041 संयुक्त नेपाली मण्डली

इस्राएलमा धुखद घट्ना

आज भन्दा करिब २ हप्ता अगाडी आफैंले काम गर्दै आएको इम्प्लोएरको घरमा हिन्दू धर्म अनुसार साउने ब्रतको पूजापाठ गर्ने क्रममा जलेकी नेपाली महिला बर्ष २७ कि नेपाल बिराट्नगर घर भएकी श्रीमती अम्बिका गौतम आज बिहान इस्राएल तेल अविवको तेल स्योमेर अस्पतालमा बिहानको ११:३० मा आफ्नो प्राण त्यगेकी छिन ।अर्कको देशलाई आफ्नो कर्म भुमी ठान्दै आफ्नो उज्ज्वोल भबिश्यको सपना बोकेर आफ्नो पशिना बिदेशी भुमीमा त चुहायो चुहायो आज समय र परिबन्धले आफ्नो दुइ मुठी प्राण पनि यही त्यग्नु पर्‍यो । उहाँको अत्मको शान्तिको निम्ती परमेश्वरमा प्रार्थना गर्दछौं । मन्डली परिवार

मण्डली भवन सरिएको वारे जानकारी

Image
मितिः २६ अगष्ट, २०११ उहाँले तिनीहरुलाई भन्नुभयो,“मेरो घर प्रार्थनाको घर कहलाइनेछ,”। मति २१:१३ जानकारी प्रभुका प्रियजनहरुमा जयमशीह, संयुक्त नेपाली मण्डली विस्तार र व्यवस्थित गर्ने क्रममा एउटा सानो झुण्डको संगती तेल अभिभ लेभेन्स्की चिल्ड्रेन पार्क वाट सुरु भई एउटा अपार्टमेण्टको सानो कोठा अनि फेरि अर्को अपार्टमेण्टकै अलिक ठूलो कोठा हुदै अहिलेको अवस्थामा संयुक्त नेपाली मण्डलीको स्वच्छ आराधना मात्र गर्नको निम्ति ठूलो भवन विगत धेरै लामो समय पछि तपाईहरुको प्रार्थना सहित सम्पूर्ण मण्डली कमिटिहरुको पहलमा मण्डली रहनका लागि उपयुक्त भवन पाएका छौ । अपार्ट र संगती भवन एकै ठाँउमा हुदाँ खेरी लामो समय देखि मण्डली सेवकाईमा धेरै वाधा र समस्या भएको प्रत्यक्ष देखिएकोले गत जुलाईमा बसेको विषेश कमिटि मिटिङ्गले आराधनाको निम्ति छुटै मण्डली भवन हुनुपर्छ भन्ने कुरा सर्वसहमत पारित गरिएको थियो । सोहि अनुसार संयुक्त नेपाली मण्डलीको आराधना संगति सेप्टेम्बर ३ तारिक देखि निम्न स्थानमा हुने सवैमा जानकारी गराउँदछौं । संयुक्त नेपाली मण्डली हर्शियोन ३, दोश्रो तल्ला तेल अभिभ, इस्रायल विस्तृत जानकारीका लागिः– पा.विनोद ...

मेरो ख्रीष्टियान जीवन, सेवा र पीएचडी अध्ययनको यात्रा

Image
                                                                                रेभ. डा. बालकृष्ण शर्मा: कक्षा १ देखि ३ सम्म मैले गाउँकै फुलचोकी प्राथमिक विद्यालयबाट अध्ययन गरें। कक्षा ४ को मेरो अध्ययन मैले काठमाडौंको पशुपति मन्दिरको परिसरमा रहेको शिव पार्वती माध्यमिक विद्यालयमा पूरा गरेको थिएँ। आर्थिक अभाव र अविभावकको कमीले कक्षा ५ फेरि गाउँकै विद्यालयबाट पूरा गरें। अरू विषयहरूमा मेरो अध्ययन राम्रो भए पनि अङ्ग्रेजी विषयमा भने म अति नै कमजोर थिएँ। कक्षा ६ देखि १० सम्म मैले पनौतीको इन्द्रेश्वर माध्यामिक विद्यालयबाट अध्ययन गर्ने मौका पाएँ। अङ्ग्रेजी भाषामा म कमजोर भएको हुनाले वि.सं.२०३२ को एसएलसी परीक...

सामाजिक तथा सुसमाचारीय चलचित्र:- अङ्गालो यो मायाको

Image
नेपाली इसाई चलचित्र इतिहासमा चलचित्र सेन्सर बोर्डमा पास भएर नेपालको हलमा पहिलो पटक अङ्गालो यो मायाको फिल्म रिलिज भएको छ। सिने कमर्सियल प्रा.लि.को ब्यानरमा सिक्किमका निर्माता किशोर दुङ्गमाली राईले निर्माण गरेको चलचित्र “अ‌ङ्गालो यो मायाको“ च्यारिटी सो पुतलीसडक मण्डलीमा भएको थियो। उक्त कार्यक्रममा फिल्मलाई समर्पणको प्रार्थना पा.रोबर्ट कार्थकले गर्नुभएको थियो। उक्त चलचित्रले नेपाली सामाजिक कथावस्तुसँगै सुसमाचारीय सन्देश बोकेको छ। चलचित्रमा मुख्य भूमिकामा इन्डियल आइडल प्रशान्त तामाङ र हर्षिका श्रेष्ठको रहेको छ। चलचित्रमा कुलतमा लागेको व्यक्तिले कसरी छुटकारा पाउँछ,परमेश्वरको शक्ति र समाजमा ख्रीष्टियानह रूको स्थिति कस्तो छ भनेर देखाउन खोजेको छ भने प्राकृतिक सौन्दर्यले भरिएको दार्जलिङ,सिक्किम र कालिपुङको दृश्यले दर्शकलाई मोहित पारेको छ । (Source: Hamro Ashish.com)

इसाई वा ख्रीष्टियान शब्दमा बहस्

Written by रेभ. डा. बाल कृष्ण शर्मा भर्खरै हाम्रो आशिष् पत्रिकामा प्रकाशित समाचार, पर्वान्चलमा बहस, इर्साई कि खीष्टियान भन्ने विषयमा भएको कुराकानी अति महत्वपूर्ण विषय हो । यी शब्दहरुको बहस सन् १९९० को दशकमा पनि भएको थियो । बाइबलमा कुन शब्द चयन गर्ने भन्ने विषयमा पनि प्रशस्तै बहस भई ख्रीष्टियान शब्दलाई रोजिएको कुरा यहाँ अबगत गराउन सान्दर्भिक हुन्छजस्तो लाग्छ। यी दुइ शब्दहरुको प्रयोग कसैको जिब्रोको सजिलोको लागि नभएर अर्थका महत्वमा ध्यान दिइनु पर्छ । इसाई शब्द इसा वा येशू शब्दबाट आएको हो । सामान्य बुझाइमा इसाई भनेका येशूलाई पछयाउनेहरु हुन् । ख्रीष्टियान शब्द ख्रीष्ट वा महिसबाट आएको हो । पुरानो करार समयमा र येशूको समयमा येशू नाम सामान्य नाम नै थियो । येशू बाहेका अरु ब्यक्तिहरुलाई पनि येशू भनिन्थ्यो । तर ख्रीष्ट वा मसिह नाम भएका ब्यक्तिहरु भने थिएनन् । पुरानो करारमा प्रयोग भएका यहवे, यहोशु, वा होशे नामहरु येशू नामसँग सम्बन्धित छन् । महिस वा ख्रीष्टको अर्थ अभिषिक्तजन भन्ने हुन्छ र यी अभिषिक्तजनलाई पछयाउनेहरु नै ख्रीष्टियानहरु हुन्। नयाँ कारारमा येशूलाई पछयाउनेहरुलाई ख्रीष्टियान भनिएको कुर...